CG Electronics
IME Life
NIMB

राजस्व अनुसन्धान विभागद्वारा ६८ अर्ब ९४ करोड बढी बिगो कायम गर्दै दुई जनाविरुद्ध मनी लाउन्डरिङ मुद्दा दायर

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा दुई जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको छ ।

बुधबार पर्वतको साविक कटुवाचौपारी–४ स्थायी ठेगाना भई हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–९ बस्ने ४३ वर्षीय विकल पौडेल र उनकी श्रीमती एलिना बस्नेतविरुद्ध विदेशी विनिमय अपचलन तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दा दायर गरिएको हो।

विभागका अनुसार अनुसन्धानका क्रममा उनीहरूले ठूलो परिमाणमा विदेशी विनिमय अपचलन गरी अवैध कारोबार गरेको देखिएको विभागले जनाएको छ। सोही आधारमा काठमाडौं जिल्ला अदालतमा दायर गरिएको मुद्दामा प्रारम्भिक रूपमा ६२ करोड ६५ लाखभन्दा बढी रुपैयाँ बिगो कायम गरिएको थियो।

तर विस्तृत अनुसन्धानपछि सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन, २०६४ बमोजिम थप मूल्यांकन गर्दै विकल पौडेलतर्फ ६१ करोड १३ लाखभन्दा बढी र एलिना बस्नेततर्फ ७ करोड ८१ लाखभन्दा बढी बिगो कायम गरिएको छ । कुल बिगो ६८ करोड ९४ लाख रुपैयाँभन्दा बढी पुगेको विभागले जनाएको छ ।

विभागले उनीहरूमाथि बिगोको दोब्बर जरिवाना, कैद सजाय तथा अवैध रूपमा आर्जित सम्पत्ति जफत गर्न मागदाबी समेत गरेको छ।
अभियोग पत्र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमार्फत २०८३ वैशाख १६ गते काठमाडौं जिल्ला अदालतमा दायर गरिएको हो।

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...