CG Electronics
IME Life
NIMB

स्किल विक २०२६ को समापन: पाँच व्यक्तित्व ‘स्किल हिरो अवार्ड’ बाट सम्मानित

NIMB
Himalayan Bank

 

काठमाडौं । ग्लोकल प्रा. लि. को एक इकाई, ग्लोकल आफ्टर स्कूलको आयोजनामा सञ्चालित ‘स्किल विक २०२६’ को सातौँ संस्करण ललितपुरस्थित द प्लाजामा सोमबार एक भव्य समारोहका साथ सम्पन्न भएको छ।

प्रख्यात उद्यमी, सरकारी कूटनीतिज्ञ र १०० भन्दा बढी उत्साही युवाहरूको उपस्थितिमा यो कार्यक्रम समापन गरिएको हो।
‘स्किल विक २०२६’ विभिन्न कार्यक्रम, सिर्जनशीलता, र प्रेरणाले भरिएको एक विशेष उत्सव हो, जसले युवाहरूमाझ विभिन्न सिप र अन्तर्दृष्टि प्रदान गर्ने उद्देश्य राख्दछ।

यस वर्ष यस हप्तालाई कार्यशाला, सिप-केन्द्रित प्रतियोगिता, प्रदर्शनी, र सिकाइ सत्रहरूका साथै मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरी एउटा ‘इन्फोटेनमेन्ट’ हप्ताको रूपमा मनाइयो। जनवरी ११ देखि १६ सम्म आयोजित यस छैटौँ संस्करणमा विभिन्न क्षेत्रका विज्ञहरूले युवाहरूलाई आफ्नो ज्ञान र अनुभव बाँडेका थिए।

कला र संस्कृति, उद्यमशीलता, पर्यटन तथा आतिथ्य, र विज्ञान तथा प्रविधि गरी चार मुख्य क्षेत्रमा केन्द्रित यस कार्यक्रममा रोजगार मेला, केस स्टडी प्रस्तुतीकरण, र सांगीतिक कन्सर्ट जस्ता रोचक गतिविधिहरू पनि समावेश थिए।

कार्यक्रमको समापन समारोहमा ग्लोकल आफ्टर स्कूलद्वारा सिपको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने पाँच जना दिग्गज व्यक्तित्वहरूलाई ‘स्किल हिरो अवार्ड’ बाट सम्मानित गरिएको थियो।

उद्योग, शिक्षा क्षेत्र र सरकारसँग सहकार्य गर्दै सीप प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमले नयाँ सीपहरू सिक्ने र प्रदर्शन गर्ने मञ्च प्रदान गरेको थियो।

पाँच विधामा ‘स्किल हिरो अवार्ड २०२६’ प्रदान
आफ्नो क्षेत्रमा अनुकरणीय सीप प्रदर्शन गरी सकारात्मक प्रभाव पार्न सफल पाँच व्यक्तित्वहरूलाई यस वर्षको ‘स्किल हिरो अवार्ड’ बाट सम्मानित गरिएको छ। अवार्डका विजेताहरू यस प्रकार छन्:

• पर्यटन र आतिथ्य : श्री ऋषभ अग्रवाल मुम्बई र पेरिसको इकोल डुकासबाट पाक कलामा विशेषज्ञता हासिल गर्नुभएका अग्रवालले काठमाडौँमा ‘सिल्क आर्टिसनल क्रिमरी’ मार्फत नेपाली स्वाद र अन्तर्राष्ट्रिय स्तरको आइसक्रिमलाई जोड्नुभएको छ।

• कला र संस्कृति : श्री किशोर कायस्थ दुई दशकभन्दा लामो समयदेखि फोटोग्राफीमा सक्रिय कायस्थले विशेषगरी ‘मुस्ताङ नोस्टाल्जिया’ मार्फत नेपालको फेरिएको भूगोल र जनजीवनलाई कलात्मक रूपमा कैद गर्नुभएको छ।

• उद्यमशीलता : सुश्री अनुष्का श्रेष्ठ मिस नेपाल २०१९ श्रेष्ठले ‘मक्कुसे’ नामक लक्जरी डेजर्ट ब्राण्डमार्फत परम्परागत नेपाली मिठाइलाई (पुस्टकारी) आधुनिक र विश्वव्यापी बजारमा पुर्‍याउन सफल हुनुभएको छ।

• विज्ञान र प्रविधि : श्री समीर फुयाँल ग्लोकल टिन हिरो २०१९ का विजेता समीरले ‘बाइटकेयर टेक्नोलोजी’ मार्फत ‘कारोबार एप’ विकास गरी साना व्यवसायीहरूलाई डिजिटल लेखा प्रणालीमा जोड्न महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ।

• प्रशिक्षुता : सुश्री सोनाम नेम्वाङ डिजिटल सीप र सूचना प्रविधिको क्षेत्रमा प्रशिक्षुता (Apprenticeship) मार्फत व्यावसायिक सफलता हासिल गर्नुभएकी सोनामले युवाहरूका लागि सीपमूलक शिक्षाको महत्त्वलाई उजागर गर्नुभएको छ।

स्किल फेस्ट र सिइओ अनप्लग
माघ २ गते (जनवरी १६) पुल्चोकस्थित एम्बार्क कलेजमा ‘स्किल फेस्ट’ आयोजना गरिएको थियो, जहाँ कार्यशाला, प्रदर्शनी र रोजगार मेला सञ्चालन भएका थिए।

सोही दिन ‘सिइओ अनप्लग्ड’ को ११ औँ संस्करण पनि सम्पन्न भयो। टुडे मिट्स टुमरो’ भन्ने नाराका साथ आयोजित उक्त सत्रमा सौरभ ज्योति (पद्म ज्योति ग्रुप), संजय गोल्छा (नियोटेरिक नेपाल) र आँचल कुँवर (दराज नेपाल) लगायतले प्यानल छलफलमा भाग लिनुभएको थियो। उहाँहरूले भविष्यको बजारमा सीपको महत्त्व र शिक्षा क्षेत्र तथा उद्योगबीचको खाडल पुर्ने विषयमा चर्चा गर्नुभएको थियो।

सहकार्य र समर्थन
यो कार्यक्रमलाई एम्बार्क कलेजले सशक्त बनाएको थियो भने युरोपियन युनियन, भारतीय दूतावास, अष्ट्रेलियाली सरकार, युएई दूतावास, होण्डा, एनसर, डब्लुडब्लुएफ , युएनडिपी र ब्रिटिश काउन्सिल लगायतका संस्थाहरूले सहयोग गरेका थिए।

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...