CG Electronics
IME Life
NIMB

नाइमाको थापाथली क्याम्पस सहकार्यमा नवौँ मोबिलिटी संवाद सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल अटोमोबिल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन नाइमाले इन्सीच्युट अफ इन्जीनेरिङ थापाथली क्याम्पससँगको सहकार्यमा आफ्नो मासिक मोबिलिटी संवादको नवौँ श्रृङ्खला सफलतापूर्वक सम्पन्न गरेको छ । क्याम्पस प्रमुख डा. खेम ज्ञवलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको मुख्य विषय कम्प्लीट्ली नक डाउन (सिकेडि) भेकल एसेम्लीः अपरच्युनिटी, च्यालेन्ज एण्ड वे फरवार्ड रहेको थियो ।

अध्यक्षीय मन्तव्यमा क्याम्पस प्रमुख डा. खेम ज्ञवालीले थापाथली क्याम्पसले लामो समयपछि यति महत्वपूर्ण उद्योग–शिक्षा सहकार्यमा आधारित कार्यक्रम आयोजना गर्न पाएकोमा गर्व व्यक्त गरे । उनले यस्ता संवादहरू व्यवहारिक सिकाइ, अनुसन्धान तथा उद्योगसँग सहकार्य विस्तारका लागि वास्तविक आवश्यकता भएको उल्लेख गर्दै, कार्यक्रमको महत्वपूर्ण पहलका लागि नाइमा र अटोमोबाइल एण्ड मेकानिकल इन्जीनेरिङ स्टुडेन्टस इनोभेटिभ नेक्सस(एएमइसिन) लाई धन्यवाद दिए । करिब २०० जना सहभागी रहेको कार्यक्रममा प्राविधिक प्रस्तुति तथा प्यानल छलफल आयोजना गरिएको थियो । प्राविधिक प्रस्तुतिको सहजीकरण थापाथली क्याम्पसका सहायक प्राध्यापक इ. लोचन केन्द्र देवकोटाले गरेका थिए । प्यानल छलफलमा यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक श्रीकान्त यादव, उद्योगपति तथा नाइमाका बोर्ड सदस्य शेखर गोल्छा, तथा थापाथली क्याम्पसका डेपुटी इन्स्ट्रक्टर इ. लक्ष्मण पालिखेल सहभागी रहेका थिए ।

कार्यक्रमको स्वागत मन्तव्य इन्जिनियर देवेन्द्रबहादुर राउत, प्रमुख, अटोमोबिल एन्ड मेकानिकल इन्जिनियरिङ विभाग, तथा नाइमाका सदस्य एवं सारडा ग्रुपका निर्देशक गौरव सारडाले गरेका थिए । आफ्नो मन्तव्यमा इ. राउतले राष्ट्रिय विकासका लागि स्थानीय उत्पादन अपरिहार्य रहेको उल्लेख गर्दै, प्राज्ञिक र औद्योगिक क्षेत्रबीच अझ बलियो सहकार्य आवश्यक रहेकोमा जोड दिए । नाइमाका सदस्य सारडाले (सिकेडी) भेकल एसेम्ली मेक इन नेपाल नीतिसँग जोडिएको व्यवहारिक औद्योगिक मोडेलका रूपमा प्रस्तुत गर्दै, यसले दक्ष जनशक्ति विकास, युवा रोजगारी सृजना, प्रविधि स्थानान्तरण तथा स्थानीय आपूर्ति श्रृङ्खलाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । प्यानल छलफलका क्रममा वक्ताहरूले मानव स्रोत विकास, प्रविधि सुदृढीकरण र नीतिगत स्थायित्व बिना दिगो औद्योगिक विकास सम्भव नहुनेमा जोड दिए । भारत, चीन, ब्राजिल तथा अफ्रिकी मुलुकहरूको अनुभवले सिकेडी भेकल एसेम्ली लाई औद्योगिकीकरणको प्रारम्भिक आधारका रूपमा सफल देखाएको उल्लेख गर्दै, मेक इन नेपाल सन्दर्भमा यसको दीर्घकालीन सम्भावनाबारे चर्चा भएको थियोे ।

