CG Electronics
IME Life
Ncell NPL

सगरमाथा आधार शिविरमा भारतीयसँगै खुम्चिएको नेपाली झन्डा कसले फहरायो ?

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

सगरमाथा आधार शिविरमा भारतीयसँगै खुम्चिएको नेपाली झन्डा कसले फहरायो रु

काठमाडौं । सगरमाथा आधार शिविरमा सरकारी निकायको कमजोर उपस्थितिले अनाधिकृत गतिविधि बढेको पाइएको छ । आरोहणका लागि पुगेका स्वदेशी तथा विदेशीहरुले राष्ट्रियता र सार्वभौकितामा समेत असर पर्ने किसिमका गतिविधि गर्ने गरेको आरोहण दलका सदस्यहरुले बताउने गरेका छन् ।

यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणबाट उल्लेख्य राजस्व सङ्कलन भएपनि अवैधानिक तथा अनाधिकृत गतिविधि बढेको प्रत्यक्षदर्शीहरुले बताए । हालै एक टेन्टमा भारतीय झन्डा फहराइएको तस्विरप्रति धेरैले चासो देखाएका छन् । त्यहाँ नेपाल–भारतको संयुक्त झण्डा भएपनि भारतीय ठूलो र नेपाली झन्डालाई खुम्चाइए९सानो आकार०को देखिन्छ । इन्डो–तिब्बत सीमा प्रहरीको टोलीले झन्डा राखेको अनुमान गरेपनि आधिकारिक प्रमाण फेला परेको छैन् ।

नेपाल सरकारको पर्यटन विभागको फिल्ड अफिस आधार शिविरमा भएपनि न्यून संख्याका कर्मचारी र क्षेत्राधिकार सिमित भएकाले अवैधानिक गतिविधि न्यूनीकरण हुन सकेको छैन् ।

पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले क्षेत्राधिकार भित्र रहेर अधिकतम काम गरिरहेको प्रष्टाए । ‘हामीसँग पाँच जनाको टोली छ, यो पर्याप्त होइन । जटिल भूगोल, स्वास्थ्य समस्या र अत्यावश्यक सामग्रीको अभाव छ । जोकोही लामो समयसम्म बसेर काम गर्ने अवस्था छैन् । तर अवैध काम रोक्न भने हाम्रो टोली सक्रिय छ,’ उनले भने ।

सगरमाथाको अन्तर्राष्ट्रिय गौरवलाई कायम राख्दै तोकिएको क्षेत्राधिकारभित्र रहेर काम गर्दा सानातिना कमजोरीहरुलाई अतिरन्जित नगर्न उनले आग्रह समेत गरे । ‘भौगोलिक अवस्था जटिल रहेकाले सबैतिर सरकारी नजर नपुगेको हुनसक्छ, आरोहीहरुको संख्या धेरै भएकाले काम गर्न सहज छैन् । तर गौरवको विषयलाई ध्यान दिनपर्ने बाध्यता छ,’ उनले भने ।

यता, विभागको फिल्ड कार्यालयले अनाधिकृत रुपमा राखिएका झन्डा वा अन्य सामग्रीहरु हटाइसकेको दाबी गरेको छ । साथै अन्य अवैध गतिविधि नियन्त्रणमा सक्रिय रहेको जनाएको छ ।

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:५२

काठमाडौं । सगरमाथा आधार शिविरमा एक नेपाली गाइडको मृत्यु भएको...

बैशाखमा मात्र लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१ वटा अनुमति पत्र निलम्बन : नवराज अधिकारी

बैशाखमा मात्र लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:४९

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लापरबाहीपूर्ण सवारी साधन...

ललितपुरमा वाणिज्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने, मेगा कलेजले थाल्यो तयारी

ललितपुरमा वाणिज्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने, मेगा कलेजले...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:३९

ललितपुरमा वाणिज्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने, मेगा कलेजले थाल्यो तयारी काठमाडौं...

कम्युनिस्ट एकता र नयाँ ढंगको आन्दोलन आवश्यक : प्रचण्ड

कम्युनिस्ट एकता र नयाँ ढंगको आन्दोलन आवश्यक...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:३२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

काठमाडौंमा काभा महिला भलिबल च्याम्पियनसिप लिग–२०८३ आयोजना हुँदै, ट्रफी अनावरण

काठमाडौंमा काभा महिला भलिबल च्याम्पियनसिप लिग–२०८३ आयोजना...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:२८

काठमाडौं । नेपाल भलिबल संघले आगामी काभा महिला भलिबल च्याम्पियनसिप...

नीति मन्थनबाट उठेका विषय मुलुकको नीति बन्नुपर्छ : रवि लामिछाने

नीति मन्थनबाट उठेका विषय मुलुकको नीति बन्नुपर्छ...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:२३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले...