फोनपोइन्ट्सका अभियान विजेतालाई ५५ इन्च स्मार्ट टिभी र वासिङ मेसिन हस्तान्तरण
Wednesday Jul 08, 2026
वि.सं.२०८३ असार २४ बुधवार १९:००
काठमाडौं, असार २४ – फोनपोइन्ट्सले हालै सम्पन्न आफ्ना दुई अभियान ‘२.२ वार्षिकोत्सव अभियान’ र ‘दुई गोल्डेन डिल्स रिडिम गर्नुहोस् र ५५ इन्च स्मार्ट टिभी जित्नुहोस्’ का विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ। आकर्षक अफर, विशेष छुट तथा नवीन अभियानमार्फत आफ्ना प्रयोगकर्तालाई थप मूल्य प्रदान गर्ने प्रतिबद्धतालाई निरन्तरता दिँदै आएको कम्पनीले जनाएको छ।
फोनपोइन्ट्सको वार्षिकोत्सवका अवसरमा सञ्चालन गरिएको ‘२.२ वार्षिकोत्सव अभियान’ अन्तर्गत झापाका श्री कृष्ण रोकाले केवल दुई फोनपोइन्ट्स रिडिम गरी नयाँ वासिङ मेसिन प्राप्त गरेका छन्। उक्त अभियानमार्फत प्रयोगकर्तालाई केवल दुई फोनपोइन्ट्स प्रयोग गरेर विभिन्न आकर्षक अफर रिडिम गर्ने अवसर प्रदान गरिएको थियो। आफ्ना ग्राहकको निरन्तर विश्वास, साथ तथा समर्थनप्रति कृतज्ञता व्यक्त गर्दै वार्षिकोत्सवलाई अझ विशेष र पुरस्कारमूलक बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको कम्पनीले जनाएको छ।

त्यसैगरी, ‘दुई गोल्डेन डिल्स रिडिम गर्नुहोस् र ५५ इन्च स्मार्ट टिभी जित्नुहोस्’ अभियानका भाग्यशाली विजेता श्री राहुल मारवाडीलाई ५५ इन्च स्मार्ट टिभी हस्तान्तरण गरिएको छ। फुटबलको माहोललाई लक्षित गरी सञ्चालन गरिएको उक्त अभियानअन्तर्गत फोनपोइन्ट्स एपमार्फत कुनै पनि दुई गोल्डेन डिल्स रिडिम गर्ने प्रत्येक प्रयोगकर्ता स्वतः भाग्यशाली छनोट प्रक्रियामा सहभागी भएका थिए, जसबाट विजेताको छनोट गरिएको थियो।
कम्पनीका अनुसार दुवै अभियानमा देशभरका प्रयोगकर्ताबाट उत्साहजनक सहभागिता प्राप्त भएको थियो। हजारौँ प्रयोगकर्ताले फोनपोइन्ट्स एपमार्फत विभिन्न अफर रिडिम गर्दै अभियानमा सहभागिता जनाएका थिए। कम्पनीका अनुसार यी अभियानको सफलताले प्रयोगकर्ताको बढ्दो सहभागिता तथा दैनिक खरिदबाट थप लाभ प्राप्त गर्ने उद्देश्यले फोनपोइन्ट्सप्रतिको विश्वास र आकर्षण निरन्तर बढिरहेको संकेत गरेको छ।
पुरस्कार हस्तान्तरणका अवसरमा कम्पनीले आफ्ना प्रयोगकर्ताका लागि दैनिक बचतभन्दा पर गएर थप मूल्य सिर्जना गर्ने उद्देश्यका साथ नवीन तथा प्रयोगकर्तामैत्री अभियान सञ्चालन गर्न प्रतिबद्ध रहेको जनाएको छ। नियमित प्रवर्द्धनात्मक अभियान, विशेष ब्रान्ड सहकार्य तथा आकर्षक उपहार योजनामार्फत प्रत्येक रिडिमलाई अझ मूल्यवान् बनाउँदै प्रयोगकर्ताको समग्र अनुभवलाई उत्कृष्ट बनाउने लक्ष्य कम्पनीको रहेको उल्लेख गरिएको छ।
हाल फोनपोइन्ट्समार्फत भोजन, किनमेल, मनोरञ्जन, यात्रा, जीवनशैली, विद्युतीय सामग्री तथा दैनिक आवश्यक सेवासम्बन्धी हजारौँ आकर्षक अफर उपलब्ध छन्। प्रयोगकर्ताले आफूले संकलन गरेका फोनपोइन्ट्स प्रयोग गरी विशेष छुट, आकर्षक सुविधा तथा विभिन्न पुरस्कारमूलक अभियानमा सहभागी हुने अवसर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
कम्पनीले आगामी दिनमा पनि यस्ता अभियान तथा पुरस्कार कार्यक्रमलाई निरन्तरता दिँदै आफ्ना प्रयोगकर्तालाई मनपर्ने ब्रान्डमा थप बचत गर्ने तथा आकर्षक पुरस्कार जित्ने अवसर उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

























