CG Electronics
IME Life
NIMB

रिज लाइन इनर्जी लिमिटेड को आईपीओमा आवेदन दिने आज अन्तिम दिन, सर्वसाधारणका लागि ११ लाख ८० हजार २६० कित्ता शेयर बिक्री खुला

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । रिज लाइन इनर्जी लिमिटेड ले माघ २८ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरिरहेको आईपीओमा आवेदन दिने आज फागुन ४ गते अन्तिम दिन हो।

पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँड गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो।

कम्पनीले जारी पुँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति नेपाल धितोपत्र बोर्ड बाट पाएको थियो।

जसमध्ये ११ लाख ८५ हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र १ लाख ४२ हजार २०० कित्ता शेयर विदेशमा रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरी बाँडफाँड गरिसकिएको छ।

दोस्रो चरणमा बाँकी शेयरमध्ये २८ हजार ४४० कित्ता कम्पनीका कर्मचारीहरूका लागि र ७१ हजार १०० कित्ता सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ। बाँकी रहेको ११ करोड ८० लाख २६ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका कुल ११ लाख ८० हजार २६० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिएको हो।

आईपीओमा आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ।

कम्पनीलाई केयर रेटिङ्ग नेपाल ले “केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग” प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकलाई एउटै प्लेटफर्मबाट सबै बैंकिङ सेवा

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकलाई एउटै प्लेटफर्मबाट सबै...

वि.सं.२०८३ जेठ २१ बिहीवार २३:०७

  काठमाडौं । सिटिजन्स बैंकका कर्पोरेट ग्राहकले अब खाताको ब्यालेन्स...

उत्पादन क्षमता विस्तार गर्दै प्रोटोन, नेपालमा पनि नयाँ मोडल ल्याउने तयारी

उत्पादन क्षमता विस्तार गर्दै प्रोटोन, नेपालमा पनि...

वि.सं.२०८३ जेठ २१ बिहीवार २२:३८

  काठमाडौँ — नेपालमा प्रोटोन ई.मास सेभेन १६० किलोवाट (Proton...

नेको इन्स्योरेन्स ३०औँ वार्षिकोत्सवको अवसरमा रक्तदान, ५३ पिन्ट रगत संकलन

नेको इन्स्योरेन्स ३०औँ वार्षिकोत्सवको अवसरमा रक्तदान, ५३...

वि.सं.२०८३ जेठ २१ बिहीवार २२:३३

काठमाडौँ — देशको बीमा बजारमा ३० वर्षदेखि निरन्तर सेवा प्रदान...

श्वकपको प्रत्येक क्षणलाई अविस्मरणीय बनाउने टीसीएलको नयाँ योजना

श्वकपको प्रत्येक क्षणलाई अविस्मरणीय बनाउने टीसीएलको नयाँ...

वि.सं.२०८३ जेठ २१ बिहीवार २२:२४

काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो उत्सव नजिकिँदै गर्दा विश्वकै...

बीवाईडी सवारीसाधन आयात सम्बन्धमा साइमेक्स इंकको तथ्यगत स्पष्टीकरणः अनुचित लाभ लिएको आरोप पूर्णत : निराधार

बीवाईडी सवारीसाधन आयात सम्बन्धमा साइमेक्स इंकको तथ्यगत...

वि.सं.२०८३ जेठ २१ बिहीवार २२:१२

  काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक...

बिजुलीमा भ्याट लगाउँदा उत्पादन लागत घट्छ, उपभोक्तामाथि ठूलो भार पर्दैन : प्रकाश दुलाल

बिजुलीमा भ्याट लगाउँदा उत्पादन लागत घट्छ, उपभोक्तामाथि...

वि.सं.२०८३ जेठ २१ बिहीवार १६:१०

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का...