CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ २ शनिवार

skip this Crompton : Electronics  (Content Block)3

OPPO ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ ‘ओपो ए६सी’, मूल्य रु. २०,९९९

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं। OPPO Nepal ले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘ओपो ए६सी’ सार्वजनिक गरेको छ। कम्पनीले प्रिमियम डिजाइन, शक्तिशाली ७००० एमएएच ब्याट्री, एआई फिचर तथा टिकाउपनासहित यो स्मार्टफोन सार्वजनिक गरेको जनाएको छ।

ओपो ए६सीमा ७००० एमएएच क्षमताको ब्याट्री प्रयोग गरिएको छ, जसले लामो समयसम्म गेम खेल्न, भिडियो हेर्न तथा इन्टरनेट प्रयोग गर्न सहज बनाउने कम्पनीको दाबी छ। साथै, फोनमा रिभर्स वायर्ड चार्जिङ सुविधा पनि उपलब्ध छ। कम्पनीका अनुसार, यसमा प्रयोग गरिएको ब्याट्रीले ६ वर्षसम्म टिकाउ प्रदर्शन दिने क्षमता राख्छ।

फोनलाई प्रिमियम लुक दिन फ्ल्यागशिप स्मार्टफोनबाट प्रेरित डिजाइन प्रयोग गरिएको छ। यो ‘फेदर ह्वाइट’ र ‘स्टोन ब्राउन’ दुई रंगमा उपलब्ध हुनेछ। १२० हर्ज अल्ट्रा ब्राइट डिस्प्लेले स्मूथ स्क्रोलिङ र उत्कृष्ट दृश्य अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।

फोटोग्राफी अनुभवलाई अझ स्मार्ट बनाउन फोनमा एआई इरेजर र एआई क्लियर फेस जस्ता आधुनिक एआई फिचर समावेश गरिएको छ। यी सुविधामार्फत प्रयोगकर्ताले तस्बिरबाट अनावश्यक वस्तु हटाउन तथा अनुहारलाई अझ स्पष्ट बनाउन सक्नेछन्।

ओपो ए६सीमा आईपी६४ स्तरको पानी तथा धुलो प्रतिरोधी सुविधा दिइएको छ। साथै, ४८ महिनासम्म फोनको कार्यसम्पादन स्थिर राख्न फ्लुएन्सी प्रोटेक्सन सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ।

ग्राहकलाई थप भरोसा दिलाउन ओपोले ओपो ए६सी खरिदमा विशेष २ महिनाको रिप्लेसमेन्ट ग्यारेन्टी योजना पनि ल्याएको छ। यो अफर जेठ १ देखि असार १, २०८३ सम्म लागू हुनेछ। योजनाअन्तर्गत योग्य ग्राहकहरूले १ महिनासम्म इन्स्ट्यान्ट रिप्लेसमेन्ट सुविधा पाउनेछन् भने सेवा अवधि असार ३१, २०८३ सम्म कायम रहने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार, तोकिएको अवधिभित्र देखिएका योग्य हार्डवेयर समस्यामा मात्र यो सुविधा लागू हुनेछ। सामान्य मर्मत सेवाको सट्टा योग्य ग्राहकलाई नयाँ रिप्लेसमेन्ट डिभाइस उपलब्ध गराइनेछ।

ओपो ए६सीको ४ जीबी र्याम र ६४ जीबी स्टोरेज भेरियन्ट नेपालभरका आधिकारिक ओपो रिटेल स्टोरमा २० हजार ९९९ रुपैयाँ प्रारम्भिक मूल्यमा उपलब्ध भएको कम्पनीले जनाएको छ।

यसैबीच, OPPO A6 भेरियन्ट पनि नेपाली बजारमा सार्वजनिक गरिएको छ। ‘स्याफायर ब्लु’ र ‘अरोरा गोल्ड’ रंगमा उपलब्ध यो स्मार्टफोनको मूल्य ४० हजार ९९९ रुपैयाँ तोकिएको छ। कम्पनीका अनुसार, यो भेरियन्ट धेरै स्टोरेज, सहज मल्टिटास्किङ तथा प्रिमियम स्मार्टफोन अनुभव खोज्ने प्रयोगकर्तालाई लक्षित गरिएको हो।

प्राइम टायल्सको नयाँ शोरूम अब वालिङ्घ, स्याङ्घजामा

प्राइम टायल्सको नयाँ शोरूम अब वालिङ्घ, स्याङ्घजामा

वि.सं.२०८३ जेठ २ शनिवार १८:४२

  काठमाडौं । नेपालको अग्रणी टायल्स उत्पादक प्राइम सिरेमिक्स प्रा.लि.(PCPL)ले...

बुटवलमा ईक्यान रुपन्देही र बुटवल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

बुटवलमा ईक्यान रुपन्देही र बुटवल हस्पिटलबीच स्वास्थ्य...

वि.सं.२०८३ जेठ २ शनिवार १८:३४

  बुटवल।नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) रुपन्देही र बुटवल हस्पिटल...

नेपालमा पहिलो ‘खल्ती इन्फ्लुएन्सर अवार्ड’ घोषणा, क्रिएटर इकोनोमीलाई संस्थागत गर्ने लक्ष्य

नेपालमा पहिलो ‘खल्ती इन्फ्लुएन्सर अवार्ड’ घोषणा, क्रिएटर...

वि.सं.२०८३ जेठ २ शनिवार १८:१५

  काठमाडौं। आइएमई खल्ती लिमिटेडले ‘आईएमई प्रेजेन्ट्स खल्ती इन्फ्लुएन्सर अवार्ड’...

एमजीको बिक्रीपछिको सेवा सुदृढ, स्पेयर पार्ट्स मूल्य सार्वजनिक

एमजीको बिक्रीपछिको सेवा सुदृढ, स्पेयर पार्ट्स मूल्य...

वि.सं.२०८३ जेठ २ शनिवार १८:०२

  काठमाडौं । जी.ओ. अटोमोबाइल्स प्रा. लि. ले नेपालमा एमजी...

विद्युतीय सवारीको मोटर क्षमतामा स्पष्ट मापदण्ड आवश्यक: नाइमा

विद्युतीय सवारीको मोटर क्षमतामा स्पष्ट मापदण्ड आवश्यक:...

वि.सं.२०८३ जेठ २ शनिवार १७:१६

  काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा)...

नेपाल बीमा प्राधिकरणको ५८औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

नेपाल बीमा प्राधिकरणको ५८औं वार्षिकोत्सव भव्य रूपमा...

वि.सं.२०८३ जेठ २ शनिवार १५:२१

  ललितपुर । नेपाल बीमा प्राधिकरण को ५८औं वार्षिकोत्सव आज...