CG Electronics
IME Life
NIMB

काठमाडौं उपत्यकाका १,६५१ ट्राफिक प्रहरीलाई पाँच वर्षे नियमित तालिम

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नैमिय) र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच उपत्यकाका १,६५१ जना ट्राफिक प्रहरीलाई व्यवहारकुशल सीप र नयाँ सवारी प्रविधि सम्बन्धी विषयमा दीर्घकालीन तालिम प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

ट्राफिक सप्ताह २०८२ अन्तर्गत “सडक दुर्घटना न्यूनीकरण विशेष अभियान”को अवसरमा यसै सातादेखि पाँच वर्षे रणनीतिक सहकार्य औपचारिक रूपमा सुरू भएको हो। समझदारीपत्र प्रहरी महानिरीक्षक दानबहादुर कार्की र नैमियका बोर्ड सदस्य सौरभ ज्योति बीच आदान–प्रदान गरिएको हो।

समझदारीअनुसार नैमियले नयाँ सवारी प्रविधि, सडक सुरक्षा, तथा यातायात प्रणालीसँग सम्बन्धित विषयमा आवश्यक तालिम सामग्री, विशेषज्ञ सहजीकरण र समन्वय उपलब्ध गराउनेछ। ट्राफिक प्रहरी कार्यालयले तालिम कार्यक्रमको नेतृत्व, सहभागी परिचालन, अनुगमन तथा गुणस्तर सुनिश्चितता गर्ने जिम्मेवारी लिनेछ।

समझदारी कार्यान्वयनअन्तर्गत पहिलो चरणको तालिम माघ ४ गतेदेखि १७ कार्यदिनसम्म सञ्चालन हुँदैछ। प्रत्येक सत्रमा १०० जना ट्राफिक प्रहरी सहभागी हुनेछन्। तालिममा तनाव तथा द्वन्द्व व्यवस्थापन, सञ्चार कौशल, मार्ग सुरक्षा अभ्यास, नयाँ सवारी प्रविधिको अवलोकन, दुर्घटना न्यूनीकरण तथा ह्यान्ड–जेस्चर सीपजस्ता विषय समावेश गरिएका छन्।

तालिममा इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापकहरू, जीवन विज्ञान प्रशिक्षक, सदस्य कम्पनीका प्राविधिक विज्ञ तथा जीवन प्रशिक्षक रमन भट्टराईसहित विभिन्न विशेषज्ञहरूले सहजीकरण गर्नेछन्। केही सत्रहरूमा वरिष्ठ ट्राफिक प्रहरी अधिकृत स्वयं सहभागिता जनाउने बताइएको छ।

ट्राफिक कार्यालयका प्रमुख SSP नवराज अधिकारीले ट्राफिक प्रहरी दैनिक नागरिक सम्पर्कमा रहने भएकाले व्यवहार सुधार र आधुनिक प्रविधिमा दखल अनिवार्य रहेको बताए।

नैमिय अध्यक्ष ऋतु सिंह वैद्यले सडक सुरक्षा प्रवद्र्धन, उपभोक्ता सचेतना र मानवस्रोत विकास संस्थाको प्रमुख प्राथमिकता भएको बताउँदै साझेदारीले नागरिकमैत्री सेवा प्रभावकारी बनाउन टेवा पुग्ने विश्वास व्यक्त गरिन्।

बोर्ड सदस्य सौरभ ज्योतिले तालिम कार्यक्रम सडक सुरक्षा र दीगो मोबिलिटी प्रवर्द्धनमा महत्वपूर्ण योगदान गर्ने टिप्पणी गरे। कार्यकारी निर्देशक राजकुमार दुलालले तालिमले व्यवहारकुशलता र आधुनिक जानकारी दुवै सुदृढ गर्ने गरी डिजाइन गरिएको बताए।

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...