रिलायबल नेपाल लाइफद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ५० लाख सहयोग
Friday Jul 17, 2026
वि.सं.२०८३ साउन १ शुक्रवार २१:५४
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआईओसीएच) लाई ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
कम्पनीले एक कार्यक्रमबीच आफ्ना अध्यक्ष उदय नेपाली श्रेष्ठको उपस्थितिमा प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहोनीले केआईओसीएचका अध्यक्ष भगवान कोइरालालाई उक्त रकम हस्तान्तरण गरेका हुन्।
केआईओसीएच बालबालिकालाई गुणस्तरीय, सहज तथा सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना भएको संस्था हो। हाल संस्थाले नेपालमा आधुनिक बहु–विशेषज्ञ (मल्टिस्पेसालिटी) बाल अस्पताल निर्माण गरिरहेको छ। अस्पतालमा बाल हृदय रोग, क्यान्सर उपचार, मानसिक स्वास्थ्य तथा सघन उपचार सेवाजस्ता अत्यावश्यक स्वास्थ्य सेवामा विशेष प्राथमिकता दिइने जनाइएको छ।
रिलायबल नेपाल लाइफले उक्त सहयोगबाट बाल स्वास्थ्य सेवाको पहुँच विस्तार, आवश्यक स्वास्थ्य पूर्वाधार विकास तथा भविष्यमा हजारौं बालबालिका र तिनका परिवारलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरेको छ।
कम्पनीले स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रलाई प्राथमिकतामा राख्दै विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। यस सहयोगले कम्पनीको सामाजिक प्रतिबद्धता र जिम्मेवारीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय क्षेत्रमा सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।























