CG Electronics
IME Life
NIMB

सन नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न

NIMB
Himalayan Bank

काठमाडौं, २५ पुस । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौँ तथा नवौँ वार्षिक साधारण सभा शुक्रवार काठमाडौस्थित अमृतभोग केटरर्स प्रा. लि., कालिकास्थानमा सम्पन्न भएको छ।

सभाको अध्यक्षता संचालक समितिका अध्यक्ष अनुज क्यालले गरेका थिए। साधारण सभाले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ का वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, बैलेंससिट, नाफा(नोक्सान हिसाब, इक्विटी परिवर्तन तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरण पारित गरेको छ।

सभा निर्णयअनुसार, लेखापरीक्षकको नियुक्ति गरिएको र आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी पाँच अर्ब तिन करोड बाह्र लाख बत्तीस हजारको ५ प्रतिशत बोनस शेयर र १५.२६३२ प्रतिशत नगद लाभांश (बोनस शेयरको कर प्रयोजनार्थ सहित) प्रदान गर्ने प्रस्ताव सर्वसम्मत पारित भएको छ। यसरी कुल लाभांश २०.२६३२ प्रतिशत निर्धारण गरिएको छ।

सभामा संचालक किरण के.सी.ले धन्यवाद ज्ञापन गरेका थिए भने सभा कम्पनी सचिव बिनोद शर्मा पौडेलले संचालन गरेका थिए।

कम्पनीले यस निर्णयमार्फत शेयरधनीलाई प्रतिफल वितरण गर्दै वित्तीय पारदर्शिता र स्थिरता कायम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

 

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको स्पष्टिकरण

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२८

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (नेकान) ले शैक्षिक...

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ र महर्षि कलेजबीच पाँचवर्षे सम्झौता

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२६

  काठमाडौं। कम्प्युटर एशोसिएशन नेपाल महासंघ ९क्यान महासंघ० र सुदूरपश्चिम...

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच छलफल

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२८

  काठमाडौं, साउन १२ — हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि...

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको सामाजिक योगदान

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२४

  काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत...

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुनपटाया, थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु...

वि.सं.२०८३ साउन १३ बुधवार ००:१६

  काठमाडौं, नेपाल – २७ जुलाई, २०२६ – यामाहा नेपालको...

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...