CG Electronics
IME Life
NIMB

कामना सेवा विकास बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेजमा १५ प्रतिशतसम्म छुट

NIMB
Himalayan Bank

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्ना ग्राहक तथा कर्मचारीलाई लक्षित गर्दै काठमाडौंको बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरसँग सेवा शुल्कमा छुट सम्बन्धी सम्झौता गरेको छ।

सम्झौताअनुसार बैंकका ग्राहक र कर्मचारीहरूले अस्पतालले उपलब्ध गराउने विभिन्न दन्त उपचार तथा स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। बैंकसँगको आबद्धता प्रमाणित गरेपछि उक्त सुविधा सहज रूपमा लिन सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ।

बैंकका अनुसार यस सहकार्यले बैंकसँग आबद्ध ग्राहकहरूलाई गुणस्तरीय दन्त स्वास्थ्य सेवा किफायती दरमा उपलब्ध गराउने लक्ष्य राखिएको छ। छुट सुविधा अस्पतालका विभिन्न सेवा–सुविधामा लागू हुने जनाइएको छ।

सम्झौतापत्रमा बैंकका तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा तथा कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरका सञ्चालक डा. प्रतिक्षा श्रेष्ठले हस्ताक्षर गरेका छन्।

बैंकले यस्ता सहकार्यहरूमार्फत आफ्ना ग्राहकलाई थप मूल्य अभिवृद्धि सेवा प्रदान गर्ने रणनीति अनुरूप स्वास्थ्य, शिक्षा लगायत विभिन्न क्षेत्रमा साझेदारी विस्तार गर्दै जाने जनाएको छ।

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा आबद्ध: नेपाली बालमस्तिष्कलाई विश्व मानचित्रमा चिनाउने प्रयास

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५७

काठमाडौं। नेपालको डिजिटल रूपान्तरणको यात्रामा नयाँ पुस्ताका उदीयमान प्रतिभाहरूले नेतृत्व...

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई नेपालमा नाइमा मोबिलिटी प्रदर्शनी–२०२६ मार्फत सार्वजनिक गरिने

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:४७

    चेरी क्यूले प्रतिष्ठित २०२५ रेड डट डिजाइन अवार्ड...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम, करिब १० हजार लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम,...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:३१

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — सिटिजन्स बैंक...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:२२

पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा नयाँ...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:१७

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — महालक्ष्मी विकास...