CG Electronics
IME Life
NIMB

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटलबीच सहुलियत उपचारसम्बन्धी सम्झौता

NIMB
Himalayan Bank

 

काठमाडौं। नेपाल बैंक लिमिटेड र ॐ समाज डेन्टल हस्पिटल प्रालिबीच बैंकका ग्राहक तथा कर्मचारीलाई दन्त उपचार सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौताअनुसार नेपाल बैंकमा खाता भएका ग्राहक तथा बैंकका कर्मचारीले काठमाडौंको चावहिल, नैकाप, वनस्थली, सातदोबाटो तथा महोत्तरीको बर्दिवासस्थित ॐ समाज डेन्टल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवामा छुट पाउनेछन्।

सम्झौताबमोजिम अस्पतालमा बिरामी दर्ता तथा चेकअप सेवामा शतप्रतिशत छुट उपलब्ध हुनेछ भने अस्पतालले प्रदान गर्ने अन्य विभिन्न सेवामा १५ देखि २५ प्रतिशतसम्म शुल्क छुट दिइने जनाइएको छ।

सम्झौतापत्रमा नेपाल बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले र ॐ समाज डेन्टल हस्पिटल प्रालिका प्रमुख प्रशासकीय अधिकृत बिजेन्द्र लालले हस्ताक्षर गरेका हुन्।

नेपाल बैंकले यस सम्झौताबाट आफ्ना ग्राहक तथा कर्मचारीले दन्त तथा मुखसम्बन्धी उच्चस्तरीय उपचार सेवामा सहज पहुँच पाउने विश्वास व्यक्त गरेको छ।

नेपालको पहिलो बैंकका रूपमा परिचित नेपाल बैंकले हाल देशभर २३१ शाखा, २४६ एटीएम तथा ५८ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ। बैंकले आधुनिक बैंकिङ प्रविधिको प्रयोगमार्फत ग्राहक केन्द्रित सेवा विस्तारलाई निरन्तरता दिँदै आएको छ।

चेरी ‘क्यु’ अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिने

चेरी ‘क्यु’ अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:५९

  काठमाडौं । चेरीले नेपाली बजारमा आफ्नो नयाँ शतप्रतिशत विद्युतीय...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

सांस्कृतिक सम्पदा संरक्षणका लागि ब्रिटिस काउन्सिलद्वारा ५ लाख पाउन्डसम्म अनुदान आवेदन खुला

सांस्कृतिक सम्पदा संरक्षणका लागि ब्रिटिस काउन्सिलद्वारा ५...

वि.सं.२०८३ असार १९ शुक्रवार ०९:५१

  काठमाडौं। ब्रिटिस काउन्सिलले आफ्नो कल्चरल प्रोटेक्सन फन्ड (सांस्कृतिक संरक्षण...

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाका लागि स्वास्थ्य शिविर तथा पौष्टिक आहार वितरण

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी...

वि.सं.२०८३ असार १९ शुक्रवार ०९:४७

  काठमाडौं । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR)...

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई...

वि.सं.२०८३ असार १८ बिहीवार २२:४८

  काठमाडौं। नेपाल मर्चेन्ट बैंकर्स संघ ९ःद्यब्ल्० का कार्यसमिति सदस्यहरूले...

नेपाली बजारमा एलजीको ‘एसेन्सियल सिरिज’ सार्वजनिक

नेपाली बजारमा एलजीको ‘एसेन्सियल सिरिज’ सार्वजनिक

वि.सं.२०८३ असार १८ बिहीवार २२:४२

  भरतपुर, असार १७ – एलजीले नेपाली उपभोक्ताको आवश्यकता र...