CG Electronics
IME Life
NIMB

देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले आएन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

१६ जेठ, काठमाडौ–  सहमतीय सरकार निर्माणका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक विना सहमति सकिएको छ । सभापति शेरबहादुर देउवाले मंगलबार व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलिय बैठक आव्हान गरेका हुन् ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित भएपछि बैठक ठोस निष्कर्षमा भने पुग्न सकेन । राष्ट्रिय सहमतिय सरकार गठनमा सहमति जुटाउने प्रयासमा भएको बैठक प्रमुख प्रतिपक्षी नेकपा एमाले अनुपस्थित भएपछि उद्देश्य अनुरुप बैठकले ठोष निर्णय गर्न नसकेको प्रधानमन्त्री पुष्पकमल दाहालले जानकारी दिए ।

यद्यपि सभापति देउवालाई अध्यक्ष केपी ओलीलाई व्यक्तिगत रुपमा भेटेर भएपनि सहमतिमा ल्याउने प्रयास गर्न भनिएको प्रचण्डको भनाई थियो । नयाँवानेश्वर स्थिति संसद भवनमा बसेको सर्वदलिय बैठकमा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्यहरु पनि अनुपस्थित रहेका थिए ।
बैठकमा सहभागी राजपाका तर्फबाट सहभागी नेता लक्षमण लाल कर्णले आफुहरुका माग अहिले पनि संम्बोधन नभएको भन्दै वर्तमान सरकारले उधारो राखेको माग पुरा भए जसको नेतृत्वको सरकार बनेपनि स्वीकार गर्ने बताए ।

नेपाली कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले राष्ट्रपतिले सहमतिय सरकार गठनका लागि आव्हान भएकाले त्यसका लागि सहमति जुटाउन सर्वदलिय बैठक आव्हान गरिएको बताए । उनले बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बाहेक अन्य सबै दलका प्रतिनिधि उपस्थित रहेको र सहमतिय सरकार गठनमा उनीहरुले सकारात्मक प्रतिक्रिया दिएको बताए ।

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...