CG Electronics
IME Life
NIMB

विद्युत् आयोजनाको पीपीए र अनुमतिपत्र प्रक्रिया सुधारबारे अध्ययन प्रतिवेदन ऊर्जामन्त्रीलाई

NIMB
Himalayan Bank

 

काठमाडौं, असार २६ – विद्युत् उत्पादन, प्रसारण, वितरण तथा निर्यातसँग सम्बन्धित आयोजना स्वीकृति र विद्युत् खरिद सम्झौता (पीपीए) प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यले गठित अध्ययन तथा समीक्षा समितिले आफ्नो प्रतिवेदन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई बुझाएको छ।

ऊर्जा मन्त्रालय अन्तर्गत गठित अध्ययन तथा समीक्षा समितिले बुधबार आफ्नो प्रतिवेदन ऊर्जामन्त्रीसमक्ष पेश गरेको हो। समितिले नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधारसम्बन्धी कार्ययोजनाको कार्यान्वयनका लागि अध्ययन गरी सुझावसहितको प्रतिवेदन तयार गरेको जनाएको छ।

मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत बुँदा ७४ (ख) मा उल्लेखित ‘विद्युत् उत्पादन, प्रसारण, वितरण तथा निर्यातसम्बन्धी अवरोध हटाई द्रुत विकास सुनिश्चित गर्ने तथा पेन्डिङ रहेका सबै विद्युत् खरिद सम्झौता (पीपीए) र अनुमतिपत्रसम्बन्धी निर्णय अधिकतम १८० दिनभित्र गर्ने’ कार्ययोजनालाई प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले समिति गठन गरिएको थियो।

मन्त्रालयको २०८२ मंसिर १९ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार गठित समितिले अनुमतिपत्रसम्बन्धी विद्यमान व्यवस्थाको समीक्षा गर्दै सुधारका सुझावसहित प्रतिवेदन तयार पारेको हो।

समितिमा शालिग्राम भण्डारी, निकुञ्ज भण्डारी, जीवन राना मगर र डा. दिवसबहादुर बराल सदस्य रहेका थिए भने मोहनकुमार शाक्य संयोजक थिए।

समितिको प्रतिवेदनले विद्युत् क्षेत्रका आयोजना स्वीकृति, अनुमतिपत्र र पीपीए प्रक्रियालाई छिटो, पारदर्शी र व्यवस्थित बनाउन आवश्यक नीतिगत तथा प्रक्रियागत सुधारका विषय समेटेको मन्त्रालय स्रोतले जनाएको छ।

नेपाल लाइफलाई ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ को गोल्ड अवार्ड

नेपाल लाइफलाई ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट...

वि.सं.२०८३ असार १६ मंगलवार २०:३४

  काठमाडौं, असार १७ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...

कामना सेवा विकास बैंकलाई लगातार तेस्रो पटक बीपीए गोल्ड अवार्ड

कामना सेवा विकास बैंकलाई लगातार तेस्रो पटक...

वि.सं.२०८३ असार १६ मंगलवार १८:५७

  काठमाडौं, असार १६ । कामना सेवा विकास बैंक लिमिटेड...

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी, टिकट खरिदमा १० प्रतिशतसम्म छुट

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी,...

वि.सं.२०८३ असार १६ मंगलवार १८:५५

  काठमाडौं, असार १६ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र...

प्रभु बैंकद्वारा त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभागलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंकद्वारा त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभागलाई...

वि.सं.२०८३ असार १६ मंगलवार १८:३७

  काठमाडौं, असार १६ । प्रभु बैंक लिमिटेडले आफ्नो संस्थागत...

पीजी सुज ब्राण्ड २८ वर्ष प्रवेश, विदेशी जुत्ताको विकल्पदेखि अन्तर्राष्ट्रिय बजारसम्म

पीजी सुज ब्राण्ड २८ वर्ष प्रवेश, विदेशी...

वि.सं.२०८३ असार १६ मंगलवार १८:२९

  काठमाडौं । पीजी सुज ब्राण्डको नेपाली जुत्ता उत्पादक कम्पनी...