CG Electronics
IME Life
NIMB

होटल गरिमाले ४० करोड रुपैयाँको आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल

NIMB
Himalayan Bank

काठमाडौं, २५ पुस । पूर्वी नेपालको प्रतिष्ठित पाँचतारे होटल सोल्टी वेस्टेन्ड इटहरीको स्वामित्व रहेको होटल गरिमा लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने निर्णय गरेको छ । कम्पनीले यस निष्काशनका लागि लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीले प्रतिकित्ता रु. १०० अंकित दरमा ४० लाख कित्ता साधारण शेयर जारी गर्नेछ, जसको कुल मूल्य रु. ४० करोड हुनेछ । यससम्बन्धी सम्झौतापत्रमा होटल गरिमा लिमिटेडका प्रबन्ध निर्देशक विनोद पौडेल र लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठबीच पुस २५ गते काठमाडौंको नयाँ बानेश्वरमा हस्ताक्षर भएको हो ।

कम्पनीका अनुसार आईपीओ निष्काशनले संस्थागत विकास र पारदर्शिता अभिवृद्धिसँगै कोशी प्रदेशमा पर्यटन तथा आतिथ्य उद्योगको प्रवर्द्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

सोल्टी होटल एन्ड रिसोर्ट समूहको व्यवस्थापनमा सञ्चालनमा रहेको उक्त होटलमा १ रोयल सुइट, ८ सुइट, ८ एक्जेक्युटिभ रुम, ५८ डिलक्स रुम र ७ स्टुडियो रुम रहेका छन् । साथै, होटलमा दुई व्याङ्केट हल, तीन सेमिनार हल, ‘नुवाड थाई’ स्पा, जिम, रेस्टुरेन्ट तथा क्याफे लाउन्ज लगायतका सुविधा उपलब्ध छन् ।

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई...

वि.सं.२०८३ असार १३ शनिवार १४:२३

  महेन्द्रनगर, असार १३ । कामना सेवा विकास बैंक लिमिटेडले...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका एयर कुलर बजारमा

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका...

वि.सं.२०८३ असार १३ शनिवार १४:११

  काठमाडौं। विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ (El Niño) को...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत क्क्ष्ए आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत...

वि.सं.२०८३ असार १३ शनिवार १४:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन...

वि.सं.२०८३ असार १३ शनिवार १२:०२

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...