CG Electronics
IME Life
NIMB

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुँदै

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल जग्गा तथा आवास विकास संघको संयुक्त आयोजनामा ‘९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ आगामी असोज १ देखि ४ गतेसम्म काठमाडौंस्थित भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।

आयोजकले शनिबार पत्रकार सम्मेलनमार्फत प्रदर्शनीबारे जानकारी दिँदै ‘दिगोपनाका लागि हरियाली’ भन्ने मूल नारासहित आयोजना हुन लागेको मेलाले व्यवस्थित आवास, सुरक्षित घरजग्गा विकास तथा दिगो शहरीकरणलाई प्रवद्र्धन गर्ने जनाएको छ ।

नेपाल चेम्बर अफ कमर्सको ७५ औँ हिरक जयन्तीको अवसर पारेर आयोजना गर्न लागिएको प्रदर्शनीको व्यवस्थापन सिया इभेन्ट एसोसिएट्स प्रालिले गर्नेछ । यसअघि नेपाल जग्गा तथा आवास विकास संघले यस्ता आठ वटा प्रदर्शनी सफलतापूर्वक आयोजना गरिसकेको छ ।

आयोजकका अनुसार नेपालको संविधानले आवासको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेकाले वैज्ञानिक, किफायती, सुरक्षित तथा व्यवस्थित आवास विकासका विषयमा जनचेतना अभिवृद्धि गर्न प्रदर्शनी उपयोगी हुने अपेक्षा गरिएको छ । प्रदर्शनीले रियल इस्टेट व्यवसायी र उपभोक्तालाई एकै स्थानमा ल्याई घरजग्गा तथा आवाससम्बन्धी सही सूचना, नवीनतम् प्रविधि तथा लगानीका अवसरबारे जानकारी प्रदान गर्नेछ ।

मेलामा भवन, अपार्टमेन्ट तथा जग्गा विकास आयोजना, निर्माण सामग्री, विद्युतीय उपकरण, आधुनिक फर्निचर, सेनिटरी वेयर्स, पेन्ट, सेरामिक, काठ तथा ढुंगाजन्य सामग्री, इन्टेरियर डेकोर, वास्तुकला, भर्चुअल र अग्मेन्टेड रियालिटी प्रविधि, सौर्य ऊर्जा तथा आधुनिक फोहोर व्यवस्थापन प्रणालीलगायतका सामग्री र सेवाहरू प्रदर्शन गरिनेछन् ।

त्यसैगरी बैंक तथा बीमा कम्पनी, इन्जिनियरिङ तथा आर्किटेक्चर कन्सल्ट्यान्ट, रियल इस्टेट एजेन्ट, निर्माण सामग्री उत्पादक तथा आपूर्तिकर्तासहित स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ । मेलामा विभिन्न क्षेत्रका विज्ञहरूले उपभोक्तालाई प्रत्यक्ष परामर्श सेवा पनि उपलब्ध गराउनेछन् ।

आयोजकका अनुसार इच्छुक कम्पनीहरूले मेला अवधिमै आफ्ना नयाँ उत्पादन तथा सेवाको औपचारिक शुभारम्भ (प्रोडक्ट लञ्च) गर्न सक्ने व्यवस्था समेत मिलाइनेछ । प्रदर्शनी घरजग्गा व्यवसायी, लगानीकर्ता, घर तथा जग्गा खरिदकर्ता, इन्जिनियर, आर्किटेक्ट, शहरी योजनाकार, इन्टेरियर डिजाइनर, निर्माण सामग्री विक्रेता तथा अन्य सेवा प्रदायकहरूका लागि साझा मञ्च बन्ने विश्वास गरिएको छ । साथै, सम्बन्धित सरकारी निकाय, मन्त्रालय, विभाग तथा स्थानीय तहका प्रतिनिधिको सहभागिताले नीतिगत समस्या समाधान र सार्वजनिक–निजी साझेदारी सुदृढ गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

हाल देखिएको आर्थिक शिथिलताका बीच प्रदर्शनीले उपभोक्तालाई घरजग्गा तथा आवाससम्बन्धी कारोबारलाई थप पारदर्शी, व्यवस्थित र सहज बनाउन सहयोग गर्ने आयोजकको दाबी छ । बैंकिङ क्षेत्रमा बढ्दो तरलता र घट्दो ब्याजदरको अवस्थामा उपभोक्तालाई सुरक्षित लगानी र उपयुक्त वित्तीय निर्णयतर्फ प्रेरित गर्ने विश्वास पनि व्यक्त गरिएको छ ।

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:०५

  काठमाडौं । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा...

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष अञ्जन श्रेष्ठ

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष...

वि.सं.२०८३ जेठ १६ शनिवार १५:५०

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष अञ्जन...

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा कमजोरी : पूर्व अर्थमन्त्री पुन

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:४०

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान...

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३३

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै...

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक संकेत, तर कार्यान्वयन प्रमुख चुनौती

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३०

  काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कृषि अभियन्ता...

उत्तम भ्लोनको बजेटप्रति प्रतिक्रियाःऊर्जा क्षेत्रका केही प्रावधान सकारात्मक, तर पीपीए र घरेलु खपतमा अस्पष्टता

उत्तम भ्लोनको बजेटप्रति प्रतिक्रियाःऊर्जा क्षेत्रका केही प्रावधान...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:२६

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को आगामी...