CG Electronics
IME Life
NIMB

‘इसेवा ह्‌याकाथन २०२६’ सौराहामा आयोजना हुँदै

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले आगामी जेठ १५ देखि १७ गतेसम्म पर्यटकीय नगर चितवनको सौराहामा “इसेवा ह्‌याकाथन २०२६” आयोजना गर्ने भएको छ। वन्यजन्तु तथा पर्यावरण संरक्षणका क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय गैरसरकारी संस्था विश्व वन्यजन्तु कोषसँगको सहकार्यमा इसेवाले उक्त ह्‌याकाथन आयोजना गर्न लागेको हो।

 

विगत १७ वर्षदेखि सहज र सुरक्षित भुक्तानी प्रणालीको विकास, डिजिटल अर्थतन्त्रको विस्तार र वित्तीय समावेशीकरण लगायतका क्षेत्रमा काम गर्दै आएको इसेवाले आफ्नो नियमित सेवा सञ्चालनका अतिरिक्त नवप्रवर्तन, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरू गर्दै आएको छ। यसै अन्तर्गत नेपालमा नवप्रवर्तन संस्कृतिको विकास, डिजिटल समाधानको खोजी तथा युवा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले ह्‌याकाथन आयोजना गर्न लागिएको इसेवाले जनाएको छ, जसमा देशैभरिबाट छनोट भएका २० टोलीका ६३ जना युवाहरूले प्रतिस्पर्धा गर्ने छन्।

ह्‌याकाथनबारे जानकारी दिँदै इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्‌काले युवाहरूमा समस्या समाधानमुखी सोच विकास गर्न, प्रविधिमैत्री समाधानहरू निर्माण गर्न र दिगो विकासमा योगदान दिन ह्‌याकाथन प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभएको छ।

इसेवा ह्‌याकाथनले डिजिटल प्रणालीको विकास, साइबर सुरक्षा तथा वातावरणीय दिगोपना सम्बन्धी प्रभावकारी समाधानहरू निर्माण गर्न डेभलपर, डिजाइनर तथा इन्नोभेटरहरूलाई एउटै मञ्चमा ल्याउने उल्लेख गर्दै खड्‌काले यस प्रकारका प्रयासहरूले युवाहरूमा नवप्रवर्तनात्मक सोच तथा सिर्जनशीलता बढाउनका साथै सुरक्षित फिनटेक इकोसिस्टम र पर्यावरण संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास प्रकट गर्नुभयो।

 

ह्‌याकाथनका प्रतिस्पर्धीहरूले तत्काल प्रयोगमा ल्याउन सकिने फिनटेक डिजाइन र समाधानका प्रोटोटाइपहरू प्रस्तुत गर्ने छन्, जसले वातावरणीय र सामाजिक प्रभावमा योगदान दिने डिजिटल प्रणाली निर्माण र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

ह्‌याकाथन अवधिभर सहभागी टोलीहरूलाई उत्कृष्ट समाधान निर्माण गर्न सहयोग पुर्‍याउने उद्देश्यले फिनटेक, साइबर सुरक्षा तथा सूचना प्रविधि क्षेत्रका लिडरहरूद्वारा प्रत्यक्ष मेन्टरसिप तथा विधागत मार्गदर्शन प्रदान गरिने छ। मेन्टरहरूको सहयोगमा सहभागीहरूले आफ्ना आइडियाहरूलाई थप परिष्कृत बनाउने अवसर पाउने छन्।

तीन दिनसम्म चल्ने उक्त आवासीय प्रतियोगितामा उत्कृष्ट समाधान र प्रोटोटाइप प्रस्तुत गर्ने टोलीहरूलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले नगद रु. तीन लाख, द्वितीय स्थान हासिल गर्ने टोलीले नगद रु. दुई लाख र तृतीय स्थान हासिल गर्ने टोलीले नगद एक लाख पुरस्कार प्राप्त गर्ने इसेवाले जनाएको छ।

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...

निक्षेप तथा कर्जा सुरक्षण कोषको सिइओमा डिलाराम गिरी नियुक्त

निक्षेप तथा कर्जा सुरक्षण कोषको सिइओमा डिलाराम...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:१४

निक्षेप तथा कर्जा सुरक्षण कोषको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत...

संस्कृति, कला र पर्यटन प्रवर्द्धनको साझा उत्सवका लागि बौद्ध महोत्सव हुँदै

संस्कृति, कला र पर्यटन प्रवर्द्धनको साझा उत्सवका...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:०२

  धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्पदा तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले...

सिटिजन लाइफद्वारा एनएफआरएस–१७ कार्यान्वयनमा केपीएमजी इन्डिया नियुक्त

सिटिजन लाइफद्वारा एनएफआरएस–१७ कार्यान्वयनमा केपीएमजी इन्डिया नियुक्त

वि.सं.२०८३ जेठ १३ बुधवार २१:५३

  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एनएफआरएस–१७ कार्यान्वयनलाई प्रभावकारी तथा...

कामना सेवा विकास बैंकद्वारा रूपन्देहीको विद्यालयलाई कुलर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा रूपन्देहीको विद्यालयलाई कुलर...

वि.सं.२०८३ जेठ १३ बुधवार २१:४२

  कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...