CG Electronics
IME Life
NIMB

हिमालयन बिल्डर्सको ६ महिनाको सञ्चालन आम्दानी ६५ करोड ६० लाख

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । निर्माण क्षेत्रमा क्रियाशील हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्स प्रा.लि. (एचबिई) ले पछिल्ला वर्षहरूमा आफ्नो वित्तीय प्रदर्शनमा सुधार देखाएको छ । सन् १९८५ मा स्थापना भएको कम्पनी निजी क्षेत्रका परियोजनामा केन्द्रित रहँदै आएको छ । रेटिङ एजेन्सी इक्रा नेपालको प्रतिबेदन अनुसार सन् २०२१ मा १ अर्ब ५३ करोड रुपैयाँ रहेको सञ्चालन आम्दानी सन् २०२५ सम्म आइपुग्दा बढेर १ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्ष २०२६ को पहिलो छ महिनामा मात्रै ६५ करोड ६० लाख रुपैयाँ आम्दानी भएको देखिएको छ ।

नाफाको सूचक ओपीबीडीआईटीए मार्जिन पनि क्रमशः सुधार हुँदै गएको छ । सन् २०२१ र २०२२ मा ४.५ प्रतिशत रहेको यो सूचक सन् २०२५ मा ६.५ प्रतिशत पुगेको छ भने चालु वर्षको पहिलो अर्धवार्षिक अवधिमा ७.५ प्रतिशत पुगेको छ ।

कम्पनीको बाह्य दायित्व र नेटवर्थको अनुपात भने घट्दो क्रममा देखिएको छ, जसले वित्तीय जोखिम कम हुँदै गएको संकेत गर्छ । सन् २०२३ मा ३.५ गुणासम्म पुगेको यो अनुपात सन् २०२५ मा ३.० र २०२६ को पहिलो छ महिनामा १.७ मा झरेको छ ।

त्यसैगरी, कार्यशील पूँजी सूचकमा पनि सुधार देखिएको छ । सन् २०२१ मा ३२ प्रतिशत रहेको नेट वर्किङ क्यापिटल सन् २०२६ को पहिलो छ महिनामा २ प्रतिशतमा पुगेको छ । करेन्ट रेसियो पनि ०.९ बाट बढेर १.२ पुगेको छ । बैंक, अस्पताल, होटल र शैक्षिक संस्थाजस्ता ग्राहकसँग काम गर्दै आएको कम्पनीले आवासीय तथा व्यावसायिक भवन निर्माण, डिजाइन–बिल्ड र मर्मतसम्भार सेवामा आफ्नो उपस्थितिलाई विस्तार गर्दै आएको जनाएको छ ।

यद्यपि, कम्पनीको राजस्व सुनिश्चितता कमजोर बन्दै गएको छ । सन् २०२५ को मध्यसम्म बाँकी काम (अर्डर बुक) वार्षिक आम्दानीको करिब ०.९ गुणामा सीमित भएको छ, जुन अघिल्लो वर्ष १.१ गुणा थियो । छोटो परियोजना अवधि, सीमित भौगोलिक विस्तार र प्रतिस्पर्धी बजारका कारण नयाँ काम प्राप्तिमा दबाब पर्ने देखिएको छ ।

प्रतिबेदन अनुसार तरलता पक्षमा पनि केही चुनौती देखिएका छन् । नेट वर्किङ क्यापिटल –४ प्रतिशतमा सीमित छ भने बाह्य दायित्व र नेटवर्थ अनुपात करिब ३ गुणा रहेको छ । उच्च लाभांश वितरण (करिब ८० प्रतिशत) का कारण नगद सञ्चिति घटेको छ, जसले भविष्यमा तरलता दबाब बढाउन सक्छ ।

यसैबीच, कम्पनीको लेखा परीक्षण प्रतिवेदनले कर्मचारी सुविधा सम्बन्धी नियम पालना नगरेको र आम्दानी मान्यता सम्बन्धी नेपाल लेखा मापदण्ड उल्लङ्घन भएको औंल्याएको छ । यसले सम्भावित दायित्व सिर्जना गर्न सक्ने जोखिम देखाएको छ ।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:४५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस कलेज, २०३० सम्मका लागि अन्तर्राष्ट्रिय मान्यता नवीकरण

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३२

  काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी) अन्तर्गत सञ्चालित द...

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल लाइफ

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल...

वि.सं.२०८३ असार ४ बिहीवार २२:५९

  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा...

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...