CG Electronics
IME Life
NIMB

नबिल बैंक ‘विकास नायक २०८२’ द्वारा सम्मानित

NIMB
Himalayan Bank

काठमाडौं । नबिल बैंक लिमिटेड ‘विकास नायक २०८२’ सम्मानबाट सम्मानित भएको छ। विकास मिडियाद्वारा आयोजित विकास बहस तथा विकास नायक सम्मान समारोहमा नबिल बैंकलाई संस्थागत नायक (Institutional Hero) को रूपमा उक्त सम्मान प्रदान गरिएको हो।

आइतबार सम्पन्न समारोहमा अर्थमन्त्री रामेश्वर खनालले नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको उपस्थितिमा प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनोज ज्ञवालीलाई अवार्ड तथा सम्मानपत्र प्रदान गर्नुभयो। बैंक तथा बीमा क्षेत्रसहित समग्र वित्तीय क्षेत्रमार्फत नेपालको आर्थिक विकासमा पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप नबिल बैंकलाई यो सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

चार दशकभन्दा बढी समयदेखि नबिल बैंकले वित्तीय समावेशीकरण, डिजिटल नवप्रवर्तन तथा प्राथमिकता प्राप्त क्षेत्रहरूमा लगानीमार्फत नेपालको बैंकिङ क्षेत्रको नेतृत्व गर्दै आएको छ। गुणस्तरीय वित्तीय सेवामा पहुँच विस्तार, देशव्यापी डिजिटल बैंकिङ सेवा, उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन, साथै राष्ट्रिय राजस्वमा दिएको योगदान बैंकका प्रमुख उपलब्धि हुन्।

सम्मानपछि प्रतिक्रिया दिँदै सीइओ ज्ञवालीले ‘विकास नायक २०८२’ सम्मान नबिल बैंकका लागि गर्वको विषय भएको बताउनुभयो। “यो सम्मान नबिल बैंकको चार दशक लामो राष्ट्रनिर्माण यात्राको कदर हो,” उहाँले भन्नुभयो। वित्तीय समावेशीकरण, डिजिटल नवप्रवर्तन, ऊर्जा तथा पूर्वाधार विकासमार्फत दिगो आर्थिक वृद्धिप्रति बैंकको प्रतिबद्धतालाई यसले थप सुदृढ बनाएको उहाँको भनाइ छ। यस्तो सम्मानले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न थप ऊर्जा मिलेको पनि उहाँले उल्लेख गर्नुभयो।

सन् १९८४ मा नेपालको पहिलो संयुक्त लगानी बैंकका रूपमा स्थापना भएको नबिल बैंकले बैंकिङ रूपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ। पहिलो कम्प्युटराइज्ड बैंकिङ सेवाको सुरुवात गर्दै नयाँ आयाम थपेको नबिलले सेवा गुणस्तर, कार्यक्षमता र नवप्रवर्तनमा नयाँ मापदण्ड स्थापित गरेको छ। एनबैंक एपजस्ता डिजिटल प्लेटफर्ममार्फत समय, दूरी र लागत घटाउँदै सेवाबाट वञ्चित समुदायसम्म बैंकिङ सेवा विस्तार गरिएको छ।

ऊर्जा तथा पूर्वाधार विकासमा नबिल बैंक राष्ट्रिय अर्थतन्त्रको प्रमुख उत्प्रेरक रहँदै आएको छ। सन् १९९८ मा जलविद्युत् क्षेत्रमा लगानी गर्ने पहिलो वाणिज्य बैंक बनेको नबिलले ऊर्जा क्षेत्रमा करिब ७५ अर्ब रुपैयाँ प्रतिबद्धता गर्दै ३,१०० मेगावाटभन्दा बढी क्षमताका परियोजनामा वित्तीय सहयोग गरेको छ। जलविद्युत्, सौर्य तथा नवीकरणीय ऊर्जा, विद्युतीय सवारी र राष्ट्रिय गौरवका आयोजनामा कन्सोर्टियम वित्तपोषणमार्फत बैंकले नेतृत्वदायी भूमिका निर्वाह गरेको छ।

राष्ट्रिय राजस्वमा उल्लेखनीय योगदान पुर्‍याउँदै नबिल बैंक वित्तीय क्षेत्रमै आठ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भइसकेको छ। पारदर्शिता, सुशासन तथा औपचारिक अर्थतन्त्र प्रवर्द्धनप्रति बैंक निरन्तर प्रतिबद्ध रहेको जनाएको छ।

बैंकिङ सेवासँगै सामाजिक उत्तरदायित्वमा पनि नबिल बैंक सक्रिय छ। विपद् प्रतिक्रिया, शिक्षा, स्वास्थ्य तथा वित्तीय साक्षरतामा योगदान दिँदै आएको बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिपमार्फत १९३ उद्यमलाई सहयोग गर्दै १७ हजारभन्दा बढी रोजगारी सिर्जना गर्न योगदान पुर्‍याएको छ।

हाल नबिल बैंकले देशभरका २६८ शाखा र ३२१ एटिएममार्फत २५ लाखभन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ। विगत चार दशकदेखि नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्दै विकासको इतिहासमा महत्वपूर्ण कोसेढुङ्गाका रूपमा भूमिका निर्वाह गर्दै आएको छ।

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच छलफल

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२८

  काठमाडौं, साउन १२ — हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि...

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको सामाजिक योगदान

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२४

  काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत...

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुनपटाया, थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु...

वि.सं.२०८३ साउन १३ बुधवार ००:१६

  काठमाडौं, नेपाल – २७ जुलाई, २०२६ – यामाहा नेपालको...

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...