CG Electronics
IME Life
NIMB

काठमाडौंको पुतलीसडकमा जकीको नयाँ एक्सक्लुसिभ शोरूम भव्य रूपमा उद्घाटन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं। विश्वव्यापी ब्रान्ड जकी (Jockey) ले काठमाडौंको प्रमुख व्यापारिक केन्द्र पुतलीसडकमा आफ्नो नयाँ एक्सक्लुसिभ शोरूम सार्वजनिक गरेको छ। ब्रान्डका अनुसार, स्टोरको डिजाइन र सुविधाहरूले ग्राहकलाई उत्कृष्ट र सहज सपिङ अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ।

नयाँ शोरूममा पुरुष, महिला र बालबालिकाका लागि जकीका सम्पूर्ण उत्पादनहरू उपलब्ध छन्। यसमा इनरवेयर, एथलिजर, एक्टिभवेयर, लाउन्जवेयर, थर्मल र दैनिक उपभोगका लुगाहरूको विस्तृत संग्रह रहेको छ। ग्राहकहरूले व्यक्तिगत सहायता पाउने र सही फिटिङ, आराम र शैली सुनिश्चित गर्न सक्ने सुविधा पनि उपलब्ध छ।

उद्घाटन समारोहमा चर्चित नायिका प्रियंका कार्की उपस्थित थिइन्। उनले भनिन्, “जकी सधैं आराम र आत्मविश्वासको प्रतीक बनेको छ। पुतलीसडकको नयाँ शोरूमले उत्कृष्ट सपिङ अनुभव प्रदान गर्दछ जहाँ मानिसहरूले ब्रान्डका सम्पूर्ण लाइफस्टाइल उत्पादनहरू सहजै रोज्न सक्छन्।”

स्टोर म्यानेजर मोहित कुमार सिन्हा र गोकुल शर्माले संयुक्त रूपमा भने, “हामी पुतलीसडकमा जोकीको यो नयाँ अनुभव ल्याउन पाउँदा उत्साहित छौं। शोरूमले काठमाडौंमा हाम्रो बढ्दो उपस्थितिलाई झल्काउँछ र स्थानीय बजारमा विश्व–स्तरीय पहिरन उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई पुष्टि गर्दछ।”

पुतलीसडकको शोरूमका साथै काठमाडौं उपत्यका र उपत्यका बाहिरका विभिन्न स्थानहरू, जनरल ट्रेड (GT) र प्रमुख मोडर्न ट्रेड (MT) आउटलेटहरूमा पनि जकीका स्टोरहरू सञ्चालनमा छन्, जसले ग्राहकलाई ब्रान्डसँग अझ नजिक बनाएको बताइएको छ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...