CG Electronics
IME Life
NIMB

आदिवासी जनजाति प्रतिष्ठान खारेजीको समाचारप्रति आयोगको गम्भीर

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ । ध्यानाकर्षणनेपाल सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति लगायतका आदिवासी जनजातिकोसँग सम्बन्धित संस्थाहरू खारेजी गरेको गोरखापत्रको समाचारले आदिवासी जनजाति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ।

आफ्नै भाषा, धर्म, संस्कृति, प्रथाजनित कानुन, परम्परागत ज्ञान र सीपका धनी नेपालका आदिवासी जनजाति समुदाय आधुनिक राज्य व्यवस्थाको स्थापनापछि राज्यको नीति निर्माण तथा कार्यान्वयनका निकायबाट बहिष्कृत हुँदै आए। आफ्नो समुदायको, पहिचान, पहुँच र प्रतिनिधित्वको लागि उनीहरूले गरेको लामो सङ्घर्षको परिणाम र उनीहरूको विकास र समृद्धि तथा पहुँचको लागि तत्कालीन सरकारले आदिवासी जनजाति विकास समिति (२०५२) हुँदै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ मार्फत आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान स्थापना गरेको हो।

आदिवासी जनजाति समुदायको विकास र समृद्धिको लागि राज्यको कार्यकारी प्रमुखको प्रत्यक्ष नेतृत्व र सहकार्य तथा आदिवासी जनजाति संघ संस्थाको समावेशी प्रतिनिधित्व हुनेगरी आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सञ्चालक परिषद् गठन हुने कानुनी व्यवस्था गरिएको हो। यसले आदिवासी जनजाति समुदायलाई आफ्नो प्रतिनिधित्व राज्यको निकायमा सुनिश्चित भएको र सरकारको प्रत्यक्ष अभिभावकत्व पाएको महसुस गराएको छ।

आईएलओ महासन्धि नं. १६९ को धारा ३३ ले महासन्धि अनुमोदन गर्ने राष्ट्रले आदिवासी जनजाति समुदायको विकासको लागि उपयुक्त संस्था र संरचना बनाई लागू गर्नु पर्ने व्यवस्था गरेको छ। छिमेकी देशहरू चीनमा कार्यकारी अधिकारसहितको जातीय मामिला आयोग र भारतमा आदिवासी आयोग तथा आदिवासी मामिला मन्त्रालय स्थापना भई कार्य गरीरहेको परिप्रेक्ष्यमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई अझ सक्षम र साधन स्रोत सम्पन्न गराउनु पर्नेमा खारेजीतर्फ जानु सान्दर्भिक नभएकोले प्रतिष्ठान खारेज गर्ने निर्णय नगर्न र गरेको भए सच्याउन सरकार समक्ष आदिवासी जनजाति आयोग हार्दिक अपील गर्दछ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान अन्य संस्था तथा निकाय जस्तो भौतिक विकास र स्रोत साधनको लागि नभई देशको ३५ प्रतिशत आदिवासी जनजाति समुदायको ज्ञान र सीपको संरक्षण एवं प्रवर्द्धन र राज्यप्रतिको भावनात्मक सम्बन्ध सुदृढ गर्ने निकाय भएकोले यसको खारेजीले ती समुदायमा राज्यप्रति वितृष्णा बढ्न गई राज्य र समुदायबिच द्वन्द्व समेत हुन सक्ने भएकोले आदिवासी जनजाति आयोग सरकारलाई समयमै ध्यानाकर्षण गराउँदछ।

मिति: २५ जेठ २०८३

निजी क्षेत्रको मनोबल बढाउन सरकार प्रतिबद्ध : अर्थमन्त्री

निजी क्षेत्रको मनोबल बढाउन सरकार प्रतिबद्ध :...

वि.सं.२०८३ जेठ २५ सोमवार २२:३७

  काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई परम्परागत...

बजेटको सफलता कार्यान्वयनमा निर्भर रहने महासंघको धारणा निजी क्षेत्रले बजेटलाई समर्थन वा विरोधको तराजुमा जोख्दैन : अध्यक्ष श्रेष्ठ

बजेटको सफलता कार्यान्वयनमा निर्भर रहने महासंघको धारणा...

वि.सं.२०८३ जेठ २५ सोमवार २२:२७

  काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८३/८४...

विद्युत महशुल बक्यौता असुलीलाई दैनिक कार्यसूचीमा राखेर अगाडि बढाउन मन्त्री श्रेष्ठको निर्देशन

विद्युत महशुल बक्यौता असुलीलाई दैनिक कार्यसूचीमा राखेर...

वि.सं.२०८३ जेठ २५ सोमवार २२:०७

  काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त...

पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्‍याली

पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग...

वि.सं.२०८३ जेठ २५ सोमवार १२:२६

  ताप्लेजुङ, २४ जेठ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई...

दराज नेपालमा नयाँ नेतृत्व टोली: बेन यी कार्यवाहक एमडी, रतिश लुइटेल सीसीओ नियुक्त

दराज नेपालमा नयाँ नेतृत्व टोली: बेन यी...

वि.सं.२०८३ जेठ २४ आइतवार २१:०७

काठमाडौं, २२ जेठ २०८३ – दक्षिण एशियाकै अग्रणी ई–कमर्स प्लेटफर्म...

नेपाल उद्योग परिसंघको २३औँ वार्षिक साधारण सभाको उद्घाटन समारोहमा अध्यक्ष वीरेन्द्रराज पाण्डेद्वारा प्रस्तुत स्वागत मन्तव्य

नेपाल उद्योग परिसंघको २३औँ वार्षिक साधारण सभाको...

वि.सं.२०८३ जेठ २३ शनिवार १९:४५

काठमाडौं । माननीय अर्थमन्त्रीज्यू, माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीज्यू,...