NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २७ बुधवार

skip this leapmotornepal (citroen)

नाइमा मोबिलिटी एक्स्पोमा प्रोटोन इ.मास ५ आकर्षणको केन्द्र, ३२.९९ लाखदेखि मूल्य

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । नेपालमा नयाँ कम्प्याक्ट विद्युतीय एसयूभीका रूपमा सार्वजनिक गरिएको प्रोटोन इ.मास ५ नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा आकर्षणको केन्द्र बनेको छ। नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले एक्स्पोमा इ.मास ५ लाई प्रदर्शनमा राखेको हो।

अगस्ट ११ देखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको एक्स्पोको हल ‘बी’ स्थित स्टल ‘एल–६’ मा इ.मास ५ अवलोकन तथा बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार नेपाली बजारमा सार्वजनिक भएयता गाडीको बुकिङ उत्साहजनक रहेको छ।

रियर–ह्विल ड्राइभ प्लेटफर्ममा आधारित

प्रोटोन इ.मास ५ आफ्नो सेग्मेन्टमा पहिलोपटक रियर–ह्विल ड्राइभ प्लेटफर्ममा आधारित विद्युतीय एसयूभीका रूपमा प्रस्तुत गरिएको कम्पनीको दाबी छ।

रियर–ह्विल ड्राइभ संरचनाले तौलको सन्तुलित वितरण, ड्राइभिङ क्षमता, स्थायित्व तथा नियन्त्रणमा सहयोग गर्ने कम्पनीको भनाइ छ। यसले सहरी सडकदेखि राजमार्ग तथा नेपालको पहाडी सडकसम्म सहज यात्राका लागि उपयुक्त हुने अपेक्षा गरिएको छ।

७० लिटरसम्मको अगाडिको स्टोरेज

इ.मास ५ मा दैनिक प्रयोगलाई लक्षित गर्दै तीनवटा भण्डारण सुविधा दिइएको छ। यसमा ७० लिटर क्षमताको अगाडिको स्टोरेज, २८ लिटर क्षमताको सिटमुनिको स्टोरेज तथा २० लिटर क्षमताको सेन्टर कन्सोलमुनिको स्टोरेज समावेश छन्। गाडीमा ३७५ लिटर क्षमताको बुट स्पेस रहेको छ। त्यस्तै, १४.६ इन्चको फुल एचडी डिस्प्ले युनिट उपलब्ध छ।

३६० डिग्री क्यामेरासहितका सुविधा

इ.मास ५ मा रियर मल्टि–लिङ्क इन्डिपेन्डेन्ट सस्पेन्सन, जी–ट्र्याक्सन कन्ट्रोल प्रणाली र ३६.९ मिटरको ब्रेकिङ दूरीलगायतका सुविधा रहेको कम्पनीले जनाएको छ।

यसमा ४.९५ मिटरको टर्निङ रेडियस, ६५ डिग्रीको फराकिलो ढोका खोल्ने कोण तथा बाह्य विद्युतीय उपकरण सञ्चालन गर्न सकिने भेहिकल–टु–लोड (भीटूएल) प्रविधि उपलब्ध छ। प्रिमियम भेरियन्टमा ८५ किलोवाट क्षमताको ११–इन–१ विद्युतीय मोटर, पावर्ड टेलगेट तथा ३६० डिग्री क्यामेरालगायतका थप सुविधा छन्

दुई भेरियन्टमा उपलब्ध

प्रोटोन इ.मास ५ नेपाली बजारमा प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ। कम्पनीले प्राइम भेरियन्टको मूल्य रु. ३२ लाख ९९ हजार र प्रिमियम भेरियन्टको मूल्य रु. ३६ लाख ९९ हजार निर्धारण गरेको छ।

जगदम्बा मोटर्सले नाइमा मोबिलिटी एक्स्पोमा इ.मास ५ को प्रत्यक्ष अनुभव लिन तथा बुकिङ गर्न सकिने जनाएको छ। एक्स्पोमा विद्युतीय सवारीसाधनप्रति बढ्दो चासोका बीच इ.मास ५ ले पनि ग्राहक तथा अटोमोबाइल पारखीको ध्यान तानेको कम्पनीको भनाइ छ।

नाइमा एक्स्पोमा एमजी म्याजेस्टरको सार्वजनिक, ४×४ सहितका सुविधा र १५ लाख ५० हजारसम्मको अफर

नाइमा एक्स्पोमा एमजी म्याजेस्टरको सार्वजनिक, ४×४ सहितका...

वि.सं.२०८३ साउन २७ बुधवार ०८:२५

एमजीको सबैभन्दा ठूलो, शक्तिशाली र प्रिमियम एसयूभी नेपालमा सार्वजनिक —...

नाइमा एक्स्पोमा बीवाईडीका अपग्रेडेड सिरिजहरु सार्वजनिक, सुरक्षा र सुविधामा जोड

नाइमा एक्स्पोमा बीवाईडीका अपग्रेडेड सिरिजहरु सार्वजनिक, सुरक्षा...

वि.सं.२०८३ साउन २६ मंगलवार २२:४७

  अपडेटेड एट्टो १, न्यु एट्टो २ एसेन्सियल र २०२६...

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ...

वि.सं.२०८३ साउन २६ मंगलवार २२:०९

नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा...

नाइमा मोबिलिटी एक्स्पोको पहिलो दिनमै २९ हजारभन्दा बढी दर्शक, ४८ नयाँ मोडल सार्वजनिक

नाइमा मोबिलिटी एक्स्पोको पहिलो दिनमै २९ हजारभन्दा...

वि.सं.२०८३ साउन २६ मंगलवार २१:५४

  काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)...

ह्युन्डाईले नेपालमा ल्यायो नयाँ भेन्यु र भेन्यु एन लाइन, मूल्य ४८ लाख ९६ हजारदेखि

ह्युन्डाईले नेपालमा ल्यायो नयाँ भेन्यु र भेन्यु...

वि.सं.२०८३ साउन २६ मंगलवार २१:१२

  काठमाडौं । ह्युन्डाईले नेपाली बजारमा नयाँ भेन्यु र यसको...

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम्...

वि.सं.२०८३ साउन २६ मंगलवार १५:११

  ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर...