CG Electronics
IME Life
NIMB

फोनपोइन्ट्सको ‘२.२ उत्सव’मा उत्साहजनक सहभागिता, विशेष डिलहरू जेठ १४ सम्म जारी

NIMB
Himalayan Bank

 

काठमाडौं । फोनपोइन्ट्स ले आफ्नो बहुप्रतिक्षित ‘२.२ उत्सव’ अन्तर्गत मुख्य ‘२.२ एनिभर्सरी डे’ मा प्रयोगकर्ताबाट उत्साहजनक सहभागिता प्राप्त भएको जनाएको छ।

प्रयोगकर्तालाई आफ्नो पोइन्ट्सको अधिकतम मूल्य दिलाउने उद्देश्यसहित सञ्चालन भइरहेको यस विशेष अफरले देशभर उल्लेखनीय आकर्षण प्राप्त गर्दै फोनपोइन्ट्स इतिहासकै चर्चित अभियानहरूमध्ये एकको रूपमा आफूलाई स्थापित गरिरहेको कम्पनीले जनाएको छ।

‘२.२ डिल्स’ नाम दिइएको यो विशेष अफर प्रि २.२ डिल्स, मुख्य २.२ एनिभर्सरी डे तथा पोस्ट २.२ डिल्स गरी तीन चरणमा सञ्चालन भइरहेको छ। विशेषगरी मुख्य ‘२.२ एनिभर्सरी डे’ मा हजारौं प्रयोगकर्ताले केवल २ पोइन्ट्सबाट सुरु हुने आकर्षक डिलहरू रिडिम गरेका कम्पनीले जनाएको छ।

फोनपोइन्ट्सका अनुसार प्रयोगकर्ताको अत्यधिक उत्साह र सहभागिताका कारण केही समय प्लेटफर्ममा उच्च ट्राफिकसमेत अनुभव गरिएको थियो, जसले ‘२.२ उत्सव’ प्रतिको लोकप्रियता, विश्वास तथा आकर्षणलाई थप पुष्टि गरेको जनाएको छ।

खाना, लाइफस्टाइल, इलेक्ट्रोनिक्स, ट्राभलदेखि इन्टरटेनमेन्टसम्मका विभिन्न क्षेत्रका आकर्षक डिलहरूले प्रयोगकर्तालाई आफ्ना संचित पोइन्ट्सलाई वास्तविक अनुभव तथा उपयोगी सेवामा रूपान्तरण गर्ने अवसर प्रदान गरिरहेका छन्।

अफरअन्तर्गत Ultima, KFC, Kotheys, INI Cinemas, Shree Airlines, Filli Cafe, Irani Chiya, Jammy’s Bubble Tea तथा Valley Xpress लगायतका लोकप्रिय ब्रान्डसँगको सहकार्यमा विशेष डिलहरू उपलब्ध गराइएको छ।

यसैगरी Hyundai Washing Machine, Titan Watch, HONOR Smartphone तथा Ultima Smart Devices लगायतका आकर्षक रिवार्डहरूले प्रयोगकर्तामा थप उत्साह सिर्जना गरेको कम्पनीले जनाएको छ।

फोनपोइन्ट्सले प्रयोगकर्ताको उच्च उत्साहलाई मध्यनजर गर्दै विशेष ‘पोस्ट २.२ डिल्स’ जेठ १४ गतेसम्म जारी रहने जानकारी दिएको छ। यस अवधिमा पनि प्रयोगकर्ताले आकर्षक अफरहरू हेर्न, आफ्नो मनपर्ने डिल छनोट गर्न तथा सहज रूपमा रिडिम गर्न सक्नेछन्।

साथै, प्रयोगकर्ताले फोनपोइन्ट्स एप, eSewa तथा Fonepay मार्फत सहज रूपमा डिलहरू हेर्न, रिडिम गर्न तथा ‘२.२ उत्सव’मा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।

फोनपोइन्ट्सका एक प्रतिनिधिले भने, “२.२ उत्सवप्रति प्रयोगकर्ताले देखाउनुभएको उत्साह, विश्वास र सहभागिताप्रति हामी हार्दिक आभारी छौं। मुख्य एनिभर्सरी डे मा प्राप्त सकारात्मक प्रतिक्रिया र उत्साहलाई मध्यनजर गर्दै हामीले विशेष डिलहरू जेठ १४ सम्म निरन्तर उपलब्ध गराउने निर्णय गरेका छौं।”

फोनपोइन्ट्सले आगामी दिनमा अझ आकर्षक अफरहरू, थप साझेदारी तथा प्रयोगकर्तालाई अझ बढी लाभ दिने नयाँ पहलहरू ल्याउने प्रतिबद्धता समेत जनाएको छ।

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम...

वि.सं.२०८३ असार २४ बुधवार २०:००

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति...

फोनपोइन्ट्सका अभियान विजेतालाई ५५ इन्च स्मार्ट टिभी र वासिङ मेसिन हस्तान्तरण

फोनपोइन्ट्सका अभियान विजेतालाई ५५ इन्च स्मार्ट टिभी...

वि.सं.२०८३ असार २४ बुधवार १९:००

  काठमाडौं, असार २४ – फोनपोइन्ट्सले हालै सम्पन्न आफ्ना दुई...

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना फैलाउँदै वल्र्डलिंक

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना...

वि.सं.२०८३ असार २४ बुधवार १४:००

  काठमाडौं। वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...