CG Electronics
IME Life
NIMB

टिसिएलले नेपाली बजारमा उन्नत प्रविधियुक्त S5K QLED Google TV सार्वजनिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । विश्वव्यापी रूपमा प्रतिष्ठित इलेक्ट्रोनिक्स ब्रान्ड टिसिएल (TCL) ले अत्याधुनिक S5K QLED Google TV शृङ्खला नेपाली बजारमा सार्वजनिक गरेको छ। ३२ इन्च र ४३ इन्च आकारमा उपलब्ध यस टिभीले उच्च-गुणस्तरको दृश्य, समृद्ध ध्वनि र स्मार्ट सुविधालाई एउटै प्लेटफर्ममा संयोजन गरेको कम्पनीले जनाएको छ।

QLED प्रविधिबाट जीवन्त र प्राकृतिक रंग प्रदान गर्ने यस टिभीमा HVA प्यानल प्रयोग गरिएको छ, जसले गहिरो कन्ट्रास्ट र १७८ डिग्रीभन्दा बढीको व्यापक दृश्यकोण उपलब्ध गराउँछ। HDR10 र HLG सपोर्टका कारण दृश्य अनुभव अझ यथार्थपरक हुने बताइएको छ।

टिसिएल S5K QLED Google TV विशेषगरी प्रिमियम मनोरञ्जन खोज्ने युवा पुस्ता, डिजिटल सामग्री तथा चलचित्र रुचाउने परिवार र स्मूद गेमिङ अनुभव चाहने गेमरहरूलाई लक्षित गरी डिजाइन गरिएको हो। डल्बी अडियो सपोर्टसहितको २.० च्यानल स्पिकर सिस्टमले थिएटर–स्तरको ध्वनि अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।

यस टिभीमा गुगल टिभी प्लेटफर्म समावेश गरिएको छ, जसअन्तर्गत गुगल असिस्टेन्टमार्फत भ्वाइस कन्ट्रोल, हजारौं एप्समा पहुँच तथा गेम मोड सुविधा उपलब्ध छ। साथै, बेजल–लेस मेटालिक डिजाइनले आधुनिक घरको सजावटसँग सहजै मेल खाने बताइएको छ।

कनेक्टिभिटीका लागि वाइ–फाइ ४ (२.४G र ५G), ब्लुटुथ ५.०, दुईवटा HDMI पोर्ट तथा USB २.० उपलब्ध छन्। CA55x4 @1.1GHz प्रोसेसर, 1GB RAM र 8GB इन्टरनल स्टोरेजले द्रुत र सहज प्रदर्शन सुनिश्चित गर्ने कम्पनीले जनाएको छ।

टिसिएल विश्वभर नवीनतम प्रविधि, गुणस्तर र मूल्यको संयोजनका लागि परिचित अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड हो। नेपालमा टिसिएलका उत्पादनहरूको अधिकृत वितरक CG Electronics रहेको छ, जसले देशभरको आफ्नो वितरण नेटवर्कमार्फत विश्वस्तरीय प्रविधि नेपाली उपभोक्तासम्म पुर्‍याउँदै आएको छ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...