डिशहोम र तुषाल मल्टिभेन्युबीच सहकार्य, भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा
Thursday Jul 02, 2026
वि.सं.२०८३ असार १८ बिहीवार ०९:०५
काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) र तुषाल मल्टिभेन्युबीच ग्राहक, कर्मचारी, डिलर तथा सेवा साझेदारहरूलाई विशेष लाइफस्टाइल, फिटनेस तथा वेलनेस सुविधा उपलब्ध गराउने उद्देश्यसहित समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रमअन्तर्गत सुरु गरिएको यस सहकार्यले ग्राहकहरूको जीवनशैलीलाई अझ समृद्ध बनाउँदै देशव्यापी रूपमा स्वास्थ्य तथा वेलनेससम्बन्धी विशेष लाभ उपलब्ध गराउने लक्ष्य राखेको कम्पनीले जनाएको छ।
यस सहकार्यको मुख्य उद्देश्य ग्राहक सहभागिता सुदृढ गर्नुका साथै विभिन्न आकर्षक अफर तथा वेलनेस सेवामार्फत थप मूल्य अभिवृद्धि गर्नु रहेको बताइएको छ।
सम्झौताअनुसार डिशहोमसँग आबद्ध कर्मचारी, अधिकृत डिलर, सेवा साझेदार तथा ग्राहकहरूले तुषाल मल्टिभेन्युमा विभिन्न विशेष छुट तथा सुविधा प्राप्त गर्नेछन्। उपलब्ध गराइने सुविधाहरूमा साउना, स्टिम तथा जाकुजी सेवामा ५० प्रतिशत छुट, नयाँ जिम सदस्यतामा २० प्रतिशत छुट, चयनित वेलनेस तथा मनोरञ्जन सेवामा १५ प्रतिशत छुट तथा फुड एन्ड बेभरेज सेवामा १० प्रतिशत छुट समावेश छन्।
छुट प्राप्त गर्न ग्राहकहरूले myDishHome App डाउनलोड गरी दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरेर लगइन गर्नुपर्नेछ। त्यसपछि होम स्क्रिन वा प्रोफाइल सेक्सनमा रहेको Virtual Privilege Card देखाएर Tranquility Spa का कुनै पनि शाखामा तत्काल छुट लिन सकिने व्यवस्था गरिएको छ।
सम्झौतामा तुषाल मल्टिभेन्युका आईटी प्रमुख राजकुमार श्रेष्ठ र डिशहोमका वरिष्ठ कर्पोरेट हस्पिटालिटी अकाउन्ट अफिसर देवराज श्रेष्ठले हस्ताक्षर गरेका छन्।
डिशहोमका अनुसार Virtual Privilege Card कार्यक्रम ग्राहक सन्तुष्टि र समग्र जीवनशैली प्रवर्द्धन गर्ने कम्पनीको दीर्घकालीन रणनीतिक योजनाको हिस्सा हो। यसअन्तर्गत डिशहोमले भोजन, आतिथ्य, यात्रा, वेलनेस, मनोरञ्जन तथा खुद्रा क्षेत्रका विभिन्न साझेदारहरूसँग सहकार्य गर्दै आफ्ना ग्राहकलाई देशभर विशेष छुट, सुविधा र प्रिमियम अनुभव उपलब्ध गराउँदै आएको छ।
कम्पनीले आगामी महिनाहरूमा आफ्नो साझेदार सञ्जाललाई अझ विस्तार गर्दै ग्राहकहरूका लागि थप आकर्षक विशेषाधिकार तथा जीवनशैलीसम्बन्धी लाभहरू ल्याउने योजना रहेको जनाएको छ।
दुवै संस्थाका प्रतिनिधिहरूले यस सहकार्यले ग्राहक अनुभवलाई अझ उत्कृष्ट बनाउनुका साथै आपसी लाभ र दीर्घकालीन सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।
























