CG Electronics
IME Life
Ncell NPL

प्रोफेसनल होल्डिङ्स् लिमिटेडको २०औँ वार्षिक साधारण सभा सम्पन्न, ५०प्रतिशत बोनस शेयर घोषणा

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । प्रोफेसनल होल्डिङ्स् लिमिटेड (साविक प्रोफेसनल एजुकेटर्स लिमिटेड)को २०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभा गत चैत्र २८ गते काठमाडौंको बानेश्वरस्थित ग्लोबल कलेजमा सम्पन्न भएको हो, जसमा कुल शेयरधनीमध्ये ८२.३४ प्रतिशतको उल्लेखनीय उपस्थिति रहेको थियो।

सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वार्षिक वित्तीय विवरण सर्वसम्मत रूपमा पारित गरेको छ।

कम्पनीले शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत बोनस शेयर प्रदान गर्ने निर्णय गरेको छ। साथै, बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि २.६३१६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरिएको छ।

यससँगै बोनस शेयर वितरणपछि बढ्ने पूँजी संरचनालाई मान्यता दिँदै कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि स्वीकृत भएको छ।

सभाले कम्पनीको केही प्रतिशत शेयर सर्वसाधारणमा निष्कासन (आईपीओ) गर्ने विशेष प्रस्ताव पारित गर्दै आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई पूर्ण अधिकार दिएको छ। यस निर्णयसँगै कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्ने तयारी औपचारिक रूपमा अघि बढाएको जनाएको छ।

त्यसैगरी, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरूमा सहयोग गर्ने निर्णय पनि गरिएको छ।

यसै अवसरमा कम्पनीको सहायक संस्था युनिग्लोब हाईयर सेकेन्डरी स्कुल काठमाडौं लिमिटेडले पनि आर्थिक वर्ष २०८१/८२ का लागि ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ।

गर्मीलाई चुनौती दिने क्रम्टन एयर कुलर नेपाली बजारमा सार्वजनिक

गर्मीलाई चुनौती दिने क्रम्टन एयर कुलर नेपाली...

वि.सं.२०८३ वैशाख १५ मंगलवार ११:१५

काठमाडौं । नेपालको बढ्दो गर्मी र उपभोक्ताको दैनिक जीवनशैलीमा आएको...

नर्भिक इन्टरनेशनल हस्पिटलको शेयर निष्काशन ‘रोड शो’ सफलतापूर्वक सम्पन्न

नर्भिक इन्टरनेशनल हस्पिटलको शेयर निष्काशन ‘रोड शो’...

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०९:५४

काठमाडौं। नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडको शेयर निष्काशन सम्बन्धी बुक–बिल्डिङ प्रक्रिया...

नेपालको आईटी क्षेत्रलाई अमेरिकी बजारसँग जोड्ने “नेपाल टेक रोडशो यूएसए २०२६” घोषणा

नेपालको आईटी क्षेत्रलाई अमेरिकी बजारसँग जोड्ने “नेपाल...

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०९:३८

  काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस...

एनटिसीले २८ दिने प्रिपेड प्याकेजलाई ३० दिन बनायो, ग्राहकलाई अतिरिक्त सुविधा

एनटिसीले २८ दिने प्रिपेड प्याकेजलाई ३० दिन...

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०९:३४

  काठमाडौं । नेपाल टेलिकम (एनटिसी) ले प्रिपेड सेवाअन्तर्गतका २८...

एमजी एस६ ईभी नेपाल भित्रिँदै, ५२९ किमी रेन्ज र १८० किलोवाट मोटर विशेषता

एमजी एस६ ईभी नेपाल भित्रिँदै, ५२९ किमी...

वि.सं.२०८३ वैशाख १५ मंगलवार ००:२०

  काठमाडौं ।पारामाउन्ट मोटर्स ले नेपाली बजारमा नयाँ मिडसाइज इलेक्ट्रिक...

जगदम्बा मोटर्सद्वारा प्रोटोन गाडीमा ‘सेल्स एण्ड एक्सचेन्ज एक्सिलेन्स’ योजना सार्वजनिक

जगदम्बा मोटर्सद्वारा प्रोटोन गाडीमा ‘सेल्स एण्ड एक्सचेन्ज...

वि.सं.२०८३ वैशाख १४ सोमवार २३:५४

  काठमाडौं । जगदम्बा मोटर्स ले प्रोटोन गाडीका ग्राहकहरूलाई लक्षित...