CG Electronics
IME Life
NIMB

कामना सेवा विकास बैंकद्वारा पशुपति माध्यमिक विद्यालयलाई डस्टबिन हस्तान्तरण

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

सालझण्डी, रुपन्देही। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत शाखा कार्यालय सालझण्डीमार्फत सैनामैना नगरपालिका–१०, रुपन्देहीस्थित श्री पशुपति माध्यमिक विद्यालयलाई १२ थान डस्टबिन हस्तान्तरण गरेको छ।

एक कार्यक्रमका बीच बैंकका बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले विद्यालयका प्रधानाध्यापक हरि प्रसाद थापालाई डस्टबिन हस्तान्तरण गर्नुभएको हो।

कार्यक्रममा प्रधानाध्यापक थापाले स्वच्छ विद्यालय, स्वस्थ विद्यार्थी तथा सफा समाज निर्माणका लागि फोहोर व्यवस्थापन महत्वपूर्ण विषय भएको उल्लेख गर्दै विद्यालयमा वितरण गरिएका डस्टबिनहरूले विद्यार्थीहरूमा सरसफाइको संस्कार विकास गर्न, वातावरणीय सचेतना अभिवृद्धि गर्न तथा विद्यालय परिसरलाई स्वच्छ राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी, बैंकका बुटवल क्षेत्र प्रमुख आचार्यले आर्थिक रूपमा कमजोर तथा विपन्न समुदायका विद्यार्थी अध्ययनरत विद्यालयहरूमा आधारभूत सरसफाइ सामग्रीको अभाव हुने भएकाले यस कार्यक्रमले विद्यालयको सरसफाइ व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो।

स्वच्छ र व्यवस्थित वातावरणमा अध्ययन गर्ने अवसर प्राप्त हुँदा विद्यार्थीहरूको सिकाइ उपलब्धि, अनुशासन तथा आत्मविश्वासमा समेत सकारात्मक प्रभाव पर्ने उल्लेख गर्दै प्रधानाध्यापक थापाले बैंकको मानवीय पहलप्रति आभार व्यक्त गर्नुभयो।

उक्त कार्यक्रममा बैंकका कर्मचारीहरू, विद्यालयका शिक्षक, विद्यार्थी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

बैंकले आगामी दिनहरूमा पनि सरोकारवालाहरूसँगको समन्वय तथा सहकार्यमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकलाई एउटै प्लेटफर्मबाट सबै बैंकिङ सेवा

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकलाई एउटै प्लेटफर्मबाट सबै...

वि.सं.२०८३ जेठ २१ बिहीवार २३:०७

  काठमाडौं । सिटिजन्स बैंकका कर्पोरेट ग्राहकले अब खाताको ब्यालेन्स...

उत्पादन क्षमता विस्तार गर्दै प्रोटोन, नेपालमा पनि नयाँ मोडल ल्याउने तयारी

उत्पादन क्षमता विस्तार गर्दै प्रोटोन, नेपालमा पनि...

वि.सं.२०८३ जेठ २१ बिहीवार २२:३८

  काठमाडौँ — नेपालमा प्रोटोन ई.मास सेभेन १६० किलोवाट (Proton...

नेको इन्स्योरेन्स ३०औँ वार्षिकोत्सवको अवसरमा रक्तदान, ५३ पिन्ट रगत संकलन

नेको इन्स्योरेन्स ३०औँ वार्षिकोत्सवको अवसरमा रक्तदान, ५३...

वि.सं.२०८३ जेठ २१ बिहीवार २२:३३

काठमाडौँ — देशको बीमा बजारमा ३० वर्षदेखि निरन्तर सेवा प्रदान...

श्वकपको प्रत्येक क्षणलाई अविस्मरणीय बनाउने टीसीएलको नयाँ योजना

श्वकपको प्रत्येक क्षणलाई अविस्मरणीय बनाउने टीसीएलको नयाँ...

वि.सं.२०८३ जेठ २१ बिहीवार २२:२४

काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो उत्सव नजिकिँदै गर्दा विश्वकै...

बीवाईडी सवारीसाधन आयात सम्बन्धमा साइमेक्स इंकको तथ्यगत स्पष्टीकरणः अनुचित लाभ लिएको आरोप पूर्णत : निराधार

बीवाईडी सवारीसाधन आयात सम्बन्धमा साइमेक्स इंकको तथ्यगत...

वि.सं.२०८३ जेठ २१ बिहीवार २२:१२

  काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक...

बिजुलीमा भ्याट लगाउँदा उत्पादन लागत घट्छ, उपभोक्तामाथि ठूलो भार पर्दैन : प्रकाश दुलाल

बिजुलीमा भ्याट लगाउँदा उत्पादन लागत घट्छ, उपभोक्तामाथि...

वि.सं.२०८३ जेठ २१ बिहीवार १६:१०

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का...