IME Life
NIMB

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योति प्रकाश पाण्डे ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसूरमा पक्राउ परेका छन् ।

‘स्मार्ट टेलिकम प्रा. लि’ को अनुमतिपत्र रद्द भई नेपाल सरकारको नियन्त्रणमा रहेको सम्पत्तिलाई बेइमानीपूर्वक हानी नोक्सानी पु¥याएको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । ६३ वर्षीय पाण्डेलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सहयोगमा सिन्धुलीको बसपार्कस्थित मदनभण्डारी राजमार्गबाट लुकिछिपी भागिरहेको अवस्थामा मिति २०८३÷०१÷२९ गते राति पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले जनाएको छ ।

अनुसन्धानका अनुसार, स्मार्ट टेलिकमले अनुमतिपत्र नवीकरण नगरेपछि सरकारको स्वामित्वमा आएका भौतिक संरचना र प्रणालीहरूलाई लिलामी प्रक्रियामार्फत सरकारी हक टुटाउने उद्देश्यले काम गरेको पाइएको छ । पाण्डे लोन रिकभरी कमिटि (ीच्ऋ) को अध्यक्षको हैसियतमा उक्त प्रक्रियामा संलग्न थिए । उनले प्रयोग गर्ने मोबाइल फोन स्विच अफ गरी फरार हुन खोज्दा प्रहरीले सवारी चेकजाँचको क्रममा उनलाई फेला पारेको थियो ।

यसका साथै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २०८२÷०६÷०३ मा निकालेको लिलामी सूचनामा घरबहाल र विद्युत महसुल वापतको ४० करोड रुपैयाँ समेत कबोल गर्नुपर्ने शर्त राखेको देखिएको छ । बैंकले उक्त रकम लिएर पनि हालसम्म घरधनी र विद्युत महसुल नबुझाई ठगी गरेको भन्दै प्रहरीले मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत थप अनुसन्धान अगाडि बढाएको छ ।

यस घटनामा संलग्न अन्य विषय र प्रमाणहरूका बारेमा ब्यूरोले थप खोजी गरिरहेको प्रवक्ता

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता...

वि.सं.२०८३ साउन ९ शनिवार १४:०१

काठमाडौं, नेपाल | ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा...

सिन्धु जल सन्धिमा राजनीतिक बयानबाजीभन्दा कानुनी र प्राविधिक यथार्थ महत्वपूर्ण : विज्ञ

सिन्धु जल सन्धिमा राजनीतिक बयानबाजीभन्दा कानुनी र...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:५७

  काठमाडौं । जलविज्ञान तथा जलस्रोतका एक विज्ञले सिन्धु जल...

प्रधानमन्त्रीले पुँजी बजारलाई आर्थिक विकासको प्रमुख आधार बनाउने प्रतिबद्धता व्यक्त

प्रधानमन्त्रीले पुँजी बजारलाई आर्थिक विकासको प्रमुख आधार...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:४४

  काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारले देशको आर्थिक...

सुनचाँदी क्षेत्रको सुधार : व्यवसायीदेखि उपभोक्तासम्मको साझा अभियान

सुनचाँदी क्षेत्रको सुधार : व्यवसायीदेखि उपभोक्तासम्मको साझा...

वि.सं.२०८३ असार २८ आइतवार ०९:३५

  महासङ्घको स्पष्ट मान्यता छ कि मुलुकमा स्थिर सरकार, दूरगामी...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...