CG Electronics
IME Life
NIMB

नेपाल एसबिआई बैंकको ३३औँ वार्षिकोत्सवमा ‘एनएसबिएल कप फुटसल प्रतियोगिता–२०८३’ सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौं, असार १५ – नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो ३३औँ वार्षिकोत्सवको अवसरमा सातै प्रदेशका कर्मचारीहरूको सहभागितामा ‘एनएसबिएल कप फुटसल प्रतियोगिता–२०८३’ आयोजना गरेको छ। प्रतियोगिता असार २८ गते काठमाडौंस्थित धनवन्तरी फुटसल मैदानमा सम्पन्न भएको हो।

प्रतियोगितामा बैंकका सातै प्रदेश तथा प्रधान कार्यालयका कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो। बैंकका अनुसार यस्ता खेलकुद गतिविधिले कर्मचारीहरूबीच आपसी समन्वय, सहकार्य तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। साथै, कार्यस्थल बाहिर पनि टोली भावना, सकारात्मक ऊर्जा र सहकार्यको संस्कृतिलाई सुदृढ बनाउन यस्ता कार्यक्रम उपयोगी हुने बैंकले जनाएको छ।

प्रतियोगितामा व्यवस्थापन टोली र महिला टोलीबीच प्रदर्शनी खेल आयोजना गरिएको थियो भने पुरुषतर्फ प्रदेश कार्यालय र केन्द्रीय कार्यालयका टोलीहरूबीच प्रतिस्पर्धा भएको थियो। कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पाण्डा, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत प्रवीण मुनि बज्राचार्य, प्रमुख कर्जा अधिकृत रोशन कोइराला, बागमती प्रदेश प्रमुख सुशीलराज श्रेष्ठलगायत वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।

देशभरिबाट १५० भन्दा बढी कर्मचारीहरूको सक्रिय सहभागिता रहेको उक्त प्रतियोगिताले संस्थाभित्र एकता, सहकार्य र सकारात्मक कार्यसंस्कृतिलाई थप मजबुत बनाएको बैंकले जनाएको छ।

समापन समारोहमा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी तथा नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्दले विभिन्न विधाका विजेता तथा सहभागी टोलीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए। सो अवसरमा तिवारीले देशभरका कर्मचारीहरूको सक्रिय सहभागिताप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले कर्मचारी संलग्नता, सहकार्य तथा स्वस्थ संस्थागत संस्कृतिलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।

नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकका १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा केन्द्र, १२७ एटीएम तथा एक कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन्।

८१०० एमएएच ब्याट्री सहितको भिभो वाई५०० सार्वजनिक

८१०० एमएएच ब्याट्री सहितको भिभो वाई५०० सार्वजनिक

वि.सं.२०८३ असार १६ मंगलवार ००:२४

  काठमाडौं, असार १५, २०८३ – भिभोले आज नेपाली बजारमा...

टोखा रोडमा नयाँ शोरूमसँगै काठमाडौंमा कजारिया रमेश टायल्सको बजार विस्तार

टोखा रोडमा नयाँ शोरूमसँगै काठमाडौंमा कजारिया रमेश...

वि.सं.२०८३ असार १६ मंगलवार ००:१२

  काठमाडौं, नेपाल – २०८३, असार १४ – कजारिया रमेश...

इक्यान र आइप्यानबीच रणनीतिक समझदारी, ‘स्टडी इन नेपाल’ अभियान संयुक्त रूपमा अगाडि बढाइने

इक्यान र आइप्यानबीच रणनीतिक समझदारी, ‘स्टडी इन...

वि.सं.२०८३ असार १५ सोमवार २३:४९

  काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको आकर्षक गन्तव्यका रूपमा स्थापित...

एलजीले नेपाली उपभोक्ताका लागि ‘इसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक गर्‍यो

एलजीले नेपाली उपभोक्ताका लागि ‘इसेन्सियल सिरिज’ घरेलु...

वि.सं.२०८३ असार १५ सोमवार २३:२७

       ‘हरेक घरको खुसी, घर–घरमा एलजी’ अभियानअन्तर्गत नेपाली...

लुम्बिनीलाई क्षेत्रीय आईटी हब बनाउने ‘डिजिटल लुम्बिनी’ गुरुयोजना सार्वजनिक; लुम्बिनी सिटी कलेजमा सरोकारवालाहरूको वृहत परामर्श

लुम्बिनीलाई क्षेत्रीय आईटी हब बनाउने ‘डिजिटल लुम्बिनी’...

वि.सं.२०८३ असार १५ सोमवार ०७:१७

  बुटवल, असार २०८३ ।लुम्बिनी प्रदेशलाई एक सबल, सुरक्षित र...

नेपालकै सबैभन्दा शक्तिशाली टीभीएस अपाचे आरटीआर १६० फोरभी सार्वजनिक, मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ

नेपालकै सबैभन्दा शक्तिशाली टीभीएस अपाचे आरटीआर १६०...

वि.सं.२०८३ असार १४ आइतवार २२:२०

काठमाडौं, २७ असार २०८३ – टीभीएस मोटर कम्पनीले नेपाली बजारमा...