CG Electronics
IME Life
NIMB

आईएमई लाइफलाई ‘इमर्जिङ एसिया अवार्ड’का तीन अन्तर्राष्ट्रिय सम्मान

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित “इमर्जिङ एसिया अवार्ड” अन्तर्गत तीन विधामा अवार्ड जित्न सफल भएको छ। इन्डियन चेम्बर अफ कमर्सद्वारा थाइल्यान्डको बैंककमा आयोजित छैटौं संस्करणको उक्त अवार्ड कार्यक्रममा कम्पनी सम्मानित भएको हो।

कम्पनीले उत्कृष्ट ग्राहक–मुखी सेवा (The Best Customer Oriented Company), बीमा कभरेजमा उत्कृष्ट रणनीति (Best Strategies for Insurance Coverage) मा संयुक्त अवार्ड तथा बीमा नेतृत्वमा महिला (Women in Insurance Leadership) विधामा अवार्ड प्राप्त गरेको जनाएको छ। यी अवार्ड स्वतन्त्र तथा विशिष्ट अन्तर्राष्ट्रिय निर्णायक मण्डलद्वारा प्रदान गरिएको हो।

उक्त अवार्डले आईएमई लाइफको ग्राहक–केन्द्रित सेवा, नवप्रवर्तनकारी रणनीति तथा सहभागितामूलक नेतृत्वको कदर गरेको कम्पनीले जनाएको छ। साथै, देशभित्र बीमा सचेतना अभिवृद्धि गर्ने, आधुनिक प्रविधिमैत्री सेवा प्रदान गर्ने तथा बीमा क्षेत्रमा महिलाको नेतृत्व विकास गर्ने कम्पनीको लक्ष्यलाई यस उपलब्धिले थप ऊर्जा प्रदान गर्ने विश्वास गरिएको छ।

कार्यक्रममा नेपालबाट प्रतिनिधित्व गर्दै आईएमई लाइफका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले प्यानल छलफलमा सहभागिता जनाएका थिए। उनले डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगमार्फत बीमा उद्योगका चुनौती तथा सम्भावनाका विषयमा आफ्नो धारणा राखेका थिए।

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय काठमाडौंको लैनचौरस्थित हाथवे कम्प्लेक्समा रहेको छ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...