CG Electronics
IME Life
Ncell NPL

रौतहटमा एसइईको अन्तिम तयारी : १० हजार बढी विद्यार्थी सहभागी हुँदै, सुरक्षा व्यवस्था कडा

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

रौतहट । यही चैत १९ गतेदेखि देशभर सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ का लागि रौतहट जिल्लामा सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । शिक्षा विकास तथा समन्वय इकाई रौतहटका अनुसार यस वर्ष जिल्लाभरबाट कुल १० हजार ८८ जना परीक्षार्थीहरू परीक्षामा सहभागी हुँदै छन् ।

यस पटकको परीक्षामा सहभागी हुने १० हजार ८८ विद्यार्थीमध्ये ५ हजार २७१ छात्र र ४ हजार ८१७ छात्रा रहेका छन् । समन्वय इकाई ले दिएको जानकारी अनुसार साधारण धारतर्फका साथै प्राविधिकतर्फ २४९ जना र ग्रेड वृद्धितर्फ २ सय ४५ जना विद्यार्थीले परीक्षा दिनेछन् । जिल्लाका कुल १३० वटा विद्यालयका विद्यार्थीहरू यस परीक्षामा सामेल हुनेछन्, जसमा १०२ सामुदायिक, २० संस्थागत (निजी) र ८ वटा प्राविधिक विद्यालय रहेका छन् ।

परीक्षालाई व्यवस्थित बनाउन जिल्लाभर ३९ वटा परीक्षा केन्द्रहरू निर्धारण गरिएको छ । परीक्षा सञ्चालनका लागि ३९ जना केन्द्राध्यक्ष खटाउने तयारी पूरा भइसकेको छ । शिक्षा विकास तथा समन्वय इकाई का निमित्त प्रमुख उपेन्द्र सिंहका अनुसार, परीक्षालाई निष्पक्ष, अनुशासित र पारदर्शी बनाउन आवश्यक पर्ने सहायक केन्द्राध्यक्ष, निरीक्षक र अन्य कर्मचारीहरूको व्यवस्थापन पनि भैसकेको छ ।

परीक्षाको संवेदनशीलतालाई ध्यानमा राख्दै केन्द्रहरूमा अवाञ्छित गतिविधि हुन नदिन कडा सुरक्षा व्यवस्था मिलाइएको छ । निमित्त प्रमुख सिंहले परीक्षाको मर्यादा विपरीत कार्य गर्ने, चिट चोर्ने वा चोराउने तथा अन्य कुनै पनि उच्छृङ्खल गतिविधिमा संलग्न हुने जो—कोहीलाई कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिएका छन् ।

‘हामी परीक्षालाई शान्तिपूर्ण र मर्यादित बनाउन प्रतिबद्ध छौँ,’ सिंहले भने, ‘परीक्षा केन्द्रमा मोबाइल फोन निषेध गर्नुका साथै निगरानीका लागि विशेष टोली परिचालन गरिनेछ ।’

चैत १९ गतेदेखि सुरु भई २९ गतेसम्म सञ्चालन हुने यस परीक्षालाई सफलतापूर्वक सम्पन्न गर्न शिक्षा क्षेत्रका सरोकारवाला, अभिभावक, सुरक्षाकर्मी र सञ्चारकर्मी सबैको सकारात्मक सहयोग आवश्यक रहेको समन्वय इकाई ले जनाएको छ । विद्यार्थीहरूलाई निर्धक्क भएर शान्त वातावरणमा परीक्षा दिने वातावरण सृजना गर्न जिल्ला परीक्षा समन्वय समितिले विशेष आग्रह समेत गरेको छ ।

गत वर्षको तुलनामा यस वर्ष परीक्षा प्रणालीलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने प्रयास गरिएको कार्यालयको दाबी छ ।

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:४०

काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती हटाउने कार्यसँगै...

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श गर्ने

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३६

काठमाडौं । सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र...

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग : पेट्रोलियम पदार्थमा लाग्ने ६ प्रकारका कर हटाउन आग्रह

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग :...

वि.सं.२०८३ वैशाख १६ बुधवार २३:१०

  काठमाडौं । जेन्जी अगुवा मिराज ढुङ्गाना लगायतको समूहले पेट्रोलियम...

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:२५

काठमाडौं । नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ...

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ,...

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:०६

  काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न...

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’ बनाउने मन्त्री चौधरीको निर्देशन

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:४३

  काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा...