CG Electronics
IME Life
NIMB

मिस नेपालसँग डिनर गर्ने अवसर: काजरिया रमेश टाइल्सद्वारा ‘डाइन विथ द डिभाज’ अभियान घोषणा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ । ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजक काजरिया रमेश टाइल्स लिमिटेड ले आफ्ना ग्राहकलाई लक्षित गर्दै विशेष उपभोक्ता योजना ‘डाइन विथ द डिभाज – एन इभिनिङ विथ मिस नेपाल’ अभियान सार्वजनिक गरेको छ ।

नयाँ मिस नेपालको खोजीका लागि देशभर सञ्चालन भइरहेका क्षेत्रीय अडिसनसँगै सुरु गरिएको यस अभियानअन्तर्गत अडिसन हुने प्रमुख सहरका ग्राहक दम्पतीहरूले बहालवाला मिस नेपालहरूसँग विशेष डिनर गर्ने अवसर प्राप्त गर्नेछन् ।

कम्पनीका अनुसार अभियानमा सहभागी हुन ग्राहकले योजनाको अवधिभित्र एकै पटकको खरिदमा कम्तीमा १ हजार वर्ग फिट काजरिया टाइल्स खरिद गरेको हुनुपर्नेछ ।

यो योजना मिस नेपालको क्षेत्रीय अडिसन भइरहेका सात प्रमुख सहरमा लागू गरिएको छ । ती सहरमा नेपालगञ्ज, बिर्तामोड, इटहरी, पोखरा, बुटवल, जनकपुर र काठमाडौँ रहेका छन् ।

अभियानबारे जानकारी दिँदै कम्पनीका प्रवक्ताले मिस नेपालसँगको साझेदारीले भव्यता, आधुनिकता र उत्कृष्टताको उत्सवलाई प्रतिनिधित्व गर्ने बताउनुभयो । उहाँले ‘डाइन विथ द डिभाज’ अभियानमार्फत यही अनुभव ग्राहकसम्म प्रत्यक्ष रूपमा पुर्‍याउन खोजिएको उल्लेख गर्नुभयो ।

उहाँका अनुसार घर तथा भवन सजावटका लागि काजरिया रोज्ने ग्राहकप्रति कृतज्ञता व्यक्त गर्दै अविस्मरणीय जीवनशैली अनुभव प्रदान गर्ने उद्देश्यले योजना ल्याइएको हो ।

यो अभियान सन् २०२६ मे २४ देखि जुन ८ अर्थात् २०८३ जेठ १० देखि जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । योजना अन्तर्गतको सुविधा तोकिएको अवधिभित्र गरिएको एकल बिलिङ कारोबारमा मात्र लागू हुने कम्पनीले जनाएको छ ।

थप जानकारीका लागि ग्राहकले नजिकैको आधिकारिक काजरिया शोरुममा सम्पर्क गर्न वा कम्पनीका आधिकारिक सामाजिक सञ्जालमार्फत जानकारी लिन सक्नेछन् ।

नेपालमै अत्याधुनिक प्रविधियुक्त टाइल्स उत्पादन उद्योग सञ्चालन गर्दै आएको काजरिया रमेश टाइल्सले स्वदेशी टाइल उद्योगलाई नयाँ उचाइमा पुर्‍याएको दाबी गरेको छ । कम्पनीले अन्तर्राष्ट्रियस्तरमा ‘सुपरब्रान्ड २०२५’, ‘एसियाज मोस्ट प्रमिसिङ ब्रान्ड’ लगायतका मान्यता प्राप्त गरिसकेको जनाएको छ ।

कम्पनीका अनुसार उसले गुणस्तर तथा वातावरणमैत्री उत्पादनमा विशेष ध्यान दिँदै आइएसओ ९००१ः२०१५ र आइएसओ १४००१ः२०१५ प्रमाणपत्र प्राप्त गरेको छ । साथै, इन्डियन ग्रिन बिल्डिङ काउन्सिलको सदस्यसमेत रहेको कम्पनी हालै ‘एनएस क्वालिटी अवार्ड २०२६’ बाट पनि सम्मानित भएको जनाएको छ ।

हाल नेपालभर १०० भन्दा बढी शोरुममार्फत सेवा दिइरहेको काजरियाले ३ हजारभन्दा बढी डिजाइनका टाइल्स बजारमा उपलब्ध गराउँदै आएको छ । कम्पनीका उत्पादनमा ग्लेज्ड भिट्रिफाइड टाइल्स, सेरामिक वाल टाइल्स तथा हेभी ड्युटी भिट्रिफाइड टाइल्स समावेश छन् ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा विलम्बशुल्क छुटसहितको पुनर्जागरण अभियान सुरु

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा विलम्बशुल्क छुटसहितको पुनर्जागरण...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:५२

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले विभिन्न कारणले समयमै बीमाशुल्क...

टेकपाइला इनोभेसनको महाअभियान: २१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

टेकपाइला इनोभेसनको महाअभियान: २१ औं शताब्दीमा साइबर...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:४५

काठमाडौं, नेपाल। नेपालको सूचना प्रविधि (IT) क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई...

एनआईसी एशिया बैंकद्वारा सुर्खेतको विद्यालयमा खानेपानी ट्यांकी र मोटर सहयोग हस्तान्तरण

एनआईसी एशिया बैंकद्वारा सुर्खेतको विद्यालयमा खानेपानी ट्यांकी...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:२३

  काठमाडौँ । एनआई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक...

सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:०४

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशको तनहुँ जिल्लास्थित १२...

गरिमा क्यापिटलद्वारा कर्मचारीहरूका लागि एक दिने एएमएल/सीएफटी तालिम सम्पन्न

गरिमा क्यापिटलद्वारा कर्मचारीहरूका लागि एक दिने एएमएल/सीएफटी...

वि.सं.२०८३ जेठ ११ सोमवार १९:५०

काठमाडौँ । गरिमा क्यापिटल लिमिटेडले आफ्ना सम्पूर्ण कर्मचारीहरूका लागि सम्पत्ति...

दिपेन्द्र सिंह ऐरी एशियन ब्याट्रीका ब्राण्ड एम्बेसडर नियुक्त, ‘भोल्टेक्स’ सिरिज सार्वजनिक

दिपेन्द्र सिंह ऐरी एशियन ब्याट्रीका ब्राण्ड एम्बेसडर...

वि.सं.२०८३ जेठ ११ सोमवार १९:२८

  काठमाडौँ । नेपालको अग्रणी ब्याट्री उत्पादक एशियन ब्याट्री लिमिटेड...