CG Electronics
IME Life
NIMB

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank Limited बीच जेसीबी उपकरण खरिद गर्न चाहने ग्राहकलाई सहज, छिटो तथा प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यसहित समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

सम्झौतापत्रमा एमएडब्लु अर्थमुभर्सका तर्फबाट सञ्जय देव यादव तथा एभरेष्ट बैंकका तर्फबाट विनय खनालले हस्ताक्षर गरेका हुन्।

यस रणनीतिक सहकार्यअन्तर्गत जेसीबी लगायतका निर्माण उपकरण खरिद गर्न इच्छुक ग्राहकहरूले एभरेष्ट बैंकका देशभर रहेका शाखामार्फत सहज रूपमा वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन्। सम्झौताअनुसार ग्राहकहरूले उपकरणको कुल मूल्यको अधिकतम ८० प्रतिशतसम्म फाइनान्स सुविधा लिन सक्ने व्यवस्था गरिएको छ।

त्यसैगरी, ऋण स्वीकृति प्रक्रियालाई थप सरल, छरितो र ग्राहकमैत्री बनाउने उद्देश्यले आवश्यक सम्पूर्ण कागजात पेश गरी प्रक्रिया पूरा भएको अवस्थामा सात कार्यदिनभित्र डेलिभरी अर्डर जारी गरिने व्यवस्था गरिएको छ। यसले ग्राहकलाई समयमै उपकरण प्राप्त गर्न तथा व्यवसाय सञ्चालनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

दुवै संस्थाबीचको यस सहकार्यले निर्माण व्यवसायी, ठेकेदार तथा उद्यमीहरूलाई आवश्यक उपकरण खरिदका लागि सहज वित्तीय पहुँच उपलब्ध गराउने विश्वास लिइएको छ। साथै, वित्तीय प्रक्रियामा हुने झन्झट र समयको बचत गर्दै व्यवसाय विस्तारमा समेत टेवा पुग्ने जनाइएको छ।

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकले ग्राहकको सुविधा, सन्तुष्टि तथा व्यवसायिक वृद्धिलाई केन्द्रमा राख्दै आगामी दिनमा पनि नवीन र ग्राहकमुखी सेवाहरू विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उक्त सहकार्यले नेपालको निर्माण तथा पूर्वाधार विकास क्षेत्रमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन...

वि.सं.२०८३ असार ३ बुधवार १५:५२

  काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन...