CG Electronics
IME Life
Ncell NPL

वेङ्गरले थप दुई बर्ष पुनः आर्सनलको टोलि सम्हाल्ने

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

१६ जेठ, काठमाडौं-  फ्रान्सेली प्रशिक्षक आर्सेन वेङ्गर अझै दुई वर्ष इन्ग्लिश क्लब आर्सनलको प्रशिक्षक रहने भएका छन् । क्लबसँग दुई बर्ष करार बढाउन सहमत भएपछि प्रशिक्षक वेङ्गरले थप दुई बर्ष आर्सनलको टोलि सम्हाल्ने भएका हुन् ।

आर्सनल यो सिजन च्याम्पियन्स लिगमा छनोट हुन् असफल भएपछि क्लबले प्रशिक्षक वेङ्गरलाई हटाउन सक्ने र उनी क्लब छाड्ने हल्ला चलेको थियो । तर, सोमबार क्लबको मालिक स्टान क्रोएन्केसँगको छलफलपछि प्रशिक्षक वेङ्गर थप दुई वर्ष आर्सनल बस्न तयार भएको बिबिसीले जनाएको छ ।
प्रशिक्षक वेङ्गरसँगको दुई वर्षको थप सम्झौताबारे क्लबले बुधबारमात्र औपचारिक रूपमा घोषणा गर्ने जनाइएको छ । प्रशिक्षक वेङ्गर र आर्सनलबीचको सम्झौता यो सिजनपछि सकिने थियो ।

प्रशिक्षक वेङ्गर पछिल्लो २१ वर्षबाट आर्सनल सम्हाल्दै आएका छन् । सन् १९९६ देखि आर्सनल सम्हाल्दै आएका ६७ वर्षिय वेङ्गरको प्रशिक्षणमा आर्सनलले तीन प्रिमियर लिग उपाधि जितेको छ । वेङ्गरको टोली आर्सनलले यो सिजन एफए कपको उपाधि जित्यो । तर, वेङ्गरको टोली आर्सनल प्रिमियर लिगमा पाँचौ मात्र भयो । जसको कारण आर्सनल च्याम्पियन्स लिगमा छनोट हुन् सकेन ।

कार्ल्सबर्ग गल्फ क्लासिक २०२६ सम्पन्न, कर्बिर तामाङ विजेता

कार्ल्सबर्ग गल्फ क्लासिक २०२६ सम्पन्न, कर्बिर तामाङ...

वि.सं.२०८२ चैत २८ शनिवार २२:११

काठमाडौं । गोर्खा ब्रुअरी प्रा.लि. द्वारा आयोजित कार्ल्सबर्ग गल्फ क्लासिक...

सूर्य नेपाल वेस्टर्न ओपन सुरू: पहिलो दिन ५ गल्फर शीर्षस्थानमा

सूर्य नेपाल वेस्टर्न ओपन सुरू: पहिलो दिन...

वि.सं.२०८२ चैत ५ बिहीवार ०७:३८

  पोखरा। सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत पाँचौं प्रतियोगिता...

केबीए ग्लोबल प्रा.लि.द्वारा ‘केबीए ग्लोबल क्रिकेट क्ल्यास २०२६’ आयोजना हुने

केबीए ग्लोबल प्रा.लि.द्वारा ‘केबीए ग्लोबल क्रिकेट क्ल्यास...

वि.सं.२०८२ फागुन ११ सोमवार ०९:२४

  काठमाडौं । केबीए ग्लोबल प्रा.लि.को आयोजनामा ‘गोल्डेन गेट इन्टरनेशनल...

मिल्सबेरी इन्टर–ए लेभल बास्केटबल प्रतियोगिता २०२६ सम्पन्न

मिल्सबेरी इन्टर–ए लेभल बास्केटबल प्रतियोगिता २०२६ सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार ०८:५५

  काठमाडौं । मिल्सबेरी ए लेभल्स द्वारा आयोजित मिल्सबेरी इन्टर–ए...

कलाकार–पत्रकार फुटसलमा फोनिज उपत्यका समन्वय विशेष समिति च्याम्पियन

कलाकार–पत्रकार फुटसलमा फोनिज उपत्यका समन्वय विशेष समिति...

वि.सं.२०८२ फागुन ९ शनिवार २३:२८

काठमाडौं । कलाकार तथा पत्रकारबीच आपसी सद्भाव, सहकार्य र स्वास्थ्य...

११औँ पाकिस्तान–नेपाल फ्रेन्डशिप टी२० क्रिकेट प्रतियोगिता सम्पन्न

११औँ पाकिस्तान–नेपाल फ्रेन्डशिप टी२० क्रिकेट प्रतियोगिता सम्पन्न

वि.सं.२०८२ फागुन ७ बिहीवार २१:२३

      बालुवाटार क्रिकेट एकेडेमी विजेता, पाकिस्तान दूतावास टिम...