CG Electronics
IME Life
NIMB

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

NIMB
Himalayan Bank

 

काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय अभ्यासअनुकूल बनाउने उद्देश्यसहित सशस्त्र प्रहरी बल, नेपालले सीमा क्षेत्रमा पहिलो पटक ‘बोर्डर इन्टर्याक्सन टिम’ (बीआईटी) परिचालन गर्ने भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले नयाँ अवधारणाअन्तर्गत सादा पोशाकमा विशेष टोली परिचालन गरी सीमा क्षेत्रमा नागरिकसँग प्रत्यक्ष संवाद, समस्या समाधान र छिमेकी मुलुकका समकक्षी सुरक्षा निकायसँग समन्वयलाई थप सुदृढ बनाइने जानकारी दिनु भएको छ ।

सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकमा आयोजित कार्यक्रममा बोल्दै महानिरीक्षक पौडेलले बीआईटीलाई सीमा सुरक्षाको परम्परागत अभ्यासभन्दा फरक, आधुनिक र जनकेन्द्रित अवधारणाका रूपमा विकास गरिएको बताउनु भयो। उहाँका अनुसार यसका लागि आवश्यक अध्ययन, गृहकार्य र पूर्वतयारी पूरा भइसकेको छ भने अब कार्यान्वयनको चरणमा लैजाने तयारी छ।

बीआईटीमा खटिने सशस्त्र प्रहरी कर्मचारीहरू नियमित कम्ब्याट बर्दीमा नभई सादा वा पहिचान झल्कने विशेष गैर–सैनिक पोशाकमा रहनेछन्। यसले सीमा क्षेत्रमा आवतजावत गर्ने सर्वसाधारणलाई सुरक्षा निकायसँग सहज रूपमा संवाद गर्न र आफ्ना समस्या राख्न अनुकूल वातावरण सिर्जना गर्ने विश्वास सशस्त्र प्रहरीले लिएको छ।

महानिरीक्षक पौडेलका अनुसार यो टोलीले सीमा नाकामा आउने–जाने नागरिकका गुनासा र समस्याको सहजीकरण गर्नुका साथै भारतीय सीमा सुरक्षा बल (एसएसबी) लगायत समकक्षी सुरक्षा निकायसँग प्रत्यक्ष समन्वय र सूचना आदानप्रदानलाई प्रभावकारी बनाउनेछ। उनका अनुसार छिमेकी मुलुकमा यस्ता टोली पहिलेदेखि नै परिचालित भए पनि नेपालको तर्फबाट हालसम्म औपचारिक सुरक्षा पोशाकमार्फत मात्र समन्वय हुँदै आएको थियो।

सशस्त्र प्रहरीले बीआईटीलाई सुरुवातमै देशभर लागू नगरी प्रमुख र बढी आवतजावत हुने सीमा नाकाबाट ‘पाइलट प्रोजेक्ट’का रूपमा सञ्चालन गर्ने योजना बनाएको छ। प्रारम्भिक कार्यान्वयनबाट प्राप्त अनुभव र प्रभावकारिताको मूल्यांकनपछि क्रमशः अन्य सीमा नाका र क्षेत्रहरूमा समेत विस्तार गरिनेछ।

बीआईटीमार्फत सीमा सुरक्षालाई बहुआयामिक रूपमा सुदृढ बनाउने लक्ष्य लिइएको सशस्त्र प्रहरीले जनाएको छ। टोलीले अवैध तस्करी, भन्सार छली तथा राजस्व चुहावट नियन्त्रणमा सहयोग पुर्‍याउनुका साथै सीमापार हुने लागुऔषध ओसारपसार, मानव बेचबिखन र अन्य संगठित अपराधसम्बन्धी सूचना संकलन तथा नियन्त्रणमा समेत सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यससँगै सीमा क्षेत्रमा नागरिकले भोग्ने अनावश्यक झन्झट, हैरानी र दुर्व्यवहारजस्ता अमानवीय कृयाकलाप न्यूनीकरण गरी सुरक्षित र सहज सीमा व्यवस्थापनको अनुभूति दिलाउने उद्देश्य पनि बीआईटीको रहेको सशस्त्र प्रहरीको भनाइ छ। महानिरीक्षक पौडेलले सीमा सुरक्षासँगै मनसुनजन्य तथा अन्य विपद् व्यवस्थापन र उद्धार कार्यलाई समेत सशस्त्र प्रहरीले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै आवश्यकता अनुसार जनशक्ति परिचालनलाई थप प्रभावकारी बनाइने जानकारी दिनु भएको छ ।

सशस्त्र प्रहरीको यो नयाँ रणनीतिलाई सीमा सुरक्षामा परम्परागत सुरक्षा अवधारणाभन्दा माथि उठेर नागरिक सहभागिता, द्रुत समन्वय र आधुनिक कार्यशैलीलाई जोड्ने प्रयासका रूपमा हेरिएको छ। यसको प्रभावकारी कार्यान्वयन हुन सके नेपाल–भारत सीमा व्यवस्थापन थप व्यवस्थित, सुरक्षित र नागरिकमैत्री बन्ने अपेक्षा गरिएको छ।

योसँगै सशस्त्रमा पहिलो पटक नीति नियम निर्देशनालय पनि बन्ने भएको छ । सशस्त्रमा थप सुधारका अवधारणा राखेर ल्याउन लागिएका योजना र गर्न लागिएका कामबाट सशस्त्रमा आइजीपी पौडेल नेतृत्वमा आएको नयाँ टिमले केही राम्रा काम गर्ने संकेत दिएको छ । तर, कार्यान्वयन भने कसरी गरिन्छ ? त्यसको प्रभाव देखिन केही समय पर्खनु पर्ने हुन्छ ।

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...