CG Electronics
IME Life
NIMB

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस तथा हवाई टिकट बुकिङ वा साहसिक गतिविधिहरूमा आकर्षक छुटका साथै विविध लाभहरू प्राप्त गर्न सक्ने भएका छन्। यसका लागि एनसेलले डिजिटल ट्राभल प्लेटफर्म ट्रिप टर्बोसँग एक साझेदारी पत्रमा हस्ताक्षर गरेको छ। यो साझेदारी अन्तर्गत ९९ रुपैयाँ वा सोभन्दा बढी मूल्यको प्याक खरिद गर्ने हरेक एनसेल ग्राहकले अब बस टिकट बुकिङ, आन्तरिक हवाई यात्रा र साहसिक गतिविधि लगायतका कार्यमा आकर्षक छुट प्राप्त गरी बचत गर्न सक्नेछन्। यसका साथै अब ग्राहकहरूले एनसेल एपबाटै डिजिटल रूपमा यात्रा तथा साहसिक गतिविधिसम्बन्धी विविध सुविधाहरू सहजै प्राप्त गर्न सक्ने भएका छन्।

यो छुटको सुविधा एनसेल ग्राहकहरूले ट्रिप टर्बोमार्फत यात्राका लागि टिकट लिँदा वा विभिन्न गतिविधिहरूमा आबद्ध हुँदा प्राप्त गर्नेछन्। ग्राहकहरूले विभिन्न मनोरञ्जनात्मक तथा साहसिक गतिविधिमा ८,००० रुपैयाँसम्मको भारी छुट प्राप्त गर्न सक्नेछन्। यसका साथै ग्राहकहरूले पहिलो पटक आन्तरिक हवाई यात्रा गर्दा २०० रुपैयाँ र त्यसपछिका प्रत्येक आन्तरिक उडानमा १४० रुपैयाँ तथा बस टिकट बुकिङमा १११ रुपैयाँ सीधा छुट प्राप्त गर्न सक्नेछन्। यी विशेष छुटहरूको लाभ एनसेल एपको ‘पार्टनर सर्भिसेज’ भित्र रहेको ट्रिप टर्बो सेक्सनमा गएर लिन सकिन्छ। यो सेक्सनले ग्राहकहरूलाई यात्रा, मनोरञ्जनात्मक तथा साहसिक गतिविधिहरूमा सहभागिताको तयारी गर्दा सजिलै छुटहरू खोज्न र प्रयोग गर्न मद्दत गर्दछ।

साझेदारीबारे उत्साह व्यक्त गर्दै एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्तले हामी कनेक्टिभिटी मात्र नभएर यात्रा र लाइफस्टाइलसँग जोडिएका विविध फाइदाहरूलाई नजिक ल्याउँदै ग्राहकहरूलाई त्यसको लाभ दिन प्रतिबद्ध रहेको र ट्रिप टर्बोसँगको साझेदारीले यही प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने बताए। उनका अनुसार एनसेल एपमार्फत ग्राहकहरूले अब यात्रा र विविध गतिविधिहरूमा उत्कृष्ट बचत गर्न सक्नेछन्, जसले उनीहरूको यात्रालाई अझ बढी सुविधाजनक, फलदायी र किफायती बनाउनेछ। यो सहकार्य एनसेलको डिजिटल लाइफस्टाइल पार्टनरको रूपमा अघि बढ्ने यात्राको अर्को एउटा महत्त्वपूर्ण कदम हो। एनसेल एपको इकोसिस्टममा नवीन सेवा र विश्वसनीय पार्टनर अफरहरू एकीकृत गर्दै कम्पनीले ग्राहकहरूको अनुभवलाई निरन्तर रूपमा थप परिष्कृत गर्दै परम्परागत दूरसञ्चार सेवाभन्दा फरक र नवप्रवर्तनकारी लाभहरू प्रदान गरिरहेको छ।

ट्रिप टर्बोले लामो समयदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान, बस टिकट, होटल, हलिडे प्याकेज र ग्राहकको चाहना बमोजिम तयार पारिएका कस्टमाइज्ड सेवाहरू प्रदान गर्दै आएको छ। यो नयाँ साझेदारी दैनिक जीवनलाई सरल बनाउन डिजिटल नवीनता प्रयोग गर्ने एनसेलको व्यावसायिक मान्यतासँग पूर्ण रूपमा मेल खान्छ र यसले उपभोक्ताहरूलाई अतिरिक्त सुविधा, बचत र छनोटको सुनौलो अवसर प्रदान गर्दछ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...