CG Electronics
IME Life
NIMB

T20 विश्वकप लक्षित गर्दै सामसङ नेपालद्वारा AI टिभीमा विशेष अफर

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । आगामी T20 विश्वकपलाई ध्यानमा राख्दै सामसङ नेपालले आफ्ना अत्याधुनिक AI टेलिभिजनहरूमा विशेष छुट तथा आकर्षक अफर सार्वजनिक गरेको छ। ग्राहकलाई उत्कृष्ट दृश्य तथा ध्वनि अनुभव प्रदान गर्ने उद्देश्यले कम्पनीले यो योजना ल्याएको जनाएको छ।

यस अफर अन्तर्गत प्रिमियम QLED देखि HD टिभी मोडेलसम्ममा अधिकतम २१ प्रतिशतसम्म क्यासब्याक तथा ७ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस उपलब्ध गराइएको छ। कम्पनीका अनुसार यो योजना ग्राहकलाई आफ्नो घरको मनोरञ्जन प्रणाली आधुनिक बनाउन उपयुक्त अवसर हुनेछ।

सामसङका AI टिभीहरूमा 4K AI Upscaling प्रविधि, ८५ इन्चसम्मका ठूलो स्क्रिन तथा Adaptive Sound जस्ता अत्याधुनिक फिचर समावेश छन्, जसले खेल तथा मनोरञ्जन सामग्रीलाई अझ स्पष्ट, जीवन्त र रोमाञ्चक बनाउने कम्पनीले जनाएको छ। साथै, Samsung Knox Security प्रणालीले स्मार्ट कनेक्टिभिटीलाई सुरक्षित र भरपर्दो बनाउने विश्वास कम्पनीको छ।

ग्राहकहरूको मनोरञ्जन अनुभव अझ प्रभावकारी बनाउन सामसङले २०२१ देखि २०२५ सम्म उत्पादन भएका टिभी खरिदमा निःशुल्क NETTV सुविधा पनि उपलब्ध गराएको छ। QLED तथा UHD मोडेल खरिद गर्दा १२ महिनासम्मको निःशुल्क NETTV सदस्यता पाइनेछ भने FHD तथा HD मोडेल खरिद गर्दा ६ महिनासम्मको निःशुल्क सदस्यता उपलब्ध हुने बताइएको छ।

यसका अतिरिक्त, सामसङले आफ्ना T, A, B, C, D र F सिरिजका टिभीहरूमा उत्पादनसम्बन्धी त्रुटि समेट्ने तीन वर्षसम्मको विस्तृत वारेन्टी सुविधा प्रदान गर्ने जनाएको छ।

कम्पनीका अनुसार ग्राहकहरूले हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवामार्फत ० प्रतिशत ब्याजदरमा सहज किस्ताबन्दी (EMI) सुविधा प्रयोग गरी टिभी तथा अन्य होम अप्लायन्स खरिद गर्न सक्नेछन्। साथै, देशभरका आधिकारिक सामसङ रिटेल स्टोर तथा आर्कोस्टोरमार्फत पुराना उपकरण साटेर नयाँ टिभी खरिद गर्न सकिने व्यवस्था गरिएको छ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...