CG Electronics
IME Life
NIMB

गर्मीबाट राहतको स्मार्ट समाधान: TCL का क्यासेट एसी नेपालमा उपलब्ध

NIMB
Himalayan Bank

 

काठमाडौं । बढ्दो गर्मीसँगै घर, अफिस तथा व्यावसायिक स्थानहरूमा प्रभावकारी र सन्तुलित कूलिङको आवश्यकता बढ्दै गएको छ। यही मागलाई ध्यानमा राख्दै सीजी इलेक्ट्रोनिक्सले TCL ब्रान्डका आधुनिक Ceiling Cassette Split Air Conditioner नेपाली बजारमा उपलब्ध गराएको छ।

छतमा जडान गर्न मिल्ने आकर्षक डिजाइनसहितका यी एसीमा ८-तर्फी हावा प्रवाह प्रणाली रहेको छ, जसले कोठाभर समान रूपमा चिसो हावा वितरण गर्छ। इन्भर्टर प्रविधि, न्यून आवाजमा सञ्चालन हुने डिजाइन तथा स्वस्थ हावा प्रवाह गर्ने फिल्टरका कारण ऊर्जा बचत, शान्त वातावरण र स्वच्छ हावा सुनिश्चित हुन्छ।

यसमा बिल्ट-इन वाटर पम्प, एलईडी डिस्प्ले, रिमोट कन्ट्रोल, टाइमर तथा पावर-डाउन मेमोरी जस्ता स्मार्ट सुविधाहरू समावेश गरिएको छ, जसले प्रयोगलाई अझ सहज बनाउँछ।

उक्त एसीहरू १ टनदेखि ४ टनसम्मका विभिन्न क्षमतामा उपलब्ध छन्, जसले अफिस, होटल, बैंक, रेस्टुरेन्ट तथा ठूला व्यावसायिक स्थानका लागि उपयुक्त समाधान प्रदान गर्छ।

नेपालमा TCL ब्रान्डका क्यासेट तथा वाल माउन्ट स्प्लिट एसीहरू कूलिङका लोकप्रिय विकल्पका रूपमा स्थापित हुँदै आएका छन्। साथै वासिङ मेसिन, वाटर डिस्पेन्सर, फ्रिज तथा टिभी र अडियो सिस्टमजस्ता अन्य होम अप्लायन्सहरू पनि उपभोक्तामाझ लोकप्रिय बन्दै गएका छन्।

सीजी इलेक्ट्रोनिक्स नेपालमा TCL ब्रान्डको आधिकारिक वितरकका रूपमा परिचित रहँदै गुणस्तरीय उत्पादन र भरपर्दो सेवामार्फत उपभोक्ताको जीवनशैलीलाई सहज र आधुनिक बनाउँदै आएको छ।

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालन

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब...

वि.सं.२०८३ असार २८ आइतवार २०:३१

  काठमाडौं, असार २६ — महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०,...

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ एण्ड बियोन्ड’मार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१९

काठमाडौं, असार ३० — नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ...

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकको १५ वर्षे सेवा यात्रा

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१३

  काठमाडौं। नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालमा श्रवण तथा...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार २८ आइतवार १९:४४

  पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा...

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...