CG Electronics
IME Life
NIMB

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई मेधर्म क्लिनिक्समा १५ प्रतिशत छुट दिने सम्झौता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरूलाई काठमाडौँको दरबारमार्गमा रहेको मेधर्म क्लिनिक्स प्रा.लि.मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। २०८३ साल जेठ १९ गते मंगलबारका दिन भएको उक्त सम्झौता बमोजिम बैंकका ग्राहक तथा कर्मचारीहरूले मेधर्म क्लिनिक्सद्वारा तोकिएका विविध उपचार सेवामा लाग्ने कुल बिल रकममा १५ प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ।

उक्त सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र मेधर्म क्लिनिक्स प्रालिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. अनूप सुवेदीले हस्ताक्षर गर्नुभएको छ।

यस सहकार्यबाट नेपाल बैंकमा खाता रहेका ग्राहकहरू र कार्यरत कर्मचारीहरूले मेधर्म क्लिनिक्सद्वारा प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्य सेवाबाट प्रत्यक्ष रूपमा लाभान्वित हुन सक्ने विश्वास बैंकले लिएको छ। बैंकका प्रमुख सूचना अधिकारी प्रतिभा डंगोलका अनुसार नेपालभर २३१ शाखाहरू, २६६ एटीएम मेसिनहरू तथा ६१ एक्स्टेन्सन काउन्टरहरू मार्फत करिब २७ लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्‍याइरहेको यस बैंकले हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ।

बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिँदै युवा जनशक्ति मार्फत आधुनिक प्रविधिको समुचित प्रयोग गरिरहेकाले आम नेपालीमाझ नेपालको पहिलो बैंक ‘नेपाल बैंक’ प्रतिको आकर्षण दिनप्रतिदिन बढ्दै गएको विज्ञप्तिमा उल्लेख छ।

सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावित जनप्रिय आधारभूत विद्यालयको भवन पुनर्निर्माण गरी हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावित जनप्रिय आधारभूत विद्यालयको...

वि.सं.२०८३ जेठ १९ मंगलवार २२:५३

  सिद्धार्थ बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्पबाट...

बजेटले निजी क्षेत्रको मनोबल बढाए पनि निर्यातका मुख्य मागहरू सम्बोधन गर्न निर्यात व्यवसायी महासंघको माग

बजेटले निजी क्षेत्रको मनोबल बढाए पनि निर्यातका...

वि.सं.२०८३ जेठ १९ मंगलवार २२:२०

  नयाँ राजनीतिक स्थिरताको परिवेश, चुनावी प्रतिबद्धता र सरकारको १...

एनआईसी एशिया बैंकको सञ्चालक समिति अध्यक्षमा अशोककुमार अग्रवाल नियुक्त

एनआईसी एशिया बैंकको सञ्चालक समिति अध्यक्षमा अशोककुमार...

वि.सं.२०८३ जेठ १९ मंगलवार २१:५९

  एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा अशोक कुमार...

सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपाली बजारमा सार्वजनिक

सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपाली बजारमा सार्वजनिक

वि.सं.२०८३ जेठ १९ मंगलवार १२:४९

  काठमाडौं । सीजी रिलायन्स बेभरेज प्रालिले नेपाली बजारमा नयाँ...

राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीमा सुधा श्रेष्ठ नियुक्त

राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीमा सुधा...

वि.सं.२०८३ जेठ १९ मंगलवार १०:३१

  काठमाडौं । नेपाल राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीमा...

मोबाइल नम्बर परिवर्तन हुँदा वित्तीय सेवा प्रदायकलाई समयमै जानकारी गराउन राष्ट्र बैंकको आग्रह

मोबाइल नम्बर परिवर्तन हुँदा वित्तीय सेवा प्रदायकलाई...

वि.सं.२०८३ जेठ १९ मंगलवार १०:०९

  काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल नम्बर वा इमेल...