CG Electronics
IME Life
Ncell NPL

वि.सं.२०८३ वैशाख ३० बुधवार

skip this CG Electronics  (Cotent Block)1

सर्वोच्चको आदेशपछि ठेक्का प्रक्रियामा नयाँ नियमः संयुक्त उपक्रमका लागि तोकियो कडा मापदण्ड

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ ) ले सर्वोच्च अदालतको आदेश बमोजिम निर्माण कार्यको बोलपत्र मूल्यांकन प्रक्रियामा महत्वपूर्ण फेरबदल गरेको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले मिति २०८३÷०१÷२३ मा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१ (झ) कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि कार्यालयले सबै सार्वजनिक निकायहरूलाई नयाँ निर्देशन पठाएको हो । उक्त आदेशको जानकारी सार्वजनिक खरिद अनुगमन कार्यालयलाई मिति २०८३÷०१÷२८ मा प्राप्त भएको डकुमेन्टमा उल्लेख छ ।

नयाँ व्यवस्था अनुसार १०० मिलियन रूपैयाँभन्दा माथिका निर्माण कार्यहरूका लागि संयुक्त उपक्रम (जोइन्ट भेन्चर) सम्बन्धी योग्यताका मापदण्डहरू परिवर्तन गरिएका छन् । अबदेखि १०० मिलियनभन्दा माथिको सामान्य कार्यका लागि जेभीको कुनै एक साझेदारले पछिल्लो १० वर्षभित्र कम्तिमा एउटा समान प्रकृतिको काम सफलतापूर्वक सम्पन्न गरेको हुनुपर्नेछ ।

त्यस्तै, जटिल प्रकृतिका कार्यहरूको हकमा प्रत्येक साझेदारले कम्तिमा एउटा ठेक्का सम्झौता पूरा गरेको हुनुपर्ने र कुनै एक साझेदारले तोकिएको विशिष्ट अनुभव हासिल गरेको हुनुपर्ने प्रावधान तोकिएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका शाखा अधिकृत अभिनय अधिकारीद्वारा प्रमाणित यो सूचना मिति २०८३÷०१÷३० मा जारी गरिएको हो। अदालतको अन्तिम फैसला नभएसम्मका लागि यी मापदण्डहरू कार्यान्वयनमा रहने र सबै सार्वजनिक निकायहरूले बोलपत्र कागजातहरू तयार पार्दा यसै बमोजिम गर्नुपर्ने निर्देशन दिइएको छ ।

यस फेरबदलले ठूला पूर्वाधार निर्माणमा सहभागी हुने निर्माण व्यवसायीहरूको योग्यता निर्धारण प्रक्रियालाई प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ ।

सागर डिष्टिलरी लिमिटेडको घाटा ३ करोड ५३ लाख रुपैयाँ नाघ्यो, आम्दानी बढ्दा पनि खर्चले दबाब

सागर डिष्टिलरी लिमिटेडको घाटा ३ करोड ५३...

वि.सं.२०८३ वैशाख ३० बुधवार ०९:११

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म...

काठमाडौं महानगरपालिकाद्वारा कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको आवेदन खुला

काठमाडौं महानगरपालिकाद्वारा कक्षा ११ र १२ को...

वि.सं.२०८३ वैशाख ३० बुधवार ०८:५१

  काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि...

विद्युत बिक्रीको आम्दानीसँगै माउन्टेन इनर्जीको नाफा पनि बढ्यो, ईपीएस १६.८९ रुपैयाँ

विद्युत बिक्रीको आम्दानीसँगै माउन्टेन इनर्जीको नाफा पनि...

वि.सं.२०८३ वैशाख ३० बुधवार ०८:३६

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

काठमाडौँमा ‘गीता मैत्री मिलन २०८३’ भव्य रुपमा सम्पन्न

काठमाडौँमा ‘गीता मैत्री मिलन २०८३’ भव्य रुपमा...

वि.सं.२०८३ वैशाख २९ मंगलवार २१:२०

काठमाडौँ । विश्वभर करिब १४ लाखभन्दा बढी साधक तथा सेवीहरूलाई...

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

सडक सुरक्षा विधेयक चालु अधिवेशनमै ल्याउन निर्देशन

सडक सुरक्षा विधेयक चालु अधिवेशनमै ल्याउन निर्देशन

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०३

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सडक...