कार्यक्रमको सहजीकरण नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले गरेका थिए । उनले नाइमा मोबिलिटी संवादलाई आगामी दिनहरूमा अझ फराकिलो सहकार्य र युवा सहभागिता अभिवृद्धि सहित निरन्तरता दिइने जानकारी गराउँदै, यसको दशौं श्रृङ्खला आइओई पुल्चोक क्याम्पसमा आयोजना गर्ने योजना रहेको बताए । समापन मन्तव्य काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारी तथा नाइमाकी बोर्ड सदस्य यमुना श्रेष्ठले दिनुभएको थियो । एसएसपी अधिकारीले चालक, ट्राफिक प्रहरी तथा सरोकारवालाहरूलाई आधुनिक सवारी साधन प्रविधिबारे शिक्षित गर्नु अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै, उदीयमान सवारी प्रविधि तथा सफ्ट स्किल्ससम्बन्धी तालिम उपत्यकाका सम्पूर्ण ट्राफिक प्रहरीलाई प्रदान गर्ने नाइमाको पहलको उच्च प्रशंसा गरे । साथै, हालै ट्राफिक प्रहरी कार्यालयमा भएको क्षतिपछि नाइमाले गरेको सहयोगप्रति उहाँले हार्दिक आभार व्यक्त गरे ।

नाइमा का बोर्ड सदस्य यमुना श्रेष्ठले सिकेडी भेकल एसेम्ली, नीतिगत स्पष्टता तथा शैक्षिक संस्था, सरकार र निजी क्षेत्रबीचको सहकार्यले मात्र नेपालको अटोमोबिल उद्योगलाई दिगो र प्रतिस्पर्धी बनाउन सकिने धारणा व्यक्त गरे । उनले मोबिलिटी संवादजस्ता संवादात्मक पहलहरूले ज्ञान आदान–प्रदान, नीतिगत समझदारी र दीर्घकालीन औद्योगिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । नीति निर्माता, अटोमोबिल उद्योगका प्रतिनिधि, शैक्षिक विज्ञ, ट्राफिक प्रहरी, सञ्चारकर्मी, विद्यार्थी तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको यस कार्यक्रममा खुला अन्तरक्रिया तथा प्रश्नोत्तर सत्रसमेत सञ्चालन गरिएको थियो । विद्यार्थी संगठन एएमइसिनको संयोजनमा सम्पन्न यस कार्यक्रममा सिकेडी भेकल एसेम्ली मार्फत रोजगारी सृजना, सीप विकास, उत्पादकत्व वृद्धि र स्वदेशमै मूल्य श्रृङ्खला विस्तार गर्ने सम्भावनाहरूबारे गहन छलफल गरिएको थियो ।

नाइमाले यस्ता मन्थ्ली मोबिलिटी संवादहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै, मोबिलिटी तथा अटोमोबाइल क्षेत्रसम्बन्धी समसामयिक विषयमा जानकारी प्रदान गर्ने, सरोकारवालाको क्षमता अभिवृद्धि गर्ने तथा नीतिगत तथा संरचनागत चुनौतीहरूमा सहकार्यात्मक समाधान खोज्ने उद्देश्य रहेको जनाएको छ ।

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको स्पष्टिकरण

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२८

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (नेकान) ले शैक्षिक...

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ र महर्षि कलेजबीच पाँचवर्षे सम्झौता

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२६

  काठमाडौं। कम्प्युटर एशोसिएशन नेपाल महासंघ ९क्यान महासंघ० र सुदूरपश्चिम...

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच छलफल

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२८

  काठमाडौं, साउन १२ — हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि...

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको सामाजिक योगदान

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२४

  काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत...

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुनपटाया, थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु...

वि.सं.२०८३ साउन १३ बुधवार ००:१६

  काठमाडौं, नेपाल – २७ जुलाई, २०२६ – यामाहा नेपालको...

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...