CG Electronics
IME Life
NIMB

आठौँ पटक ५०० कुलपुत्र प्रवज्या कार्यक्रमबारे पत्रकार सम्मेलन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं। बुद्ध जन्मभूमि नेपालमा वार्षिक रूपमा सञ्चालन हुँदै आएको कुलपुत्र प्रवज्या कार्यक्रमअन्तर्गत आठौँ पटक ५०० कुलपुत्रलाई प्रवजित गर्ने घोषणा गरिएको छ।

सन् २०११ देखि अखिल नेपाल भिक्षु महासंघ र बाई इन्डिया–नेपाल धर्मदूतको सहकार्यमा सञ्चालन हुँदै आएको उक्त कार्यक्रममार्फत बुद्ध शिक्षा जनमानसमा फैलाउँदै सभ्य समाज निर्माण गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ। हालसम्म विभिन्न वर्षमा १११, ११२, १५०, ११९, ५००, १२५० लगायत संख्यामा कुलपुत्रहरू प्रवजित भइसकेका छन्।

यस वर्ष फागुन २६ गतेदेखि चैत्र १७ गते (March 10–31, 2026) सम्म सञ्चालन हुने २१ दिने अल्पकालीन प्रवज्या कार्यक्रममा देशभरबाट ५०० युवालाई श्रामनेर (भिक्षु) बनाइनेछ। कार्यक्रममा थाइल्याण्डसहित विभिन्न राष्ट्रका प्रतिनिधिहरू सहभागी हुने जनाइएको छ। यसले बौद्ध पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रवज्या कार्यक्रम मायादेवी मन्दिर परिसरमा विशेष समारोहसहित सम्पन्न हुनेछ। प्रवज्या थाइल्याण्डबाट पाल्नुहुने श्रद्धेय भिक्षु Ven. Phra Promvajirabodhivong को उपाध्यायत्वमा तथा महासंघका अध्यक्ष बद्धेय भिक्षु धम्मशोभन महास्थविरको उपस्थितिमा गराइनेछ।

सहआयोजक संस्थाहरू

कार्यक्रमको व्यवस्थापन प्रवज्या सामाजिक नेपालले गर्नेछ भने सहआयोजकहरूमा लुम्बिनी विकास कोष, नेपाल पर्यटन बोर्ड, ललितपुर महानगरपालिका, लुम्बिनी बौद्ध विश्वविद्यालय, Dhammakaya Foundation लगायत विभिन्न संघ–संस्थाहरू रहेका छन्।

कार्यक्रम तालिका (संक्षेप)

  • फागुन २६ – नाम दर्ता
  • फागुन २७ – कपाल खौरने (केशच्छेदन), नागबहाल
  • फागुन २८ – लुम्बिनी प्रस्थान
  • चैत्र २ – मायादेवी मन्दिरमा प्रवज्या समारोह
  • चैत्र ३ – लुम्बिनी परिसरमा भिक्षाटन तथा दीप प्रज्वलन
  • चैत्र १४ – देवदह, बुटवल, रामग्राम र भैरहवामा धम्मयात्रा
  • चैत्र १६–१७ – गृह नगरमा भिक्षाटन
  • चैत्र १९ – प्रमाणपत्र वितरण

आयोजकका अनुसार प्रवजित श्रामनेरहरूले २१ दिनसम्म शील ग्रहण गरी शील पालन, ध्यान अभ्यास तथा बुद्ध शिक्षाका मूलभूत सिद्धान्तहरूको अध्ययन गर्नेछन्। साथै भगवान बुद्धले कपिलवस्तु आगमन गर्दा १२५० भिक्षुसहित गरिएको ऐतिहासिक धम्मयात्राको झल्को दिने विशेष कार्यक्रम पनि समावेश गरिनेछ।

मुख्य कार्यक्रमहरू अन्तर्राष्ट्रिय मिडियामार्फत प्रसारण गरिने भएकाले बुद्ध जन्मभूमि नेपालको प्रचार–प्रसारमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

इच्छुक महानुभावहरूले प्रवज्या सामाजिक नेपालको सम्पर्क कार्यालय अक्षेश्वर महाविहार, पुल्चोकमा सम्पर्क गरी सहभागिता जनाउन सक्ने जनाइएको छ।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...