CG Electronics
IME Life
NIMB

सीएफमोटो नेपालको नयाँ वर्ष अफरका विजेता घोषणा, भूपेन्द्र राईले जिते १ लाख रुपैयाँ क्यासब्याक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । CFMOTO नेपालले नयाँ वर्ष २०८३ को अवसरमा सञ्चालन गरेको “Lucky Draw Cashback Offer” अन्तर्गत भाग्यशाली विजेताको घोषणा गरेको छ। कम्पनीले चैत २०, २०८२ देखि वैशाख ३१, २०८३ सम्म CFMOTO 250 DUAL EFI खरिद गर्ने ग्राहकहरूलाई लक्षित गरी उक्त योजना सञ्चालन गरेको थियो।

लक्की ड्र कार्यक्रम काठमाडौंको नक्सालस्थित नारायणचौरमा रहेको CFMOTO शोरुममा सम्पन्न भएको थियो। कार्यक्रममा सञ्चारकर्मी, ग्राहक तथा कम्पनीका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार कार्यक्रम पारदर्शी तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो। अफर अन्तर्गत काठमाडौंको बालाजु निवासी भूपेन्द्र राई नगद १ लाख रुपैयाँ क्यासब्याक जित्ने भाग्यशाली ग्राहक घोषित भएका छन्।

मिडियासँग प्रतिक्रिया दिँदै राईले आफू विजेता बनेको खबर सुन्दा अत्यन्तै आश्चर्यचकित र खुसी भएको बताए। उनले CFMOTO 250 DUAL EFI को प्रदर्शनबाट पहिलेदेखि नै सन्तुष्ट रहेको उल्लेख गर्दै यस्तो आकर्षक अफर जित्न पाउँदा थप उत्साहित भएको बताए।

उनले CFMOTO केवल चिनियाँ ब्रान्ड मात्र नभई अन्तर्राष्ट्रिय बजारमा आफ्नो गुणस्तर प्रमाणित गरिसकेको विश्वस्तरीय ब्रान्ड भएको धारणा व्यक्त गरे। विशेषगरी CFMOTO 450MT र 250 DUAL EFI जस्ता मोडलहरूले विश्व बजारमा राम्रो प्रदर्शन गरिरहेको उल्लेख गर्दै उनले 250 DUAL EFI खरिद गर्नु आफ्नो उत्कृष्ट निर्णयमध्ये एक रहेको बताए।

राईले बाइकको प्रदर्शन, आरामदायी अनुभव, विश्वसनीयता तथा कम्पनीको ग्राहकप्रतिको प्रतिबद्धताप्रति पूर्ण सन्तुष्टि व्यक्त गरेका छन्।

CFMOTO नेपालले आधुनिक प्रविधि, अन्तर्राष्ट्रिय स्तरको गुणस्तर तथा ग्राहककेन्द्रित सेवामार्फत नेपाली बजारमा आफ्नो उपस्थिति अझ सशक्त बनाउँदै लैजाने प्रतिबद्धता दोहोर्‍याएको छ। कम्पनीका अनुसार आगामी दिनमा पनि ग्राहकलाई आकर्षक अफर तथा उत्कृष्ट सेवा उपलब्ध गराउने योजना रहेको छ।

जीओ अटोमोबाइल्सले नयाँ एमजी हेक्टर एसयूभी नेपालमा सार्वजनिक गर्‍यो

जीओ अटोमोबाइल्सले नयाँ एमजी हेक्टर एसयूभी नेपालमा...

वि.सं.२०८३ जेठ १९ मंगलवार १०:१९

  काठमाडौं । नेपालका लागि जेएसडब्ल्यू एमजी मोटर इन्डियाका सवारीसाधनको...

किलोवाट होइन मूल्यका आधारमा कर: अटो व्यवसायीलाई राहत भएको अर्थमन्त्रीको भनाइ

किलोवाट होइन मूल्यका आधारमा कर: अटो व्यवसायीलाई...

वि.सं.२०८३ जेठ १८ सोमवार ११:१३

  अर्थमन्त्री स्वणिम वाग्लेले ५० लाखसम्मका गाडीमा मुल्य घट्ने दाबी...

नाडा अटो शो २०२६ का लागि जेठ १८ गतेदेखि स्टल बुकिङ खुल्ला हुने

नाडा अटो शो २०२६ का लागि जेठ...

वि.सं.२०८३ जेठ १८ सोमवार ०९:३७

  नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आगामी भदौ...

एमएडब्लू राइड्स प्रा.लि. द्वारा यामाहा सेल्स स्किल कन्टेस्टका क्षेत्रीय विजेताहरूको घोषणा गर्दै राष्ट्रिय प्रतिस्पर्धाको तयारी सुरु

एमएडब्लू राइड्स प्रा.लि. द्वारा यामाहा सेल्स स्किल...

वि.सं.२०८३ जेठ १७ आइतवार २२:४१

  नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले...

ओमोडा ई५ प्रोको आकर्षक अफर : पहिलो ५० ग्राहकलाई ४९.९९ लाखमै उपलब्ध

ओमोडा ई५ प्रोको आकर्षक अफर : पहिलो...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:५०

  नेपालका लागि ओमोडा एन्ड जेकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले...

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको निष्कर्ष

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको...

वि.सं.२०८३ जेठ १७ आइतवार १२:५६

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...