NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ भदौ १ सोमवार

skip this leapmotornepal (citroen)

युवालाई विदेशिन बाध्य होइन, रोजाइ बनाउन शिक्षा र उद्योगबीच सहकार्य आवश्यक रहेको सरोकारवालाको निष्कर्ष

NIMB
leapmotornepal (citroen)

काठमाडौं । नेपालमा युवालाई स्वदेशमै पर्याप्त अवसर सिर्जना गरी विदेशिने बाध्यतालाई रोजाइमा बदल्न शिक्षा, सीप, उद्यमशीलता र उद्योगबीचको खाडल पुर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन ९नाइमा०ले आयोजना गरेको नाइमा मोबिलिटी एक्स्पो २०२६ अन्तर्गत ‘प्रतिभा भित्र्याउने र कामदार बाहिर पठाउने प्रक्रियामार्फत नेपालमा शिक्षा, सीप र उद्यमशीलताको खाडल पुर्ने’ विषयमा आयोजित संवादका वक्ताहरूले शिक्षा र रोजगारीबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्नुपर्ने बताएका हुन्।

संवादमा उद्यमी तथा सांसद विदुषी राणाले नेपालबाट विदेशिनु युवाको बाध्यता नभई रोजाइ बन्नुपर्ने बताइन्। नेपालमै उद्योग, सूचना प्रविधि, होटल, अटोमोबाइललगायत क्षेत्रमा पर्याप्त सम्भावना रहे पनि नीतिगत जटिलता र अवसरको कमीका कारण युवा विदेशिन बाध्य भइरहेको उनको भनाइ थियो।

उनले युवालाई स्वदेशमै रोक्न सरकार र निजी क्षेत्रबीच सहकार्य गर्दै रोजगारी तथा उद्यमशीलतामैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइन्। व्यवसाय सुरु गर्न दर्ता, कर, अनुमति र वित्तीय स्रोतका लागि विभिन्न कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै प्रभावकारी ‘वान विन्डो सिस्टम’ लागू गर्नुपर्ने उनको सुझाव थियो।

नाइमा संस्थापक तथा उद्यमी सौरभ ज्योतीले आगामी ५ देखि १० वर्षभित्र नेपालको अटोमोबाइल क्षेत्रलाई ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’तर्फ लैजान सकिने बताए। त्यसका लागि सवारीसाधन एसेम्ब्ली उद्योगसँगै पार्टपुर्जा तथा कम्पोनेन्टको स्थानीय उत्पादन र आपूर्ति शृंखला विकास गर्नुपर्ने उनले बताए।

शिक्षा क्षेत्र र निजी क्षेत्रबीच अझै ठूलो खाडल रहेको उल्लेख गर्दै ज्योतीले उद्योगको आवश्यकता र बजारको मागअनुसार पाठ्यक्रम विकास गर्नुपर्नेमा जोड दिए। निजी क्षेत्रले मुलुकमा ठूलो हिस्सा रोजगारी सिर्जना गरिरहेको भन्दै उनले उद्यमी र लगानीप्रतिको विश्वास तथा सुरक्षाको वातावरण बनाउन सके अर्थतन्त्रले गति लिने बताए।

थापाथली क्याम्पसका एसोसिएट प्रोफेसर लोचन केन्द्र देवकोटाले विश्वविद्यालयबाट अध्ययन पूरा गर्दैमा विद्यार्थी तत्कालै उद्योगमा आवश्यक सबै काम गर्न सक्षम नहुने बताए। विश्वविद्यालयले सैद्धान्तिक आधार बलियो बनाउने भए पनि उद्योगमा आवश्यक व्यावहारिक सीप विकासका लागि विश्वविद्यालय, उद्योग र सरकारबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

उनले पाठ्यक्रम निर्माणदेखि इन्टर्नसिप, अनुसन्धान, विद्यार्थी परियोजना र रोजगारीसम्मको प्रणालीलाई उद्योगसँग जोड्नुपर्ने बताए। विश्वविद्यालयका अनुसन्धान तथा विद्यार्थी परियोजनामा निजी तथा औद्योगिक क्षेत्रको लगानी बढाउनुपर्ने उनको सुझाव थियो।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत पद्मकन्या क्याम्पसकी प्राध्यापक भगवती सेढाईले नेपालमा अवसर छैन भन्ने भाष्य निर्माण गरेर युवालाई निराश बनाउन नहुने बताइन्। नेपालमै शिक्षा, सीप र रोजगारीका पर्याप्त अवसर सिर्जना गर्न सकिने भन्दै उनले सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र युवाबीच बलियो सहकार्य आवश्यक रहेको उल्लेख गरिन्।

उनले उद्योगलाई आवश्यक पर्ने जनशक्तिको आवश्यकता पहिचान गरी उद्योगी–व्यवसायीसँगको सहकार्यमा पाठ्यक्रम निर्माण गर्नुपर्ने बताइन्। अहिले बनेका उद्यमशीलता तथा स्वरोजगारसम्बन्धी नीति व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै उनले निजी क्षेत्रलाई पनि सीप विकासमा लगानी गर्न प्रोत्साहन गर्नुपर्ने बताइन्।

संवादमा सहभागी चारै जना वक्ताले शिक्षा र रोजगारीबीचको दूरी घटाउन उद्योगसँग प्रत्यक्ष सहकार्य, व्यावहारिक सीप, इन्टर्नसिप तथा अप्रेन्टिससिपलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।

उनीहरूको निष्कर्ष थियो—नेपालमा उद्योग, रोजगारी र उद्यमशीलताका अवसर विस्तार गर्न सकिए दक्ष युवा विदेशिने क्रम घटाउन सकिनेछ। साथै, विदेशमा रहेका नेपाली युवालाई समेत स्वदेश फर्केर आफ्नो ज्ञान, सीप र अनुभव प्रयोग गर्ने वातावरण बनाउन सकिनेछ।

यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर

यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै,...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:५३

  काठमाडौं, नेपाल – १३ अगस्ट, २०२६ – हिमालय रोडिजको...

प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:५०

  काठमाडौँ । भृकुटीमण्डपमा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’...

नेपालको मनसुनलाई ध्यानमा राख्दै एलजीले ल्यायो एआई डीडी २.० वासर एन्ड ड्रायर

नेपालको मनसुनलाई ध्यानमा राख्दै एलजीले ल्यायो एआई...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:४२

काठमाडौं । मनसुनको समयमा लगातार वर्षा र उच्च आर्द्रताका कारण...

बीएमसीको क्याम्ब्रिज एएस एन्ड ए लेभल परीक्षामा ९४ प्रतिशत विद्यार्थी उत्तीर्ण

बीएमसीको क्याम्ब्रिज एएस एन्ड ए लेभल परीक्षामा...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:३४

काठमाडौं । ब्रिटिश एजुकेसन ग्रुपअन्तर्गत रहेको ब्रिटिश मोडल कलेज (बीएमसी)ले...

“सुजुकी पर्वोत्सव” — दशैं–तिहार अवसरमा नगद छुट, निःशुल्क बीमा लगायत थप सुविधाका साथ सुजुकीको चाडपर्व योजना

“सुजुकी पर्वोत्सव” — दशैं–तिहार अवसरमा नगद छुट,...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:२७

काठमाडौं । दशैं–तिहारलाई लक्षित गर्दै सुजुकी नेपालले ‘सुजुकी पर्वोत्सव’ नामक...

नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता

नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:१५

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ उत्साहजनक सहभागिता र...