NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

सिटिजन्स बैंकको १९ औं वार्षिकोत्सवमा नवौँ इन्डोर क्रिकेट प्रतियोगिता सम्पन्न

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९ औं वार्षिकोत्सवको अवसरमा आयोजित नवौँ सिटिजन्स इन्ट्रा बैंक इन्डोर क्रिकेट प्रतियोगिता २०२६ काठमाण्डौंमा सम्पन्न भएको छ।

फागुन २९ र ३० गते दुई दिनसम्म चलेको प्रतियोगितामा बैंकका विभिन्न विभाग तथा शाखाका ८४ जना कर्मचारीको सक्रिय सहभागिता रहेको थियो। प्रतियोगितामा व्यवस्थापन समूह अन्तर्गत ८ टिमले प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगिताको अवसरमा सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत श्री गणेशराज पोखरेलले यस्तो कार्यक्रमहरूले संस्थागत संस्कारलाई मजबुत बनाउने, सुशासन र प्रणालीगत अनुशासनको प्रतिबद्धता देखाउने साथै कर्मचारीमा अनुशासन, आपसी सहकार्य र स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने विश्वास व्यक्त गर्नुभयो।

प्रतियोगिताका विजेताहरुलाई प्रमुख कार्यकारी अधिकृतले पुरस्कार वितरण गर्नुभएको छ। बैंकले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रममार्फत कर्मचारीबीच आपसी सहकार्य, सकारात्मक ऊर्जा र संस्थागत एकता सुदृढ बनाउने योजना रहेको जनाएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हालसम्म “बैंक अफ द ईयर २०२४ र २०२५” को उपाधि प्राप्त गरेको छ। बैंकले नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” सञ्चालनमा ल्याएको छ भने नवयुवालाई लक्षित गरी “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट”, “सिटिजन्स डिजी बैंक सेवा”, फ्रिलान्सर सेविङ्ज अकाउन्ट लगायतका नविन सेवाहरू पनि ल्याएको छ।

सिटिजन्स बैंक देशभरि ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत करिब १९ लाख ९७ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा अटो शो २०२६

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:३१

                    नाडाको ५०औँ वार्षिकोत्सवमा...

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो बजारमा ऐतिहासिक सफलतापछि नाडा अटो शोमा भव्य सार्वजनिक हुँदै

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:२१

   उत्कृष्ट कार्यसम्पादन, अत्याधुनिक प्रविधि र भविष्यवादी डिजाइनसहित भदौ दोस्रो...

५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा : अटो शोमार्फत उद्योग,...

वि.सं.२०८३ भदौ ३ बुधवार २१:५६

  काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी...

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो गाडी दिएर नयाँ पञ्च ईभी र टियागो ईभी साट्न सकिने

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो...

वि.सं.२०८३ भदौ ३ बुधवार १३:४६

    काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक...

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको नेतृत्वमा ४४ अर्बभन्दा बढी ऋण लगानी

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको...

वि.सं.२०८३ भदौ ३ बुधवार १०:१५

  काठमाडौं । एनएमबि बैंक लिमिटेडको नेतृत्वमा कालीकोट जिल्लामा निर्माण...

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ निष्कासनका लागि सम्झौता

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ...

वि.सं.२०८३ भदौ ३ बुधवार ०८:१३

  काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड र रुपाकोट रिसोर्ट...