CG Electronics
IME Life
NIMB

प्रोटोन ई.एमएएस ५ नेपाल आउँदै : सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सार्वजनिक हुने

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) बजार तीव्र गतिमा विस्तार भइरहेका बेला प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नयाँ प्रोटोन ई.एमएएस ५ नेपाली बजारमा ल्याउने तयारी गरेको छ। कम्पनीका अनुसार यो आफ्नो सेग्मेन्टमा नेपालकै पहिलो रियर–ह्विल–ड्राइभ (आरडब्ल्युडी) कम्प्याक्ट इलेक्ट्रिक एसयूभी हुनेछ।

कम्पनीले यस गाडीको आगमनले नेपालको विद्युतीय सवारी बजारमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेको छ। प्रविधिमैत्री, उच्च कार्यसम्पादन क्षमता र वातावरणमैत्री सवारीप्रति उपभोक्ताको आकर्षण बढिरहेका बेला उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने उद्देश्यका साथ यस मोडलको विकास गरिएको जनाइएको छ।

रियर–ह्विल–ड्राइभ प्लेटफर्ममा आधारित यस एसयूभीमा सन्तुलित तौल वितरण, उत्कृष्ट ड्राइभिङ क्षमता, उच्च स्थायित्व तथा सहज नियन्त्रणको सुविधा रहने कम्पनीको दाबी छ। यी विशेषताले सहरी सडकदेखि राजमार्ग र नेपालको पहाडी भूगोलसम्म विभिन्न प्रकारका सडकमा सुरक्षित तथा सहज यात्रा सुनिश्चित गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ।

शंकर ग्रुपअन्तर्गत रहेको जगदम्बा मोटर्सले दिगो यातायात प्रणाली प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तर सुदृढ बनाउँदै आएको बताएको छ। कम्पनीले अन्तर्राष्ट्रियस्तरमा स्थापित सवारीसाधनको पोर्टफोलियो, देशव्यापी बिक्री तथा सेवा सञ्जाल, ग्राहक–केन्द्रित सेवा तथा बिक्रीपछिको सेवामा निरन्तर लगानीमार्फत नेपाली ग्राहकलाई विश्वस्तरीय अनुभव प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ।

कम्पनीका अनुसार प्रोटोन ई.एमएएस ५ को आगमनले अत्याधुनिक प्रविधि, उत्कृष्ट गुणस्तर तथा उच्च मूल्य–प्रतिफल प्रदान गर्ने विश्वस्तरीय विद्युतीय सवारी नेपाली बजारमा उपलब्ध गराउने दीर्घकालीन योजनालाई थप मजबुत बनाउनेछ।

यस सम्बन्धी प्राविधिक विवरण, मुख्य विशेषता, मूल्य, बुकिङ प्रक्रिया तथा औपचारिक सार्वजनिक मितिसहितका थप जानकारी आगामी केही साताभित्र सार्वजनिक गरिने कम्पनीले जनाएको छ।

 

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्डसहित तीन प्रतिष्ठित सम्मानबाट विभूषित

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक...

वि.सं.२०८३ असार १७ बुधवार ०८:०२

  काठमाडौं। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन प्रतिष्ठित अवार्डबाट...

नेपाल लाइफलाई ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ को गोल्ड अवार्ड

नेपाल लाइफलाई ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट...

वि.सं.२०८३ असार १६ मंगलवार २०:३४

  काठमाडौं, असार १७ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...

कामना सेवा विकास बैंकलाई लगातार तेस्रो पटक बीपीए गोल्ड अवार्ड

कामना सेवा विकास बैंकलाई लगातार तेस्रो पटक...

वि.सं.२०८३ असार १६ मंगलवार १८:५७

  काठमाडौं, असार १६ । कामना सेवा विकास बैंक लिमिटेड...

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी, टिकट खरिदमा १० प्रतिशतसम्म छुट

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी,...

वि.सं.२०८३ असार १६ मंगलवार १८:५५

  काठमाडौं, असार १६ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र...

फोटोन मोटर्स नेपालले बुटवलमा नयाँ शोरुम सञ्चालन गर्दै पश्चिम नेपालमा उपस्थिति विस्तार गर्‍यो

फोटोन मोटर्स नेपालले बुटवलमा नयाँ शोरुम सञ्चालन...

वि.सं.२०८३ असार १६ मंगलवार १८:४८

  बुटवल, असार १५ – फोटोन मोटर्स नेपालले बुटवलमा नयाँ...