CG Electronics
IME Life
NIMB

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

NIMB
Himalayan Bank

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर पारेर नि:शुल्क स्वास्थ्य सिविर एवम् देशैभर बृहत् रक्तदान कार्यक्रम सफलतापूर्बक सम्पन्न गरेको छ।

यहि मिति २०८३ बैशाख २१ र २२ गते कम्पनीले आफ्नो प्रधान कार्यालयको प्राङ्गणमा नि: शुल्क स्वास्थ्य सिविर सञ्चालन गरेको थियो। स्वास्थ्य परीक्षण सेवा RB Diagnostic मार्फत प्रदान गरिएको थियो। सिविरमा इसिजी, थाइराइड, सुगर, प्रेसर, एसजिपिटी, कोलस्ट्रोल, यूरिक एसिड लगायतका नि:शुल्क चेकजाँच तथा बिज्ञ डाक्टरहरुबाट नि:शुक्ल परामर्श सुविधा प्रदान गरिएको थियो। २ दिने यस शिविरबाट कुल ६०१ जनाले प्रत्यक्ष लाभ लिएका छन्।

 

यससँगै कम्पनीले देशभरका ७ वटै प्रदेशका १३ स्थानमा बृहत् रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ।
कार्यक्रममार्फत कोशी प्रदेशको इटहरीमा ३०, मधेश प्रदेशको वीरगञ्जमा २५, जनकपुरमा २५, बागमती प्रदेशको काठमाडौँमा ७८, नारायणगढमा ८१, नुवाकोटमा ३९, हेटौंडामा २६, बनेपामा ३२, गण्डकी प्रदेशको पोखरामा ५५, लुम्बिनी प्रदेशको बुटवलमा ३३, भैरहवामा ३४, कर्णाली प्रदेशको सुर्खेतमा २५ र सुदूरपश्चिम प्रदेशको धनगढीमा ३३ गरी कुल ५०५ पिन्ट रगत संकलन गरिएको छ।

 

किनकि, जीवन अमूल्य छ! को नारालाई आत्मसात् गर्दै सम्पूर्ण नेपाली भविष्य सुरक्षित, सुनिश्चित र सुनौलो बनाउने अभिभारा बहन गर्दै आएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड देशकै अग्रणी जीवन बीमा कम्पनी हो, जसले करिब ३०% सम्मको बजार हिस्सा ओगट्दै आएको छ। विगत २५ वर्षदेखि करिब ५४ लाख नेपाली परिवारहरूको विश्वास जित्दै आएको कम्पनीले देशभरका ७७ वटै जिल्लामा फैलिएको शाखा सञ्जाल तथा ६९,००० भन्दा बढी अभिकर्ताहरूको सशक्त सञ्जाल मार्फत सेवा प्रदान गर्दै आएको छ। सेवाप्रति उच्च प्रतिबद्धताका कारण कम्पनीले बीमा क्षेत्रमा विश्वसनीयता, पहुँच र उत्कृष्टताको निरन्तर उदाहरण प्रस्तुत गर्दै आएको छ।

वार्षिकोत्सबको यस विशेष अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले मार्गनिर्देशन प्रदान गर्नुहुने संचालक समितिका अध्यक्ष तथा संचालकहरु, शेयरधनी महानुभावहरु, सम्पूर्ण ग्राहक महानुभावहरु, कम्पनीको मेरुदण्डका रूपमा रहनुभएका अभिकर्ताहरु, आरोह अवरोहमा सदैव साथ दिने कर्मचारीहरु, नियामक निकायहरुका साथसाथै सबै सरोकारवालाहरुमा धन्यवाद तथा शुभकामना व्यक्त गर्नु भएको छ। साथै, आगामी दिनमा पनि कम्पनीले यसरी नै सबैको माया, विश्वास र सहकार्य पाउने अपेक्षा रहेको बताउनु भएको छ।

नेपाल टेलिकम र जल तथा मौसम विभागबीच विपद् पूर्वसूचना एसएमएस सेवा सम्बन्धी सम्झौता

नेपाल टेलिकम र जल तथा मौसम विभागबीच...

वि.सं.२०८३ असार ३१ बुधवार २२:१५

  काठमाडौं, असार ३१ — नेपाल टेलिकम र जल तथा...

यूनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारण सभा सम्पन्न, ४.२८५७ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय

यूनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारण सभा...

वि.सं.२०८३ असार ३१ बुधवार २१:५८

  काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३२औँ वार्षिक साधारण सभा...

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई...

वि.सं.२०८३ असार ३१ बुधवार २१:४३

  नेपाल, १५ जुलाई २०२६ - टिकटकले आफ्नो प्लेटफर्ममा एआई...

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले लिए शपथ

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले...

वि.सं.२०८३ असार ३० मंगलवार २०:३१

  काठमाडौं, असार ३०। नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...