Ncell NPL
NIMB
NMB Bank

ब्रिटिस काउन्सिलद्वारा लैङ्गिक समानतासम्बन्धी कला परियोजनालाई ८४ लाखभन्दा बढी अनुदान

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । ब्रिटिस काउन्सिलले लैङ्गिक समानता प्रवर्द्धन र समाजमा कम प्रतिनिधित्व भएका समुदायको आवाजलाई सशक्त बनाउन “इक्वेल टुगेदर” कार्यक्रम अन्तर्गत १२ वटा कला परियोजनालाई कुल ८४ लाख ८२ हजार ७०० रुपैयाँ अनुदान प्रदान गरेको छ।

यस वर्षको कार्यक्रममा ८ जना व्यक्तिगत कलाकर्मी र ४ वटा संस्थाले न्यूनतम ६ लाखदेखि अधिकतम १० लाख रुपैयाँसम्मको अनुदान प्राप्त गरेका छन्। अनुदानसँगै उनीहरूले कला क्षेत्रका विज्ञहरूबाट प्रशिक्षण, परियोजना कार्यान्वयन र दर्शक सहभागितासम्बन्धी सिकाइको अवसर पनि पाउनेछन्।

ब्रिटिस काउन्सिलका राष्ट्रिय निर्देशक रुस्तम मोदीले नेपालका कला र संस्कृतिले समुदायलाई आत्मचिन्तन, संवाद र सहकार्यका लागि प्रेरित गर्दै आएको उल्लेख गर्दै इक्वेल टुगेदर कार्यक्रमले लैङ्गिक सवालका जटिल पक्षलाई कलामार्फत उजागर गर्न सहयोग पुगेको बताउनुभयो।

अनुदान प्राप्त परियोजनाहरू सन् २०२६ को जनवरीदेखि जुनसम्म सञ्चालन हुनेछन्। यी परियोजनामा काठमाडौं र बेलफास्टमा क्वेयर समुदाय केन्द्रित कमिक प्रदर्शनी, जनकपुरमा मिथिला कला पदयात्रा, दमक र काठमाडौंमा महिला तथा क्वेयर समुदायका कलाकारको स्ट्यान्डअप कमेडी कार्यक्रम, फिल्म, नाटक, बाल पुस्तक प्रकाशन तथा समुदायमा आधारित कला प्रदर्शनी समावेश छन्।

यस कार्यक्रमअन्तर्गत विराट विजय ओझा, इनुमा राई, डोल्कर ल्हामु गुरुङ, दिनेशराज उपाध्याय, योजना मगर, सुशीला तामाङ, एलिज घिमिरे र गार्गी नेपाल लगायतका कलाकार तथा द लिड नेपाल, मिथिला माझ, पास द माइक र अंकुरा स्टुडियो संस्था छनोट भएका छन्। उनीहरूको परियोजनाले लैङ्गिक समानता, सांस्कृतिक विविधता, समुदायको सहभागिता र सीमान्तकृत समुदायका आवाजलाई प्राथमिकता दिएको छ।

सन् २०२५ अगस्टमा खुला आव्हान गरिएको कार्यक्रममा देशभरबाट १८० भन्दा बढी आवेदन परेको थियो। त्यसमध्ये ५३ प्रस्तावलाई सर्टलिस्ट गरी अन्ततः १२ परियोजना छनोट गरिएको ब्रिटिस काउन्सिलले जनाएको छ।

ब्रिटिस काउन्सिलले कला, संस्कृति, शिक्षा र अंग्रेजी भाषासम्बन्धी कार्यक्रममार्फत अन्तर्राष्ट्रिय सहकार्य र सांस्कृतिक आदान–प्रदानलाई प्रोत्साहन गर्दै आएको छ।

एफवानसफ्ट (F1Soft) इन्टरनेशनलको सीईओमा सनत कुमार पौडेल नियुक्त

एफवानसफ्ट (F1Soft) इन्टरनेशनलको सीईओमा सनत कुमार पौडेल...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:४६

काठमाडौँ, नेपाल, ३ बैशाख २०८३ — एफवानसफ्ट (F1Soft) इन्टरनेशनलले आफ्नो...

एनएमबि क्यापिटलको रेटिङ्ग अपग्रेड, ‘एनएमबि सरल बचत फण्ड–इ’ को आकार १० अर्ब पुर्‍याउन स्वीकृति

एनएमबि क्यापिटलको रेटिङ्ग अपग्रेड, ‘एनएमबि सरल बचत...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:४०

  काठमाडौं । एनएमबि क्यापिटल लिमिटेड ले महत्वपूर्ण उपलब्धि हासिल...

एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक

एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:३४

काठमाडौं, वैशाख ३ — एन आई सी एशिया बैंक लिमिटेड...

सीजी ब्रान्डद्वारा वर्ष २०८३ का लागि नयाँ वार्षिक अभियान “Experience Life with CG” सार्वजनिक

सीजी ब्रान्डद्वारा वर्ष २०८३ का लागि नयाँ...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २३:१९

काठमाडौँ । नेपालको अग्रणी र सर्वाधिक विश्वासिलो घरेलु उपकरण ब्रान्ड...

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका :...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २३:१३

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...