CG Electronics
IME Life
NIMB

इन्डोनेसियाली महिला आरोहीद्वारा ६ हजार ८१२ मिटर अग्लो आमादब्लमको सफल आरोहण

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

इन्डोनेसियाली महिला आरोही नाद्या जियानिफाले नेपालस्थित ६ हजार ८१२ मिटर अग्लो आमादब्लम हिमालको सफल आरोहण गरेकी छन् । उनले यही जेठ २ गते हिमालको चुचुरोमा पुग्न सफल भएको इन्डोनेसियाली दूतावासले जनाएको छ ।

इन्डोनेसियन वुमेन्स रेड एण्ड ह्वाइट एक्सपेडिसन आमादब्लम नेपाल (ईएमपीपीआईएएन)–२०२६ अन्तर्गत गरिएको उक्त आरोहणलाई इन्डोनेसियाली महिलाको साहस, क्षमता र अन्तर्राष्ट्रिय हिमाली आरोहणमा देखिएको दृढताको प्रतीकका रूपमा लिइएको छ ।

यो अभियान विश्वका तीन ठूला हिमाल आरोहण गर्ने दीर्घकालीन योजनाको पहिलो चरणका रूपमा सञ्चालन गरिएको जनाइएको छ । अभियानअन्तर्गत सन् २०२७ मा नेपालकै मनास्लु हिमाल तथा अन्तिम लक्ष्यका रूपमा पाकिस्तानस्थित केटु हिमाल आरोहण गर्ने योजना रहेको छ ।

इन्डोनेसियामा महिला अधिकार तथा समान अवसरका पक्षमा आवाज उठाएकी राष्ट्रिय व्यक्तित्व आर.ए. कार्तिनीको आदर्शलाई आत्मसात् गर्दै गरिएको उक्त अभियानले महिलालाई साहसिक क्षेत्रमा अघि बढ्न प्रेरणा दिने अपेक्षा गरिएको छ ।

नाद्या गत अप्रिल २९ मा नेपाल आइपुगेकी थिइन् । उनलाई नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल सहित नेपालस्थित इन्डोनेसियाली समुदायले स्वागत गरेका थिए ।

आरोहणका क्रममा उनले बेस क्याम्पदेखि क्याम्प–१ र क्याम्प–२ सम्म क्रमिक अनुकूलन गरेकी थिइन् । प्रारम्भिक चरणमा नेपाली गाइड पासाङ शेर्पाले साथ दिएका थिए भने अन्तिम आरोहणका क्रममा सोनाम शेर्पा र पुर्बा तामाङ सहभागी रहेका थिए ।

लगभग १८ देखि १९ घण्टासम्मको कठिन हिमाली यात्रापछि नाद्याले सफलतापूर्वक आमादब्लमको चुचुरोमा पुग्न सफल भएको जनाइएको छ । आरोहणपछि उनी सकुशल काठमाडौँ फर्किएकी छन् ।
यस उपलब्धिको सम्मानस्वरूप नेपालस्थित इन्डोनेसियाली समुदाय र बंगलादेशस्थित इन्डोनेसियाली दूतावासका प्रतिनिधिहरूले स्वागत कार्यक्रम आयोजना गरेका थिए ।

कार्यक्रममा आमादब्लम सफल आरोहण गर्ने अर्की महिला आरोही फुर्की स्यारोनीलाई पनि सम्मान गरिएको थियो । हालसम्म आमादब्लम हिमाल सफल आरोहण गर्ने इन्डोनेसियाली आरोहीको संख्या १२ पुगेको बताइएको छ ।

दूतावासका अनुसार नेपालका हिमालहरूमा आरोहण गर्नु केवल साहसिक यात्रा मात्र नभई उद्देश्य, सपना र राष्ट्रिय गौरवसँग जोडिएको अभियान भएको उल्लेख गरिएको छ ।

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन फर्किएन बजारको आत्मविश्वास ?

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:२१

काठमाडौं । डा.स्वर्णिम वाग्लेले २०८२ चैत १३ गते अर्थमन्त्रीको सपथ...

पत्रकारले जनता र जनप्रतिनिधिलाई बाटो देखाउनुपर्छ : सभापति बुढाथोकी

पत्रकारले जनता र जनप्रतिनिधिलाई बाटो देखाउनुपर्छ :...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:०८

रामेछाप । प्रतिनिधिसभाको अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले पत्रकारले...

“२५ प्रतिशत कर छुट हुन्छ भन्नेमा विश्वस्त छौँ” – खेमराज ओली

“२५ प्रतिशत कर छुट हुन्छ भन्नेमा विश्वस्त...

वि.सं.२०८३ जेठ ९ शनिवार २२:५१

काठमाडौं । महासंघका अध्यक्ष खेमराज ओलीले खानेपानी उपभोक्ता संस्थाहरूले भोगिरहेको...

नीतिगत सुधार भए उर्जा क्षेत्रले अर्थतन्त्रको कायापलट गर्छ : उत्तम भ्लोन लामा

नीतिगत सुधार भए उर्जा क्षेत्रले अर्थतन्त्रको कायापलट...

वि.सं.२०८३ जेठ ८ शुक्रवार ०९:१६

  काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को आगामी...

ट्याक्सीको ‘कालो प्लेट’ लिनै १५ लाख ! सिण्डिकेट र चलखेल भएको भन्दै प्रणाली खारेज गर्न महाविर पुनको माग

ट्याक्सीको ‘कालो प्लेट’ लिनै १५ लाख !...

वि.सं.२०८३ जेठ ८ शुक्रवार ०९:१३

काठमाडौं । स्वतन्त्र सांसद महाविर पुनले ट्याक्सी व्यवसायमा देखिएको कर...

मेटलाइफ र खल्ती सुरक्षाद्वारा संयुक्त रूपमा सुरक्षा ३६० डिजिटल बीमा सुरु

मेटलाइफ र खल्ती सुरक्षाद्वारा संयुक्त रूपमा सुरक्षा...

वि.सं.२०८३ जेठ ७ बिहीवार २२:२९

काठमाडौं। मेटलाइफ नेपाल र खल्ती सुरक्षाले संयुक्त रूपमा ‘सुरक्षा ३६०’...