CG Electronics
IME Life
NIMB

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीसँग अधिकतम मूल्य सूचि (एमआरपी) सहितको स्टिकर टाँस्ने विषयमा छलफल

NIMB
Himalayan Bank

 

काठमाडौं। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गौरीकुमारी यादव सँग भेटघाट गर्दै अटोमोबाइल वस्तुहरूमा अधिकतम मूल्य सूचि (MRP) सहितको स्टिकर टाँस्ने विषयमा विस्तृत छलफल गरेको छ।

बैशाख २२ गते भएको उक्त छलफलमा अध्यक्ष उप्रेतीले यस्तो व्यवस्थाले उत्पादन तथा आयात व्यवसायलाई थप व्यवस्थित, स्वच्छ र पारदर्शी बनाउने उल्लेख गर्दै यसबाट सरकारी राजश्वमा वृद्धि हुनुका साथै आधिकारिक व्यवसायीहरूलाई समेत प्रोत्साहन मिल्ने बताए। उनले सरकारको दीर्घकालीन नीतिमा नाडाले सहकार्य गर्न इच्छुक रहेको पनि स्पष्ट पारे।

छलफलका क्रममा नेपालमा हाल सिकेडी (CKD) मोडेलमार्फत चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारी साधन उत्पादन भइरहेको तथा टायर, लुब्रिकेन्ट्स र ब्याट्री समेत स्वदेशमै उत्पादन भइरहेको जानकारी दिइएको थियो।

प्रतिनिधिमण्डलसँगको छलफलमा मन्त्री यादवले नाडाले प्रस्तुत गरेका सुझावहरू व्यावहारिक र मननीय रहेको बताउँदै वर्तमान परिस्थितिअनुसार यसको कार्यान्वयनमा देखिएका समस्याहरू समाधान गर्दै आवश्यक परे केही समयका लागि नीति कार्यान्वयन स्थगित गरी थप अध्ययन गरिने आश्वासन दिइन्।

छलफलमा व्यवसायीहरूले अटोमोबाइल स्पेयर पार्ट्सहरू ठूलो संख्यामा एउटै बक्समा आउने भएकाले प्रत्येक वस्तुमा स्टिकर टाँस्ने व्यवस्था कार्यान्वयनमा चुनौतीपूर्ण हुने बताएका थिए। साथै, भन्सार क्षेत्रमा बण्डेड वेयरहाउसको अभावका कारण भन्सार यार्डमै स्टिकर टाँस्ने व्यवस्था पनि व्यवहारिक नदेखिएको उनीहरूको भनाइ थियो।

सो अवसरमा नाडाका उपाध्यक्ष अभिक ज्योतिले एमआरपी र स्टिकर सम्बन्धी सुझाव नाडाले नै पहिलो पटक सरकारलाई दिएको जानकारी गराए भने सचिव मेघराज पौडेलले कार्यान्वयनका क्रममा देखिएका कठिनाइहरूबारे जानकारी दिएका थिए।

यसअघि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले जारी गरेको सूचनाअनुसार विदेशबाट आयात भई नेपालमा बिक्री हुने सम्पूर्ण वस्तुहरूमा अधिकतम खुद्रा मूल्य उल्लेख अनिवार्य गरिएको छ। साथै, बिक्री गर्दा बिल विजक जारी गर्नुपर्ने तथा उत्पादनकै क्रममा प्याकेजिङमा मूल्य, ब्याच नम्बर, तौल र म्याद स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।

उक्त छलफलमा नाडाका केन्द्रीय कार्यसमिति सदस्यहरू दिवाकर मिश्र, नविन पारख र नारायणप्रसाद पौडेलको समेत उपस्थिति रहेको थियो।

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...