माउन्टेन डेव® नेपालको ‘साहसको शिखर’ अभियानले स्पाइक्स एशिया २०२६ मा ग्राण्ड प्रिक्स जित्यो
Friday Mar 20, 2026
वि.सं.२०८२ चैत ६ शुक्रवार २२:३०
काठमाडौं । माउन्टेन डेव® ले आफ्नो साहसको शिखर अभियानमार्फत ठूलो उपलब्धि हासिल गर्दै स्पाइक्स एशिया २०२६ मा चार प्रतिष्ठित अवार्ड जित्न सफल भएको छ। यसमा Activation श्रेणीमा ग्राण्ड प्रिक्स, Innovation मा सिल्भर, र Creative Data तथा Brand Experience मा ब्रोंज अवार्ड समावेश छन्।
यो अभियान नेपाल पर्यटन बोर्ड सँगको सहकार्यमा सुरु गरिएको थियो र डिस्कभरी च्यानल मार्फत विश्वव्यापी रूपमा प्रवद्र्धन गरिएको थियो। नेपालमै सुरु भएको ब्रान्ड अभियानले अन्तर्राष्ट्रिय स्तरमा यस्तो पहिचान पाउनु ठूलो उपलब्धि मानिएको छ। यस अभियानले QR प्रविधि, डिजिटल प्लेटफर्म र Dare Score जस्ता नवप्रवर्तनमार्फत एभरेष्ट बाहेकका हिमालहरूको सम्भावना उजागर गर्दै नेपालको पर्वतारोहण कथालाई नयाँ ढंगले प्रस्तुत गरेको छ।
सन् २०२५ मा सुरु भएको यस अभियानले टेलिभिजन, डिजिटल र इन्फ्लुएन्सर प्लेटफर्ममार्फत करिब २ करोड मानिससम्म पहुँच पुर्याएको छ। साथै, करिब ४ लाख माइक्रोसाइट अन्तरक्रियामार्फत प्रयोगकर्तालाई अभियान योजनातर्फ आकर्षित गरेको छ।
यस अभियानले १०० भन्दा बढी एभरेष्ट बाहेकका अभियानहरूलाई प्रोत्साहन दिएको छ भने २००० भन्दा बढी मौसमी रोजगारीका अवसर सिर्जना गर्दै स्थानीय समुदायको जीविकोपार्जनमा योगदान पुर्याएको छ।




























